Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, April 8, 2013

बेलायती पूर्व प्रधानमन्त्री थ्याचरको निधन


२६ चैत, काठमाडौं । बेलायतकी पहिलो महिला प्रधानमन्त्री मार्गरेट थ्याचरको निधन भएको छ । खास नाम बारोनेस थ्याचर भएकी मारगरेटको ८७ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको उनका प्रवक्ताले जनाएका छन् ।



थ्याचरका प्रवक्ता लर्ड बेलले थ्याचरको सोमबार विहान निधन भएको पुष्टि गरेका हुन् । थ्याचर सन् १९७९ देखि १९९० सम्म कन्जरभेटिभ पार्टीको तर्फबाट बेलायतको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

सन् १९५९ मा संासद बनेकी थ्याचरले सन् १९७५ मा पार्टी अध्यक्षको दाबेदारी प्रस्तुत गरेकी थिइन् । त्यतिबेला उनले तत्कालिन प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष एडवार्ड हेथलाई चुनौति दिएकी थिइन् । थ्याचर सन् १९७९, १९८३ र १९८७ को आम चुनावमा विजयी भएकी थिइन् र सन् १९९२ मा संासदबाट राजिनामा दिएकी थिइन् ।

थ्याचरलाई पुँजीवादी अर्थतन्त्रकी प्रवर्तक पनि मानिन्छ । बेलायतमा उनी सत्तामा रहँदा विश्वमा पुँजीवादी अर्थतन्त्र मौलाएको थियो । बेलायती प्रधानमन्त्री र राजदरबारले थ्याचरको मृत्युप्रति शोक व्यक्त गरेको छ ।


No comments: