Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Showing posts with label राजनीति. Show all posts
Showing posts with label राजनीति. Show all posts

Monday, July 8, 2013

बैद्यकै नेतृत्वमा माओवादी वार्ता टोली


Mohan Baidya
काठमाडौ, असार २४ - सरकारसँग वार्ताको लागि भन्दै नेकपा-माओवादीले वार्ता टोली गठन गरेको छ । अध्यक्ष मोहन बैद्यको संयोजकत्वमा गठित टोली ५ सदस्यीय छ ।टोलीमा पार्टी उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव देव गुरुङ र नेत्रबिक्रम चन्द छन् ।
सरकार संचालनको संयन्त्रमा रहेका चार राजनीतिक दल गोलमेच सम्मेलन गर्ने, समानुपातिकको अनुपात बढाउन सकिनेलगायतका मागमा सकरात्मक भएपछि माओवादीले बार्ताको लागि टोली बनाएको हो ।
यसअघि माओवादीले वाधाअड्काउ फुकाउको खारेजी, सरकारको खारेजी र तोकिएको चनावको मिति रद्द गर्नुपर्ने माग गर्दै बार्तामा बस्न मानेको थिएन । सुरुमा उपेन्द्र यादव र संघीय समाजवादी पार्टीको पनि समर्थन रहेपनि पछि बैद्यलाई उनीहरुले छाडेका थिए ।पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष तथा वार्ता टोली संयोजक बैद्यले आफ्नो पार्टीले लचकता अपनाउँदै सरकार र चार दलीय संयन्त्रसँग वार्ता टोली गठन गरेको बताए । उनले यो सरकारले मंसिर ४ गतेको लागि घोषणा गरेको निर्वाचन कुनै हालतमा पनि हुन नदिने दाबी गरे ।'हामी लचकता अपनाएर वार्ता टोली गठन गरेका छौं', बैद्यले भने,'तर, यो सरकारले मंसिर ४ गतेको लागि तोकेको चुनाव कुनै हालतमा हुन दिन्नौं ।' उनले वार्ता निशर्त हुनुपर्ने बताए ।
उनले खिलराज रेग्मी नेतृत्वमा सरकार गठनका लागि राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउ अध्यादेश खारेज हुनुपर्ने अडान नछाड्ने बताए ।'हामीले लचकता अपनाउँदा पनि चुनाव गर्न खोजिए संघर्षको आगो बाल्छौं', बैद्यले भने ।
नेकपा-माओवादीलाई वार्ताको लागि आव्हान गर्दै चार दलीय संयन्त्रले हदैसम्मको लचकता अपनाउने निर्णय गरिरहेको छ । संयन्त्रको शनिबारको बैठकले उच्चस्तरीय राजनीति समितिको पुर्नगठन, सर्वदलीय सम्मेलन, समानुपातिक अनुपात बृद्धि, मन्त्रिपरिषद् बिस्तारजस्ता मागमा सहमति जनाउने निर्णय गरेको छ ।
तर, नेकपा-माओवादीले रेग्मी सरकार बिघटन हुनुपर्ने माग राख्दै आएको छ । तत्कालीन प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा सरकार गठनका लागि जारी गरिएको अध्यादेशप्रति पनि उसको आपत्ती छ । 

'इजिप्टको घट्नाबाट पाठ सिकौं' बाबुराम भट्टराई


काठमाडौ, असार २४ - एमाओवादी नेता बाबुराम भट्टराईले मोहन वैद्य समूहको गैर जिम्मेवार अभिव्यक्ति र गतिविधिलाई वहाना बनाएर आगामी मसिंर ४ को दोस्रो संविधानसभा निर्वाचन सार्न वा टार्ने कार्य भए त्यसले प्रतिगमनको आधार तय गर्ने बताएका छन् । उनले हालै इजिप्टमा भएको घट्नाबाट सबैले पाठ सिक्नुपर्ने उल्लेख गरेका छन् ।

