Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 7, 2013

चितवन समाज युएईले नयाँ बर्ष बिगतमा झैँ पिकनिक गरि मनाउने


Inline images 3
Inline images 2Inline images 4
निमकान्त पाण्डे ,दुबई ६ अप्रिल ।  चितवन समाज युएईको बैठक विभिन्न बिषयहरुमा छलफल गर्दै समाजका अध्यक्ष श्याम पोखरेलको  अध्यक्षतामा गत सुक्रबार बरदुबईको सिन्धि पन्जाब रेस्टुरेन्टमा सम्पन्न भएको छ।











Inline images 1
बैदेशिक रोजगारीका निम्ति विदेशको ठाउँमा रहेका साथीभाईहरु एकै देशमा रहेता पनि भेटघाट तथा परिचय हुने अबस्था नभएकोले चितवन समाज युएईको माध्यम मार्फत भेटघाट तथा आपसमा परिचित बन्ने मौका मिलाउने उदेश्य सहित यस समाजको माध्यमाबाट आफ्नो जिल्लाको पहिचानका निम्ति केहिगर्छु र आफ्नो गाऊ ठाउमा भैपरी आउने आपत बिपत साथै प्रबाशमा हुन सक्ने कठिनाइहरुलाई समाधान गर्नका लागी सहयोग गर्न सकिन्छ भन्ने उद्देश्य सहित गठन गरिएको पोखरलले प्रष्ट पर्नु भएको थियो। रोजगारीका निम्ति युएईमा कार्यरत चितवन बासीहरुको बृहत सहभागिता गराउने गरी सात सदस्यीय पिकनिक आयोजक  समिति गठन गरिएको छ। २०७० सालको बार्षिक क्यालेन्डर सहित नयाँ बर्षलाई स्वागत गर्ने बिषयमा मुख्य रहेको उक्त बैठकले आउदो अप्रिल २६ तारिक दुबईको जाबिल पार्कमा पिकनिक कार्यक्रम सहित नयाबर्षको शुभ- कामना  आदान प्रदान गर्ने भएको छ ।
 कार्यक्रममा उपस्थितिको लागी दुबई श्याम पोख्रेल ०५५-४६३६५५१ , स्मिता पाण्डे  ०५५-७१६०३८९ , जबल अली निमकान्त पाण्डे  ०५५-४५८४७६८ ,प्रविन बिक ०५५-३२१८१५५, अबुधाबि मनोज अर्याल ०५५९५७३५७८ ,कृष्णा काफ्ले  ०५०-९४६६२७३  , सारजाहा - तुल प्रसाद अधिकारी  ०५०-२०८१५३२ ,दिलीप कुमार सेवा ०५५-८६७५७१० कार्यक्रम स्थल सम्म जानका लागि आ-आफ्नो एरियाका आयोजक कमिटिका साथीहरुलाई सम्पर्क गर्न सबैलाई आग्रह गरिएको छ।

No comments: