Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, December 29, 2012

टी-२० राष्ट्रिय क्रिकेटको उपाधी एपीएफलाई


१४ पुस, काठमाडौं । टी-२० राष्ट्रिय क्रिकेटको उपाधी सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।
शनिबार भएको फाइनलमा क्षेत्र नम्बर ६ बैतडीलाई ९५ रनले पराजित गर्दै एपीएफले एक महिनामा दोस्रो उपाधी उचालेको हो । यसअघि एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधी पनि एपीएफले नै जितेको थियो । उपाधीसागै एपीएफले १ लाख २५ हजार पाएको छ भने बैतडीले ७५ हजारमा चित्त बुझाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले व्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६७ रन बनायो । रनको खाता नै नखोली पहिलो विकेटका रुपमा परेश लोहनीलाई गुमाएको एपीएफको पारी त्यसपछिका व्याट्सम्यानले सम्हालेका थिए । म्यान अफ दि म्याच ज्ञानेन्द्र मल्लले ६९ रन बनाए भने पारस खड्काले ५३ रन बनाए । सुवास खकुरेलले २१ रन जोडे ।
जवाफमा मैदान उत्रिएको बैतडी १४ दशमलव ४ ओभरमा ७२ रन जोड्दा सबै विकेट गुमायो । उसका लागि विनोद भण्डारीले २४ र नरेश बुढायरले २३ रन जोड्नु बाहेक अन्यले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा सञ्जम रेग्मीले ४ तथा शक्ति गौचनले ३ विकेट लिए भने संजम रेग्मीले २ विकेट हात पारे ।
एपीएफका सुवास प्लेयर अफ टि टुर्नामेन्ट र वेष्ट व्याट्सम्यान घोषित भए भने पोखराका राहुल विश्वकर्मा वेष्ट बलर बने ।

No comments: