Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 7, 2013

झलनाथ र वामदेवलाई बैसाखी चाहियो : कृष्णगोपाल

 उपत्यकामा एमालेले २२ सीट जित्ने दाबी

२५ चैत, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं उपत्यका समन्वय कमिटीका नेता कृष्णगोपाल श्रेष्ठले एमालेको वर्तमान नेतृत्वले पार्टी हाँक्न नसक्ने बताउनुभएको छ । साथै श्रेष्ठले आगामी संविधानसभा चुनावमा एमालेलाई उपत्यकाका २२ वटा सीटमा विजयी बनाउने गरी चुनाबी अभियान शुरु गरिएको समेत अनलाइनखबरलाई जानकारी दिनुभयो ।  ’झलनाथ जी र बामदेवजीलाई बैसाखी चाहिएको छ । अबको चुनावमा बैसाखीको भरमा अघि बढ्नुपर्छ भन्नु कायरता हो ।’- उहाँले भन्नुभयो- ‘अहिलेको नेतृत्वले अब एमाले हाँक्न सक्दैन ।’jhalanath-ra-bamadev

श्रेष्ठले थप्नुभयो-’उपत्यकाका तीन जिल्लामा अहिले १५ वटा निर्वाचन क्षेत्र छन्, नयाँ निर्वाचन क्षेत्र निर्धारण भएपछि यहाँ २२ निर्वाचन क्षेत्र बन्छन् । ती सबैक्षेत्रमा एमालेलाई विजयी बनाउनका लागि अहिले अभियान शुरु भैसकेको छ ।’ शुक्रबार राजधानीमा उपत्यकास्तरीय अन्तक्रियाको आयोजना गरेर एमालेले राजधानीमा चुनाबी अभियान थालेको हो । तर, शुक्रबारको सभामा एमाले अध्यक्ष झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले लोकतान्त्रिक शक्तिसँग तालमेल गरेर चुनावमा जानुपर्ने बताएपछि एमालेभित्र तालमेल गर्ने कि एक्लै चुनावमा जाने भन्ने विवाद उत्पन्न भएको छ । माधव नेपाल र केपी ओली लगायतका नेताहरुले आफ्नै बुँतामा चुनावमा जानुपर्ने बताउँदै आउनुभएको छ ।’शुरुमै दुईखाले कुरा गरेर हाम्रा नेताले कार्यकर्ताको उत्साहमा चिसो पानी खन्याउने काम गरे ।’ केन्द्रीय सदस्य श्रेष्ठले भन्नुभयो-’अब यी नेताहरुलाई एकै ठाउँमा हैन, एक्लाएक्लै बोल्न लगाइन्छ ।’ श्रेष्ठले भनेझै शुक्रबार एकैठाउँमा भेला भएर भाषण गरेको नेताहरुले शनिबार बेग्लाबेग्लै बोलेका थिए । शनिबार बरिष्ठ नेता माधवकुमार नेपालले कोटेश्वरका भाषण गर्नुभएको थियो भने केपी ओली कपन पुग्नुभएको थियो । श्रेष्ठले चाँहि भक्तपुर पुगेर गाउँ सम्मेलनहरुको उद्घाटन गर्नुभएको थियो ।

पार्टी अध्यक्ष खनाल र वामदेव गौतमले एमाओवादी र मधेसको तालमेलको हल्ला सुनेर खुट्टा कमाएको र बैसाखी खोज्न थालेको श्रेष्ठको गुनासो छ । एमालेले एक्लै चुनाव लड्नुपर्ने र स्थानीय स्तरमा कसैसँग तालमेलसम्म गर्न सकिने श्रेष्ठको तर्क छ ।’एमाले आफ्नै बुँतामा हिँड्नुपर्छ । रियल निर्वाचनमा जाने हो भने जनताले बुझ्छन् । एकल जातीय पहिचान र संघीयतामा जानुहुन्छ कि नेपालको मौलिकताको आधारमा संघीयतामा जानुहुन्छ ? जातजातको नाममा राज्य बनाएर जाने पक्षमा एमाले छैन ।’ श्रेष्ठले भन्नुभयो- ‘हजारौंपटक हारे पनि एमाले आफैं बलबुँतामा उभिन चाहन्छ । त्यसैले हामी आफैं तयारीमा अघि बढ्ने हो ।’

‘एमालेले चुनाब हार्‍यो भने एमालेसँगै देशले हार्छ । त्यसैले देशलाई जिताउने हो भने वाम प्रजातान्त्रिक एकतासहितको दुई तिहाइ एमालेलाई दिनुपर्छ ।’- एमाले नेता श्रेष्ठले भन्नुभयो-’बहुपहिचानसहितको संघीयता, संघीयतासहितको संविधान, संविधानसभाबाटै संविधान घोषणा गराउन आगामी दोस्रो संविधानसभाको निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न सम्पूर्ण शक्ति लगाएर हामी मैदानमा उत्रन्छौं ।’ श्रेष्ठले एमालेलाई पहिलो शक्तिका रुपमा जनताले उभ्याए भनेमात्रै मुलुकमा जातीय सद्भाव कायम हुने दाबी गर्नुभयो ।विगतका चुनावमा उपत्यकामा राम्रो प्रभाव जमाउँदै आएको नेकपा एमालेले ०६४को संविधानसभा चुनावमा काठमाडौं, ललितपुर र भक्तपुरमा १५ स्थानमध्ये एउटा सीटमा पनि विजय हासिल गर्न सकेको थिएन ।

No comments: