पण्डितका लागि नयाँ आचारसंहिता तयार
२५ चैत, काठमाडौं । धर्म, संस्कार र
संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने पण्डित, पुरोहित एवं
ज्योतिषीहरुले जथाभावी गर्ने गरेको गुनासो बढेपछि उनीहरुको लागि आचारसंहिता
तयार भएको छ । शुक्रबार र शनिबार राजधानीमा भएको प्रथम राष्ट्रिय पण्डित
महासम्मेलनले आचार संहिता तयार पारेको हो । आचारसंहिता कडाईका साथ लागू
गरिने राष्ट्रिय धर्मसभा नेपालका प्रवक्ता एवं संस्कृतिविद डाक्टर वासुदेव
कृष्ण शास्त्रीले बताउनुभयो ।
आचारसंहितामा पण्डितहरुको टुपी, शिखा,
जनै, निधारमा टीका चन्दन अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै
धूमपान र मद्यपान गर्नेलाई पण्डितको मान्यता नदिने उल्लेख छ । यस्तै
छोराछोरीलाई धर्म, संस्कृति र संस्कारको शिक्षा दिनुपर्ने व्यवस्था पनि
गरिएको छ । पैसा उठाउने मात्रै उदेश्य लिएर गरिने यज्ञ पुराणलाई
निरुत्साहित गर्न पनि पण्डितहरु सहमत भएका छन् ।
सम्मेलनले तयार पारेको आचारसंहिता यस्तो छ :
No comments:
Post a Comment