अमेरिकाबाट प्रकाशित हुने फोब्र्स पत्रिकाले प्रत्येक वर्ष विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित गर्छ। वर्ष २०१२ मा विश्वव्यापी रूपमा देखापरेको आर्थिक मन्दीका कारण धेरैजसो धनीले आफ्नो सम्पत्तिको ठूलो अंश गुमाएका छन्। यसरी सम्पत्ति गुमाए पनि फोब्र्स पत्रिकाले जारी गरेको सूचीले ती व्यक्तिहरूको लगनशीलतालाई सम्मान गर्ने गरेको छ। सूचीको पहिलो १० स्थानमा रहेका केही अर्बपति लगातार यो सूचीमा रहँदै आएका छन्। यो वर्षको सूचीमा २ जनाले पहिलो पटक प्रवेश पाएका छन् भने १ जनाले पुनः प्रवेश पाएका छन्। गत वर्ष यो सूचीमा रहेका ३ जना बाहिरिएका छन्। सूचीबाट आफ्नो नाम गुमाउनेमा भारतका मुकेश अम्बानी, भारतीय मूलका बेलायती लक्ष्मी मित्तल तथा अमेरिकाका क्रिस्टी वाल्टन छन्। नयाँ प्रवेश पाउनेमा स्वीडेनका स्टेफन पर्सन र हङकङका लि का सिङ छन् भने पुनः प्रवेश पाउनेमा जर्मनीका कार्ल अल्ब्रेच्ट छन्।
कार्लो सिलम हेलु
मेक्सिकोका नागरिक ७२ वर्षीय कार्लोस सिलम हेलु वर्ष २०१२ मा संसारको सबैभन्दा धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा छन्। अघिल्लो वर्ष पनि उनी पहिलो नम्बरमै थिए। हेलु मुख्यतः दूरसञ्चारका व्यवसायी हुन्। उनको व्यापारले मेक्सिकोमा एकाधिकार नै जमाएको छ। त्यसबाहेक सम्पूर्ण ल्याटिन अमेरिका क्षेत्रमा समेत उनको प्रभाव छ। उनी खुद्रा व्यापार, बैंकिङ तथा बिमासम्बन्धी कारोबार पनि गर्छन्। उनको कुल सम्पत्ति ६९ अर्ब डलर बराबर छ। गत वर्ष उनको सम्पत्ति ७४ अर्ब डलर थियो। उनका ६ सन्तान छन्। तीमध्ये ३ छोरा उनको कारोबारमा संलग्न छन्।
बिल गेट्स
५७ वर्षीय बिल गेट्स अमेरिकी नागरिक हुन्। उनको सम्पत्ति अहिले ६१ अर्ब डलर छ। फोब्र्स पत्रिकाको सूचीमा यो वर्ष आफ्नो सम्पत्तिमा वृद्धि गरेर आफ्नो स्थान कायमै राख्ने उनी एक्ला व्यक्ति हुन्। अघिल्लो वर्ष उनको सम्पत्ति ५६ अर्ब डलर थियो। अघिल्लो वर्ष पनि यो सूचीको दोस्रो स्थानमै रहेका बिल गेट्सले आफ्नो सम्पत्तिको ठूलो हिस्सा बिल गेट्स तथा मेलिन्दा गेट्स फाउन्डेसनलाई दान गरेका थिए। बिल गेट्सले आफ्नो आम्दानीको ठूलो हिस्सा विभिन्न सामाजिक कार्यमा लगानी गरेर पर्याप्त चर्चा पाएका छन्। उनी तीन सन्तानका पिता हुन्। उनले हार्बर्ड विश्वविद्यालयमा अध्ययन गर्दागर्दै सफ्टवेयरको व्यापारमा लागेर पढाइ छाडेका थिए। उनको माइक्रोसफ्ट कम्पनीबाट उत्पादित अपरे टिङ सिस्टमद्वारा अहिले विश्वका ९४ प्रतिशत कम्प्युटर सञ्चालित छन्। वारेन बफेट ८२ वर्षीय वारेन बफेट पनि अमेरिकी नागरिक हुन्। उनलाई सर्वाधिक धनीको सूचीको तेस्रो स्थानमा राखिएको छ। उनको कुल सम्पत्ति अघिल्लो वर्षको ५० अर्ब डलरको तुलनामा केही घटेर ४१ अर्ब डलर कायम भएको छ। बफेटले आफ्नो सम्पत्तिको ठूलो हिस्सा बिल गेट्स तथा मेलिन्दा गेट्स फाउन्डेसनलाई दान गरेका छन्। उनले युनिभर्सिटी अफ नेब्रास्काबाट आर्ट्स र साइन्समा स्नातक तथा कोलम्बिया युनिभर्सिटीबाट साइन्समा स्नातक गरेका छन्। वित्तीय क्षेत्रमा चर्चित बफेटले सेयर बैंकिङ तथा बीमा क्षेत्रमा लगानी गरेर यत्रो सम्पत्ति हासिल गरेका हुन्। उनको सेयर अमेरिकन एक्सप्रेस, कोकाकोला, जिलेट जस्ता प्रमुख कम्पनीमा छ। बफेट बिमा कम्पनी प्रमुखसमेत हुन्। बेनार्ड अर्नल्ट फ्रान्सस्थित सौन्दर्य प्रशाधनसँग सम्बन्धित कम्पनी एलभीएमएचका मालिक ६३ वर्षीय बेनार्ड अर्नल्ट फोब्र्स पत्रिकाको अर्बपतिको सूचीको चौथो स्थानमा छन्। अर्नल्टको सम्पत्ति ४१ अर्ब डलर बराबर छ। फ्रान्स बाहिर चीनको सांघाईमा व्यावसायिक लगानी गर्ने अर्नल्टको प्रसिद्धि फोनको संसारमा समेत छ। भनिन्छ, अर्नल्टको उत्पादनको प्रयोगबिना संसारमा फेसनसँग सम्बन्धित कुनै पनि कार्यक्रम सम्भव हुन सक्दैन। उनका प्रसिद्ध उत्पादन लुइस मिटन, मोट तथा क्यान्डोन ब्रान्डका सौन्दर्य सामग्री हुन्। अमान्सियो ओर्टेगा गत वर्ष फोब्र्स पत्रिकाको अर्बपतिहरूको सूचीको सातौं स्थानमा रहेका स्पेनका ७५ वर्षीय व्यापारी अमान्सियो ओर्टेगा यो वर्ष पाँचौं स्थानमा छन्। उनको कुल सम्पत्ति साढे ३७ अर्ब डलर बराबर छ। ओर्टेगा मूलतः खुद्रा व्यापारी हुन्। स्पेनमा उनको जारा नामक स्टोर छ। उक्त स्टोरमा विभिन्न सामग्री पाइन्छन् जसमा लत्ताकपडादेखि लिएर घरायसी उपभोगसम्मका सामग्री छन्। विश्वका ७१ देशमा यस्ता ४ हजारभन्दा बढी स्टोर छन्। यसबाहेक ओर्टेगाको ग्यास, पर्यटन उद्योग, बैंकिङ तथा रियल स्टेटका क्षेत्रमा पनि विभिन्न राष्ट्रमा लगानी छ। लरेन्स एलिसन ६७ वर्षीय लरेन्स एलिसन अमेरिकी नागरिक हुन्। उनको कुल सम्पत्ति ३६ अर्ब डलर छ। फोब्र्स पत्रिकाको सूचीमा छैटौं स्थानमा रहेका एलिसन ओराकल सफ्टवेयरका मालिक हुन्। उनले सन् १९७७ मा ओराकलको क्षेत्रमा काम गर्न थालेका थिए जुन सन् १९८६ देखि सावर् जनिक प्रयोगमा आएको थियो। यसको सेयर मूल्य बढ्दै जाँदा उनी सन् २००९ देखि सर्वाधिक धनीको सूचीमा पहिलो दस स्थानभित्र पर्न सफल भएका हुन्। एलिसनले युनिभर्सिटी अफ सिकागोमा भौतिकशास्त्र पढेका हुन्। उनले स्नातक नसकी बीचमै पढाइ छाडेका थिए। ४ सय ५३ फुट अग्लो राइजिङ सन नामक पानीजहाजलाई एलिसनले आफ्नो निजी प्रयोजनमा प्रयोग गर्छन्। आइक बाटिस्टा खानी तथा तेल व्यापारी एवं ब्राजिलका पूर्व खानी मन्त्रीका छोरा ५६ वर्षीय आइक बाटिस्टा फोब्र्स पत्रिकाको अर्बपतिको सूचीको सातौं स्थानमा छन्। आगामी केही वर्षभित्र विश्वकै सर्वाधिक धनी व्यक्ति बन्ने दाबी गरिरहेका आइक बाटिस्टाको कुल सम्पत्ति ३० अर्ब अमेरिकी डलर छ। सन् २०११ मा मात्र बाटिस्टाले आफ्नो सम्पत्तिमा १९ अर्ब ५० करोड डलर थपेका थिए। अहिले उनी संसारकै सबैभन्दा ठूलो सुन खानीका मालिकसमेत हुन्। स्टेफन पर्सन अर्बपतिहरूको यो सूचीमा यो वर्ष स्वीडेनका स्टेफन पर्सन आठौं नम्बरमा देखापरेका छन्। ६५ वर्षीय पर्सनको कुल सम्पत्ति २६ अर्ब डलर छ। उनको आयको मुख्य स्रोत एच एन्ड एम नामक तयारी पोसाक बिक्री गर्ने पसल हो। यो पसलको ४३ देशमा २ हजार ५ सयभन्दा बढी शाखा छन्। सन् १९४७ देखि अस्तित्वमा आएको एच एन्ड एम कम्पनीको स्वामित्व पर्सनको हातमा सन् १९८२ मा आएको थियो। त्यसयता उक्त कम्पनीले लगातार प्रगति गर्दै आएको छ। अहिले उक्त कम्पनी पर्सनका छोरा कार्ल जोनले हेर्छन्। लि का सिङ हङकङका अर्बपति लि का सिङ यो सूचीमा अटाउने एसियाका एक मात्र धनाढ्य हुन्। उनी नवौं स्थानमा छन्। ८४ वर्षीय लि का सिङ हङकङमा बसोबास गर्छन्। हाईस्कुल पढ्दापढ्दै अध्ययन छाडेका लि का सिङको विभिन्न क्षेत्रमा लगानी छ। उनको कुल सम्पत्ति साढे २५ अर्ब डलर छ। उनी नयाँनयाँ प्रविधिमा रमाउन र त्यसैमा लगानी गर्न मन पराउँछन्। व्यापार शैलीका कारण उनका प्रतिद्वन्द्वीहरू उनलाई सुपरम्यान नामले सम्बोधन गर्छन्। सामाजिक अभियन्ताका रूपमा संसारभर ख्याति कमाएका ली व्यापारमा जति चलाख छन् त्यति नै उदार हृदयका पनि। उनले विभिन्न संस्थामार्फत् सामाजिक क्षेत्रमा समेत लगानी गरेका छन्। कार्ल अल्ब्रेच्ट गत वर्ष फोब्र्स पत्रिकाको अर्बपतिहरूको सूचीबाट बाहिरिएका जर्मनीका ८८ वर्षीय कार्ल अल्ब्रेच्ट यो वर्ष फेरि फर्किएका छन्। उनी यो सूचीमा दसौं स्थानमा छन्। उनको कुल सम्पत्ति साढे २५ अर्ब डलर बराबर छ। कार्ल अल्ब्रेच्ट पनि खुद्रा व्यापारी हुन्। जर्मनीलगायत विश्वका विभिन्न मुलुकमा उनका सुपरमार्केटहरू छन्। अमेरिकाका २९ राज्यका १ हजारभन्दा बढी सुपरमार्केटका मालिक अल्ब्रेच्टले सन् २०११ मा मात्र अमेरिकामा ७५ वटा नयाँ सुपरमार्केट थपेका थिए। अर्बपतिहरूको सूची पहिलो दस स्थानमा रहनेहरूमध्ये अल्ब्रेच्ट सबैभन्दा पाका हुन्। खुसी पाउन पैसा चाहिँदैन धेरै पैसा र सुस्वास्थ्यले मात्र जीवनमा खुसीको ग्यारेन्टी गर्दैन। हो, यही सत्यलाई प्रमाणित गरेको हालैको एक अध्ययनले। इकोनोमिक को अपरेसन एन्ड डेभलपमेन्ट अर्गनाइजेसनले गरेको अध्ययनले विश्वका धनी देशका मानिसहरूभन्दा विकासशील देशका मानिसहरू बढी खुसी रहेको देखाएको हो। विश्वका विभिन्न १४८ देशमा गरिएको अध्ययनले पनामा र पाराग्वेका जनता विश्वमा सबैभन्दा खुसी जनता हुन्। अध्ययनअनुसार विश्वमा सबैभन्दा खुसी जनता भएका दश देशमध्ये ७ दक्षिण अमेरिकी देश नै छन्। अध्ययनले पाराग्वे र पनामाका जनता जीवनप्रति सबैभन्दा बढी सकारात्मक रहेको देखाएको छ। विश्वमा प्रतिव्यक्ति आयको हिसाबले कतार सबैभन्दा धनी देश हो भने औसत आयुको दृष्टिले जापान एक नम्बरमा छ, तर ती देशका जनता भने विश्वका सुखी जनताको दसौँ नम्बरभित्र पर्न सकेका छैनन्। विश्वमा सुखी जनता भएका देशमा पाराग्वे र पनामापछि साल्भाडोर परेको छ। त्यसपछि भेनेजुयला, टि्रनिडाड एण्ड टोबागो, थाइल्यान्ड र ग्वाटेमाला जनता सुखी भएका देशमा परेका छन्। अध्ययनअनुसार सिंगापुरेहरू सबैभन्दा नकारात्मक मानसिकता भएका जनता हुन्। नकारात्मक मानसिकता भएका मानिसहरूमा सिंगापुरेले इराकी र आर्मेनियालीहरूलाई जितेका छन्। जनता सुखी भएका देशमा फिलिपिन्स सातौँ, इक्वेडर आठौँ तथा कोस्टारिका नवौँ स्थानमा छन्। अमेरिका ३५ औँ स्थानमा छ भने क्यानाडा ११ औँ स्थानमा छ।

No comments:
Post a Comment