सोमबारदेखि फेसबुकबाट अर्न्तक्रिया थालेका भट्टराईले आफ्नो पेजमा स्टाटस लेख्दै वर्तमान गतिरोधका निम्तिी सबै पक्षले आ-आफ्नो हिस्साको कमिकमजोरी इमानदारी पूर्वक स्विकार गरेर समाधानका लागि साझा समझदारी वा नयाँ सम्झौतामा जोड दिएका छन् ।'वर्तमान नेपालको प्रमुख आवश्यकता देशको विद्यमान राजनीतिक संक्रमणकालको छिटो अन्त्य गरेर देशलाई तीव्र विकास र सम्वृद्धिको दिशामा बढाउने हो', उनले भनेका छन्- 'अब पनि एक अर्कामाथि दोष थुपारेर समय वर्वाद गर्ने हो इतिहासले हामी कसैलाई क्षमा गर्नेछैन ।'  उनी लामोसमयपछि फेसबुकमा पुन: फर्किएका हुन् । उनले टि्वटर मार्फत बेला वखत आफ्नो धारणा सार्वजनिक गर्दै आएका थिए ।
उनले बढ्दो बेरोजगारी र बाध्यात्मक विदेश पलायनलाई अन्त्य गरेर सिर्जनशिल युवाशक्तिलाई सम्वृद्ध नयाँ नेपाल निर्माणको अभियानमा लगाउनु पर्ने आफ्नो स्टाटसमा लेखेका छन् ।

Sunday, April 14, 2013

एनआरएनएलाई सरकारले भन्यो- संस्था दर्ता गर्न मिल्दैन

हङकङ, वैशाख १-(नागरिक)  नेपाल सरकारले अहिलेकै विधानअनुसार संस्था दर्ता गर्न नसकिने पत्र पठाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) को वैधानिकता संकट लम्बिएको छ। दश वर्षदेखि संस्था दर्ता गर्ने प्रयास खेर गएको भन्दै एनआरएनएको नेतृत्वविधान परिवर्तन गर्ने तयारीमा जुटेको छ। तर त्यसो गर्दा (दक्षिण एसिया बाहेक)विदेशमा बस्ने करिब ४० लाख नेपालीको यो संस्थाले आधा सदस्य गुमाउने अवस्था आएको छ।
सरकारले 'नेपालको कानुन अनुसार दुई वर्षभन्दा कम अवधी देश बाहिर बसेका र विद्यार्थीलाई गैर आवासीय नेपाली (एनआरएन) मान्न नसकिने'भन्दै विधानमा त्यो प्रावधान नसच्याएसम्म संस्था गर्न नमिल्ने पत्र एक महिनाअघि पठाएको थियो। एनआरएनएको विधानमा छ महिना (१८१ दिन)भन्दा बढी बाहिर बसेका र अध्ययनका लागि विदेश गएका विद्यार्थी समेत सदस्य बन्न सक्ने प्रावधान छ। वैदेशिक रोजगारीमा जाने प्रायः नेपाली दुई वर्षमा फर्कने गरेका छन्।
सरकारको पत्र प्राप्त भएको पुष्टी गर्दै एनआरएनए एसिया-प्यासेफिक क्षेत्रीय संयोजक त्रिलोक गुरुङले कुनै पनि अवस्थामा संस्था दर्ता गर्नै पर्ने भएकाले विधान परिवर्तनबारे छलफल भइरहेको बताए। 'सरकारको पत्र आएपछि अब विधान संशोधन गरेरै भए पनि संस्था दर्ता गर्नेबारे छलफल भइरहेको छ', गुरुङले हङकङमा नागरिकसँग भने, 'अक्टोबरमा काठमाडौँमा हुने एनआरएनएको विश्व सम्मेलनमा संभवतः यसबारे निर्णय हुनेछ।'
प्रमुख सल्लाहकार देवमान हिराचनका अनुसार विदेशमा बस्ने भारतीय र चिनियाँहरूको संगठनकै जस्तो प्रावधान भएकाले नेपालका २७ राजनीतिक दलले एनआरएनए दर्ता हुन्छ भनेर लेखेर दिएका थिए। 'अहिले सरकारले हुँदैन भनेर चिठी पठायो',पूर्व अध्यक्ष हिराचन भन्छन्, 'अब दर्ताका लागि विधान परिवर्तन गर्नुको विकल्प छैन, त्यसो गर्दा मध्यपूर्व र मलेसियाका नेपाली कामदार संगठीत हुनबाट छुट्न सक्छन्।'
सरकारले अध्यादेश ल्याएर परराष्ट्र मन्त्रालयमा छुट्टै डेस्क स्थापना गरी एनआरएनकार्ड वितरणको व्यवस्थागरे पनि २००३ मा स्थापना भएको संस्था अझै दर्ता हुन नसक्दा वैधानिकताको प्रश्न उठिरहेको छ। यो विवादले एनआरएन इन्भेष्टमेण्ट कम्पनी,ग्लोबल क्यापिटल इन्भेष्टमेण्टकम्पनी स्थापना गरी जलविद्युत र कृषिमा लगानी गरिरहेका गैर आवासीय नेपाली निरुत्साहित हुनसक्ने छन्।
एनआरएनएका आईसिसि सदस्य कृष्ण पाण्डेका अनुसार विधान संशोधनपछि विदेशमा अध्ययनरत विद्यार्थी तथा कोरिया, मध्यपूर्व रमलेसिया जाने कामदार सहित करिब २५ लाख एनआरएनएबाट बाहिरने अवस्था आउने छ। 'स्थाई रुपमै बाहिर बस्नेले विभिन्न रुपमा पहुँच बनाएकै छन्, संगठन चाहिने नै काम र अध्ययनका लागि अस्थाई रुपमा विदेश गएकाहरूलाई हो', ६१ देशमा एनआरएनएको संगठन रहेको दाबी गर्दै पाण्डे भन्छन्, 'उनीहरूलाई संगठनबाट वञ्चित गर्नु एनआरएनएलाई पनि कमजोर बनाउन खोज्नु हो।'
मनिलामा एसिया समिट
अक्टोबरमा काठमाडौँमा हुने छैठौँविश्व सम्मेलनको तयारी स्वरुप एनआरएनएको 
एसिया-प्यासेफिक भेला फिलिपिन्सको मनिलामा हुने भएको छ। एसिया-प्यासेफिक क्षेत्रीय संयोजक गुरुङका अनुसार मे १८ मा हुने तेस्रो क्षेत्रीय भेलामा १४ देशका करिब दुई सय प्रतिनिधि सहभागी हुनेछन्। पहिलो र दोस्रो भेला सिंगापुर र मलेसियामा भएको थियो।
फिलिपिन्समा नेपालीले २१ दिनका लागि अनअराइभल भिसा पाउने भएकाले मनिला रोजिएको संकेत गर्दै गुरुङले भेलामा वैदेशिक रोजगार, शिक्षा, नेपालमा लगानी लगायतका एजेण्डामा छलफल हुने बताए।

Monday, April 8, 2013

राजनीतिमा बाझाबाझ, कर्मकाण्डमा एकता



२६ चैत, काठमाडौं । आफ्नो समुदायभित्र काजकर्म गर्दै आएका कास्कीका ओम गुरुङलाई अहिले बल्ल थाहा भयो, अरु समुदाय र गुरुङ समुदायको संस्कारमा धेरै कुरा मिल्दोजुल्दो पो हुँदोरै’छ । ‘गाउँमा आफ्नो समुदायको काजकर्ममा मात्रै हिँडियो, यहाँ आएपछि थाहा भयो, सबैको संस्कार मिल्दोरै’छ ।’-गुरुङले अनलाइनखबरसित भन्नुभयो ।


धर्म, संस्कार र संस्कृतिबारे साझा धारणा तय गर्न राजधानीमा हालै भएको पण्डित सम्मेलनमा हिन्दू र बौद्ध समुदायमा काजकर्म गर्ने पण्डित तथा पुरोहितहरुको उपस्थिति थियो । मगर, गुरुङ, लामा, नेवार, बाहुन सबै समुदायका पण्डितहरु एकै ठाउँमा भेट हुँदा एकअर्काले गर्ने कामबारे कुरा भयो । धर्मशास्त्र, संस्कारविधि र काजकर्मका तरीकाको बारेमा अनुभव साटासाट भयो । ‘हामीले र बौद्ध धर्मका गुरुहरुले गर्ने काजकर्म धेरै मिल्दोरै’छ भन्ने अहिले पो थाहा भयो’ केही वर्षदेखि पुरोहित काम थालेका सुनसरी, इटहरीका अच्युत भट्टराईले अनलाइनखबरसित भन्नुभयो ।

पहिलोपटक भएको सम्मेलनले पण्डित तथा पुरोहितहरुका लागि आचारसंहिता त बनाएको छ नै । धार्मिक तथा सामाजिक सद्भाव बढाउने काममा पनि महत्वपूर्ण टेवा पुर्याएको छ । सम्मेलनमा सहभागी सबै समुदायका पण्डित प्रतिनिधिले एकअर्काको धर्म, संस्कारलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।
                                                                                                                                                                धर्म निरपेक्षलाई व्यवहारमा उतार्नुपर्छ

लमजुङ घर भएका प्रमुलामा गञ्जसिंह गुरुङ हाल काठमाडौं स्वयम्भूमा बस्नुहुन्छ । आफ्नो पुख्र्यौली पेशा धान्दै उहाँ लामा समुदायको संस्कार चलाउनुहुन्छ । ‘गुफा बस्ने, गुरुबाट धर्मशास्त्र पढ्ने सबै काम गरेपछि मात्र गुरु बन्न पाइन्छ’ उहाँले भन्नुभयो । लामा समुदायको मात्रै होइन, परेको बेला उहाँले अरु समुदायको पनि काजकर्म चलाउने गर्नुभएको छ । ‘हाम्रो देश धर्म, संस्कृति र संस्कारमा निकै बलियो छ’ उहाँले भन्नुभयो-’एक अर्काको धर्मलाई सम्मान गर्दै धर्म निरपेक्षलाई व्यवहारमा उतार्नुपर्छ ।’
                                                                                                                                                                   संस्कार मिल्छ

कास्कीका ओम गुरुङले बाबुबाजेले गर्दै आएको पुरेत्याईं कामलाई निरन्तरता दिनुभएको छ । हाल उहाँ काठमाडौंको कपनमा बस्नुहुन्छ ।

गाउँमा जस्तै यहाँ पनि काजकर्मको उत्तिकै चाप छ । गुरुङ समुदायभित्र काजकर्म गर्दै आएका उहाँलाई अहिले थाहा भयो, अरु समुदायको संस्कार पनि उस्तै रैछ । ‘केही बिधि फरक होला, तर संस्कार त सबैको उस्तै हो नि’ उहाँले भन्नुभयो ।
                                                                                                                                                    बोली/भाषा मात्र फरक

रामेछापका लामा झम्लिङले पनि पुख्यौंली पेशा अनुसार काजकर्म चलाउने काम गर्दै आउनुभएको छ । आफ्नो समुदायभित्रबाट मात्रै नभएर उहाँलाई अरु समुदायले पनि काजकर्मको लागि निम्तो गर्छन् ।

‘मैले लामा समुदायको मात्रै होइन, बाहुनहरुको पनि काजकर्म चलाउने गरेको छु’ उहाँले भन्नुभयो-’बोली, भाषा मात्र फरक हो हाम्रो । संस्कार त उस्तै त हो नि ।’
                                                                                                                                                       गुजाराका लागि राम्रो पेशा

इटहरीका अच्युत भट्टराई अहिले काठमाडौं महांकालमा बस्नुहुन्छ । सँगैका साथी अरु नै काममा लागेका छन् । तर उहाँलाई धर्मकर्ममा रुची लाग्यो ।

‘दुईचार वर्षदेखि पुरोहित काम थालेको छु, कतिले हेलाँहोचो गर्छन्, तर यसबाट राम्रो गुजारा भैरहेको छ’ उहाँले भन्नुभयो । एकअर्काको धर्म, संस्कारलाई सम्मान गर्नुपर्नेमा उहाँले पनि जोड दिनुभयो ।
                                                                                                                                              हामी प्रकृतिका पुजारी

बाग्लुङका जगत बुढामगर गाउँको प्रख्यात ज्योतिष र पुरोहित दुवै हुनुहुन्छ । ‘काठमाडौंमा कुमारी राखेजस्तै हाम्रो ठाउँमा सानैमा पुजारी राख्छन्’ उहाँले भन्नुभयो-’म सानैमा पुजारी भएपछि अहिले ज्योतिष र पुरोहित काममा लागेको छु ।’ मगर र अरुको जातको संस्कारमा केही फरक भएपनि सन्देश उस्तै भएको उहाँले बताउनुभयो । ‘हामी प्रकृतिका पुजारी हौं, त्यसैले प्रकृतिलाई बढी मान्छौं, संस्कारको उदेश्य त सबैको एउटै हो नि’ उहाँले भन्नुभयो ।

संस्कार सिक्दै
सिरहाका रामस्वरुप साहको खास पेशा किसानी हो । तर उहाँले केही वर्षदेखि पुरोहित काम पनि थाल्नुभएको छ । ‘गाउँमा पुरोहित, पण्डित कम हुन थाले’ उहाँले भन्नुभयो-’धर्म, संस्कृतिको संरक्षणका लागि मैले यो काम थालेको हो ।’ धर्म, संस्कारले ठाउँ र भूगोल नछुट्याउने भन्दै उहाँले धार्मिक तथा साँस्कृतिक एकतामा जोड दिनुभयो । ‘म मधेशी समुदायको हो, तर हाम्रो संस्कारले त मधेस, पहाड, हिमाल भन्दै

Sunday, April 7, 2013

झलनाथ र वामदेवलाई बैसाखी चाहियो : कृष्णगोपाल

 उपत्यकामा एमालेले २२ सीट जित्ने दाबी

२५ चैत, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं उपत्यका समन्वय कमिटीका नेता कृष्णगोपाल श्रेष्ठले एमालेको वर्तमान नेतृत्वले पार्टी हाँक्न नसक्ने बताउनुभएको छ । साथै श्रेष्ठले आगामी संविधानसभा चुनावमा एमालेलाई उपत्यकाका २२ वटा सीटमा विजयी बनाउने गरी चुनाबी अभियान शुरु गरिएको समेत अनलाइनखबरलाई जानकारी दिनुभयो ।  ’झलनाथ जी र बामदेवजीलाई बैसाखी चाहिएको छ । अबको चुनावमा बैसाखीको भरमा अघि बढ्नुपर्छ भन्नु कायरता हो ।’- उहाँले भन्नुभयो- ‘अहिलेको नेतृत्वले अब एमाले हाँक्न सक्दैन ।’jhalanath-ra-bamadev

श्रेष्ठले थप्नुभयो-’उपत्यकाका तीन जिल्लामा अहिले १५ वटा निर्वाचन क्षेत्र छन्, नयाँ निर्वाचन क्षेत्र निर्धारण भएपछि यहाँ २२ निर्वाचन क्षेत्र बन्छन् । ती सबैक्षेत्रमा एमालेलाई विजयी बनाउनका लागि अहिले अभियान शुरु भैसकेको छ ।’ शुक्रबार राजधानीमा उपत्यकास्तरीय अन्तक्रियाको आयोजना गरेर एमालेले राजधानीमा चुनाबी अभियान थालेको हो । तर, शुक्रबारको सभामा एमाले अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले लोकतान्त्रिक शक्तिसँग तालमेल गरेर चुनावमा जानुपर्ने बताएपछि एमालेभित्र तालमेल गर्ने कि एक्लै चुनावमा जाने भन्ने विवाद उत्पन्न भएको छ । माधव नेपाल र केपी ओली लगायतका नेताहरुले आफ्नै बुँतामा चुनावमा जानुपर्ने बताउँदै आउनुभएको छ ।’शुरुमै दुईखाले कुरा गरेर हाम्रा नेताले कार्यकर्ताको उत्साहमा चिसो पानी खन्याउने काम गरे ।’ केन्द्रीय सदस्य श्रेष्ठले भन्नुभयो-’अब यी नेताहरुलाई एकै ठाउँमा हैन, एक्लाएक्लै बोल्न लगाइन्छ ।’ श्रेष्ठले भनेझै शुक्रबार एकैठाउँमा भेला भएर भाषण गरेको नेताहरुले शनिबार बेग्लाबेग्लै बोलेका थिए । शनिबार बरिष्ठ नेता माधवकुमार नेपालले कोटेश्वरका भाषण गर्नुभएको थियो भने केपी ओली कपन पुग्नुभएको थियो । श्रेष्ठले चाँहि भक्तपुर पुगेर गाउँ सम्मेलनहरुको उद्घाटन गर्नुभएको थियो ।

पार्टी अध्यक्ष खनाल र वामदेव गौतमले एमाओवादी र मधेसको तालमेलको हल्ला सुनेर खुट्टा कमाएको र बैसाखी खोज्न थालेको श्रेष्ठको गुनासो छ । एमालेले एक्लै चुनाव लड्नुपर्ने र स्थानीय स्तरमा कसैसँग तालमेलसम्म गर्न सकिने श्रेष्ठको तर्क छ ।’एमाले आफ्नै बुँतामा हिँड्नुपर्छ । रियल निर्वाचनमा जाने हो भने जनताले बुझ्छन् । एकल जातीय पहिचान र संघीयतामा जानुहुन्छ कि नेपालको मौलिकताको आधारमा संघीयतामा जानुहुन्छ ? जातजातको नाममा राज्य बनाएर जाने पक्षमा एमाले छैन ।’ श्रेष्ठले भन्नुभयो- ‘हजारौंपटक हारे पनि एमाले आफैं बलबुँतामा उभिन चाहन्छ । त्यसैले हामी आफैं तयारीमा अघि बढ्ने हो ।’

‘एमालेले चुनाब हार्‍यो भने एमालेसँगै देशले हार्छ । त्यसैले देशलाई जिताउने हो भने वाम प्रजातान्त्रिक एकतासहितको दुई तिहाइ एमालेलाई दिनुपर्छ ।’- एमाले नेता श्रेष्ठले भन्नुभयो-’बहुपहिचानसहितको संघीयता, संघीयतासहितको संविधान, संविधानसभाबाटै संविधान घोषणा गराउन आगामी दोस्रो संविधानसभाको निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न सम्पूर्ण शक्ति लगाएर हामी मैदानमा उत्रन्छौं ।’ श्रेष्ठले एमालेलाई पहिलो शक्तिका रुपमा जनताले उभ्याए भनेमात्रै मुलुकमा जातीय सद्भाव कायम हुने दाबी गर्नुभयो ।विगतका चुनावमा उपत्यकामा राम्रो प्रभाव जमाउँदै आएको नेकपा एमालेले ०६४को संविधानसभा चुनावमा काठमाडौं, ललितपुर र भक्तपुरमा १५ स्थानमध्ये एउटा सीटमा पनि विजय हासिल गर्न सकेको थिएन ।

Saturday, April 6, 2013

संविधानसभा चुनाव हुन नदिने बैद्यको घोषणा



२४ चैत, काठमाडौं । नेकपा-माओवादीले वर्तमान सरकारले गर्ने संविधानसभा हुन नदिने घोषणा गरेको छ । जनआन्दोलन दिवसको अबसरमा शनिबार राजधानीको खुलामञ्चमा आयोजित सभामा माओवादी अध्यक्ष मोहन बैद्य किरणसहितका नेताहरुले चुनाव गरेर देखाउन सरकार र प्रमुख दललाई चुनौती दिएका हुन्।

kiran‘संविधानसभा यथमस्थितिवादीको हातमा गएको छ । अब संविधानसभाको चुनाज हुने वाला पन छैन र यदि भइहाल्यो भने पनि जनताको पक्षमा संविधान बन्ने छैन’ बैद्यले भन्नुभयो-’हामीले भनेका छौं । यो गाइजात्राको विरोध गरेर जान्छौं र त्यसलाई बेवास्ता गरिन्छ भने पूरै असफल तुल्याइन्छ ।’

माओवादी अध्यक्ष बैद्यले उच्चस्तरीय राजनीतिक समितिको कुनै हैसियत नभएको भन्दै वार्ता नगर्ने प्रष्ट पार्नुभयो । हामीलाई वार्तामा बोलाउने उच्चस्तरीय राजनीतिक समितिले हैसियत गुमाइसकेको छ’ उहाँले भन्नुभयो-’हैसियत नभएकासँग वार्ता हुन्न । खारेजीको माग गरिरहेको सरकारसँग पनि वार्ता गर्दैनौं ।’

प्रचण्ड बाबुरामले भने अनुसार सहमति गर्दै हिडेको भन्दै उहाँले कांग्रेस-एमालेले महंगो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो । माओवादी महासचिव रामबहादुर थापा बादलले राष्ट्रिय स्वाधिनताका लागि लड्ने समय आएको बताउनु भयो ।

त, काठमाडौं । नेकपा-माओवादीले वर्तमान
संविधानसभा चुनाव हुन नदिने बैद्यको घोषणा

5

२४ चैत, काठमाडौं । नेकपा-माओवादीले वर्तमान सरकारले गर्ने संविधानसभा हुन नदिने घोषणा गरेको छ । जनआन्दोलन दिवसको अबसरमा शनिबार राजधानीको खुलामञ्चमा आयोजित सभामा माओवादी अध्यक्ष मोहन बैद्य किरणसहितका नेताहरुले चुनाव गरेर देखाउन सरकार र प्रमुख दललाई चुनौती दिएका हुन्।

‘संविधानसभा यथमस्थितिवादीको हातमा गएको छ । अब संविधानसभाको चुनाज हुने वाला पन छैन र यदि भइहाल्यो भने पनि जनताको पक्षमा संविधान बन्ने छैन’ बैद्यले भन्नुभयो-’हामीले भनेका छौं । यो गाइजात्राको विरोध गरेर जान्छौं र त्यसलाई बेवास्ता गरिन्छ भने पूरै असफल तुल्याइन्छ ।’

माओवादी अध्यक्ष बैद्यले उच्चस्तरीय राजनीतिक समितिको कुनै हैसियत नभएको भन्दै वार्ता नगर्ने प्रष्ट पार्नुभयो । हामीलाई वार्तामा बोलाउने उच्चस्तरीय राजनीतिक समितिले हैसियत गुमाइसकेको छ’ उहाँले भन्नुभयो-’हैसियत नभएकासँग वार्ता हुन्न । खारेजीको माग गरिरहेको सरकारसँग पनि वार्ता गर्दैनौं ।’

प्रचण्ड बाबुरामले भने अनुसार सहमति गर्दै हिडेको भन्दै उहाँले कांग्रेस-एमालेले महंगो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो । माओवादी महासचिव रामबहादुर थापा बादलले राष्ट्रिय स्वाधिनताका लागि लड्ने समय आएको बताउनु भयो ।

सरकारले गर्ने संविधानसभा हुन नदिने घोषणा गरेको छ । जनआन्दोलन दिवसको अबसरमा शनिबार राजधानीको खुलामञ्चमा आयोजित सभामा माओवादी अध्यक्ष मोहन बैद्य किरणसहितका नेताहरुले चुनाव गरेर देखाउन सरकार र प्रमुख दललाई चुनौती दिएका हुन्।

‘संविधानसभा यथमस्थितिवादीको हातमा गएको छ । अब संविधानसभाको चुनाज हुने वाला पन छैन र यदि भइहाल्यो भने पनि जनताको पक्षमा संविधान बन्ने छैन’ बैद्यले भन्नुभयो-’हामीले भनेका छौं । यो गाइजात्राको विरोध गरेर जान्छौं र त्यसलाई बेवास्ता गरिन्छ भने पूरै असफल तुल्याइन्छ ।’

माओवादी अध्यक्ष बैद्यले उच्चस्तरीय राजनीतिक समितिको कुनै हैसियत नभएको भन्दै वार्ता नगर्ने प्रष्ट पार्नुभयो । हामीलाई वार्तामा बोलाउने उच्चस्तरीय राजनीतिक समितिले हैसियत गुमाइसकेको छ’ उहाँले भन्नुभयो-’हैसियत नभएकासँग वार्ता हुन्न । खारेजीको माग गरिरहेको सरकारसँग पनि वार्ता गर्दैनौं ।’

प्रचण्ड बाबुरामले भने अनुसार सहमति गर्दै हिडेको भन्दै उहाँले कांग्रेस-एमालेले महंगो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो । माओवादी महासचिव रामबहादुर थापा बादलले राष्ट्रिय स्वाधिनताका लागि लड्ने समय आएको बताउनु भयो ।