Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 7, 2013

कोरियामा रहेका नेपालीहरूले नयाँ वर्ष २०७० भव्य रूपमा मनाउने

सोउल,
विभिन्न सिलसिलामा कोरियामा रहेका नेपालीहरूले  नयाँ वर्ष २०७० भव्य रूपमा मनाउने तयारी  गरेका छन्  ।शुभकामनाको आदनप्रधान र सांस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको उक्त कार्यक्रममा सृजना संगितीक समूहको  प्रस्तुति रहने आयोजकहरुले जनाएका छन् ।अप्रिल १३ तारिख शनिवार साँझ आठ बजे  कोरियाको आन्सन स्थित काठमाण्डैा रेष्टुरेण्टमा गर्न लागिएको उक्त कार्यक्रमको आयोजकहरुमा झापामिलन समाज कोरिया, कोरिया सन्देश क्लब र सृजना सांगितिक समूह  लगायत दर्जन बढी सङ्घ सस्थाहरु रहेका छन् ।
 प्रवासमा भाईचारा र एकताको उदेश्यले गर्नलागिएको सो कार्यक्रममा उपस्थितहुन  कोरियामा रहेका नेपालीहररुलाई आयोजक सस्था कोरिया सन्देशका ब्यवस्थापक राजु सन्तोषि थापाले  अनुरोध गरेका छन् । यसै गरी सृजना सांगिति समूहका निर्देशक रमेश संग्रैालाले प्रवासमा काम सँगै आफू भित्ररहेका कलाहरुले  उक्तदिन सक्दो मनोरन्जन दिलाउने आफ्नो समूहको प्रयत्ना रहेको बताएका छन् ।
 " हामी जाहा, हाम्रो कला र संस्कृति त्यहा " भन्ने मूल उदेश्यका साथ मनाउन लागिएको उक्त शुभकामना साँझ कार्यक्रममा गाऊ घर र परिवारिक रमझम पाउने अर्का आयोजक संस्था झापामिलन समाजका सचिव  राजकुमार बान्तवाको भनाई थियो ।
कार्यक्रमको प्रायोजक एन आर एन कोरियाका सदस्य तथा काठमाण्डैा रेष्टुरेण्टका ब्यवस्थापक मनोज कुमार डांगिले गरेका छन् ।





No comments: