Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, July 8, 2013

'इजिप्टको घट्नाबाट पाठ सिकौं' बाबुराम भट्टराई


काठमाडौ, असार २४ - एमाओवादी नेता बाबुराम भट्टराईले मोहन वैद्य समूहको गैर जिम्मेवार अभिव्यक्ति र गतिविधिलाई वहाना बनाएर आगामी मसिंर ४ को दोस्रो संविधानसभा निर्वाचन सार्न वा टार्ने कार्य भए त्यसले प्रतिगमनको आधार तय गर्ने बताएका छन् । उनले हालै इजिप्टमा भएको घट्नाबाट सबैले पाठ सिक्नुपर्ने उल्लेख गरेका छन् ।

सोमबारदेखि फेसबुकबाट अर्न्तक्रिया थालेका भट्टराईले आफ्नो पेजमा स्टाटस लेख्दै वर्तमान गतिरोधका निम्तिी सबै पक्षले आ-आफ्नो हिस्साको कमिकमजोरी इमानदारी पूर्वक स्विकार गरेर समाधानका लागि साझा समझदारी वा नयाँ सम्झौतामा जोड दिएका छन् ।'वर्तमान नेपालको प्रमुख आवश्यकता देशको विद्यमान राजनीतिक संक्रमणकालको छिटो अन्त्य गरेर देशलाई तीव्र विकास र सम्वृद्धिको दिशामा बढाउने हो', उनले भनेका छन्- 'अब पनि एक अर्कामाथि दोष थुपारेर समय वर्वाद गर्ने हो इतिहासले हामी कसैलाई क्षमा गर्नेछैन ।'  उनी लामोसमयपछि फेसबुकमा पुन: फर्किएका हुन् । उनले टि्वटर मार्फत बेला वखत आफ्नो धारणा सार्वजनिक गर्दै आएका थिए ।
उनले बढ्दो बेरोजगारी र बाध्यात्मक विदेश पलायनलाई अन्त्य गरेर सिर्जनशिल युवाशक्तिलाई सम्वृद्ध नयाँ नेपाल निर्माणको अभियानमा लगाउनु पर्ने आफ्नो स्टाटसमा लेखेका छन् ।

No comments: