Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 7, 2013

राममणि बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सम्पन्न


मणिग्राम, २३ चैत्र ।

रजत जयन्ती वर्ष मनाइरहेको रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह अन्तर्गत आज (शुक्रबार) पनि विविध प्रतियोगिता सम्पन्न भएका छन् । आज (शुक्रबार) पुरूष तथा महिलातर्फ १०० मीटर दौड, महिलातर्फ फूटबल प्रतियोगिता, पुरूष छेलो फाल्ने र निबन्ध प्रतियोगिता सम्पन्न भएका छन् ।   

पुरूषतर्फको १०० मीटर दौड   अन्तर्गत  सहवुद्धिन पठान पहिला, शिव कँवर दोश्रा र सूरज गुरूङ् तेश्रा भएका छन् । त्यस्तै, १०० मिटर दौडमा महिलातर्फ लक्ष्मी के.सी. पहिला, पवि पाण्डे दोश्रा र विन्दु कार्की तेश्रा भएका छन् ।



पुरूष तर्फ छेलो फाल्नेमा गोपाल तिमिल्सिना पहिला, नन्दु चौधरी दोश्रा र हुमबहादुर गुरूङ् तेश्रा  भएका छन् । यस्तै महिला फूटबलमा वी.एड. दोश्रो वर्ष समूह विजेता भएको छ भने वी.वी.एस. पहिलो वर्ष समूह उपविजेता भएको छ । त्यसैगरी निबन्ध प्रतियोगितामा प्रचण्ड न्यौपाने पहिला, एकराज पौडेल दोश्रा, धर्मराज पाण्डे तेश्रा र सुशिला सुवेदी सान्त्वना भएका छन् ।

No comments: