Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, April 8, 2013

राजनीतिमा बाझाबाझ, कर्मकाण्डमा एकता



२६ चैत, काठमाडौं । आफ्नो समुदायभित्र काजकर्म गर्दै आएका कास्कीका ओम गुरुङलाई अहिले बल्ल थाहा भयो, अरु समुदाय र गुरुङ समुदायको संस्कारमा धेरै कुरा मिल्दोजुल्दो पो हुँदोरै’छ । ‘गाउँमा आफ्नो समुदायको काजकर्ममा मात्रै हिँडियो, यहाँ आएपछि थाहा भयो, सबैको संस्कार मिल्दोरै’छ ।’-गुरुङले अनलाइनखबरसित भन्नुभयो ।


धर्म, संस्कार र संस्कृतिबारे साझा धारणा तय गर्न राजधानीमा हालै भएको पण्डित सम्मेलनमा हिन्दू र बौद्ध समुदायमा काजकर्म गर्ने पण्डित तथा पुरोहितहरुको उपस्थिति थियो । मगर, गुरुङ, लामा, नेवार, बाहुन सबै समुदायका पण्डितहरु एकै ठाउँमा भेट हुँदा एकअर्काले गर्ने कामबारे कुरा भयो । धर्मशास्त्र, संस्कारविधि र काजकर्मका तरीकाको बारेमा अनुभव साटासाट भयो । ‘हामीले र बौद्ध धर्मका गुरुहरुले गर्ने काजकर्म धेरै मिल्दोरै’छ भन्ने अहिले पो थाहा भयो’ केही वर्षदेखि पुरोहित काम थालेका सुनसरी, इटहरीका अच्युत भट्टराईले अनलाइनखबरसित भन्नुभयो ।

पहिलोपटक भएको सम्मेलनले पण्डित तथा पुरोहितहरुका लागि आचारसंहिता त बनाएको छ नै । धार्मिक तथा सामाजिक सद्भाव बढाउने काममा पनि महत्वपूर्ण टेवा पुर्याएको छ । सम्मेलनमा सहभागी सबै समुदायका पण्डित प्रतिनिधिले एकअर्काको धर्म, संस्कारलाई सम्मान गर्नुपर्नेमा जोड दिए ।
                                                                                                                                                                धर्म निरपेक्षलाई व्यवहारमा उतार्नुपर्छ

लमजुङ घर भएका प्रमुलामा गञ्जसिंह गुरुङ हाल काठमाडौं स्वयम्भूमा बस्नुहुन्छ । आफ्नो पुख्र्यौली पेशा धान्दै उहाँ लामा समुदायको संस्कार चलाउनुहुन्छ । ‘गुफा बस्ने, गुरुबाट धर्मशास्त्र पढ्ने सबै काम गरेपछि मात्र गुरु बन्न पाइन्छ’ उहाँले भन्नुभयो । लामा समुदायको मात्रै होइन, परेको बेला उहाँले अरु समुदायको पनि काजकर्म चलाउने गर्नुभएको छ । ‘हाम्रो देश धर्म, संस्कृति र संस्कारमा निकै बलियो छ’ उहाँले भन्नुभयो-’एक अर्काको धर्मलाई सम्मान गर्दै धर्म निरपेक्षलाई व्यवहारमा उतार्नुपर्छ ।’
                                                                                                                                                                   संस्कार मिल्छ

कास्कीका ओम गुरुङले बाबुबाजेले गर्दै आएको पुरेत्याईं कामलाई निरन्तरता दिनुभएको छ । हाल उहाँ काठमाडौंको कपनमा बस्नुहुन्छ ।

गाउँमा जस्तै यहाँ पनि काजकर्मको उत्तिकै चाप छ । गुरुङ समुदायभित्र काजकर्म गर्दै आएका उहाँलाई अहिले थाहा भयो, अरु समुदायको संस्कार पनि उस्तै रैछ । ‘केही बिधि फरक होला, तर संस्कार त सबैको उस्तै हो नि’ उहाँले भन्नुभयो ।
                                                                                                                                                    बोली/भाषा मात्र फरक

रामेछापका लामा झम्लिङले पनि पुख्यौंली पेशा अनुसार काजकर्म चलाउने काम गर्दै आउनुभएको छ । आफ्नो समुदायभित्रबाट मात्रै नभएर उहाँलाई अरु समुदायले पनि काजकर्मको लागि निम्तो गर्छन् ।

‘मैले लामा समुदायको मात्रै होइन, बाहुनहरुको पनि काजकर्म चलाउने गरेको छु’ उहाँले भन्नुभयो-’बोली, भाषा मात्र फरक हो हाम्रो । संस्कार त उस्तै त हो नि ।’
                                                                                                                                                       गुजाराका लागि राम्रो पेशा

इटहरीका अच्युत भट्टराई अहिले काठमाडौं महांकालमा बस्नुहुन्छ । सँगैका साथी अरु नै काममा लागेका छन् । तर उहाँलाई धर्मकर्ममा रुची लाग्यो ।

‘दुईचार वर्षदेखि पुरोहित काम थालेको छु, कतिले हेलाँहोचो गर्छन्, तर यसबाट राम्रो गुजारा भैरहेको छ’ उहाँले भन्नुभयो । एकअर्काको धर्म, संस्कारलाई सम्मान गर्नुपर्नेमा उहाँले पनि जोड दिनुभयो ।
                                                                                                                                              हामी प्रकृतिका पुजारी

बाग्लुङका जगत बुढामगर गाउँको प्रख्यात ज्योतिष र पुरोहित दुवै हुनुहुन्छ । ‘काठमाडौंमा कुमारी राखेजस्तै हाम्रो ठाउँमा सानैमा पुजारी राख्छन्’ उहाँले भन्नुभयो-’म सानैमा पुजारी भएपछि अहिले ज्योतिष र पुरोहित काममा लागेको छु ।’ मगर र अरुको जातको संस्कारमा केही फरक भएपनि सन्देश उस्तै भएको उहाँले बताउनुभयो । ‘हामी प्रकृतिका पुजारी हौं, त्यसैले प्रकृतिलाई बढी मान्छौं, संस्कारको उदेश्य त सबैको एउटै हो नि’ उहाँले भन्नुभयो ।

संस्कार सिक्दै
सिरहाका रामस्वरुप साहको खास पेशा किसानी हो । तर उहाँले केही वर्षदेखि पुरोहित काम पनि थाल्नुभएको छ । ‘गाउँमा पुरोहित, पण्डित कम हुन थाले’ उहाँले भन्नुभयो-’धर्म, संस्कृतिको संरक्षणका लागि मैले यो काम थालेको हो ।’ धर्म, संस्कारले ठाउँ र भूगोल नछुट्याउने भन्दै उहाँले धार्मिक तथा साँस्कृतिक एकतामा जोड दिनुभयो । ‘म मधेशी समुदायको हो, तर हाम्रो संस्कारले त मधेस, पहाड, हिमाल भन्दै

No comments: