Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, December 26, 2012

बागलुङ सेवा समाज युएईले बार्षिक उत्सव मनाउने

लालबहादुर ढेंगा
अवुधावी । बागलुङ जिल्लावासीहरुको सांझा संस्था बागलुङ सेवा समाज युएईले आफ्नो एक बर्षे कार्यकाल पूरा गरेको उपलक्ष्यमा वार्षिक उत्सव मनाउने भएको छ । आउँदो जनवरी ४ तारिखमा दुबईको सिन्ध पंजाब रेष्टुरेण्टमा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, कलाकार, समाजसेवी, बुद्धिजीवि र पत्रकारहरुको बृहत् भेला गरि विविध गजल र कविताहरु बाचनका साथ बाषिर्क उत्सव तथा नव बर्ष २०१३ को शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
समाजले आफ्नो एक बर्षे कार्यकाल सफलता पूर्वक पूरा गरेको अवसरमा बाषिर्क उत्सव मनाउन लागेका हो । स्थापनाकालदेखि नै प्रवासी नेपालीहरुलाई आई परेका समस्याहरुको समाधान गर्दै युएईमा रहेका अन्य विभिन्न संध संस्थाहरुसंग पनि सहकार्य गर्दै आइरहेका छन् । उक्त बाषिर्क कार्यक्रमको अवसरमा युएईमा कार्यरत दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै समाचारलाई आधार मानेर उपस्थित हुनको लागि सोही समाजका कोषाध्यक्ष पिताम्बर पाण्डेले आग्रह समेत गर्नुभएको छ ।

No comments: