हाम्रो यो सानो देश नेपाल अनि हामी यहाँका बहादुर नेपाली यो देश जती सानो भएपनी यहाँ ठुलो नै युद्द चारकिरहेको थियो।मानिस हरु गाउ घर बाट आफ्ना बस्ती हरु शहर तर्फ केन्दरित गरिरहेका थिए । गाउ घरमा १५,१६ लागेका केटा हरु गाउ बाट नै बिस्तापित भैरहेका थिए उनिहरु रहरले नभै करले आफ्नो झिटिघुम्टा कसी गाउ बाट भागी रहेका थिए सरकार पक्ष बाट उनिहरु माओबादी भनेर परिचित थिए अनि कुन बेला कहाँ के हुने हो कसैलाई पत्तो पनि थिएन उनिहरुलाई राम्रै सग थाहा थियो अस्ती भर्खर नेपाली सेनाले लगेका रामे अनि गोपाल अब कहिलेइ फर्कदैनन भनेर किनकी उनिहरुलाई बेपत्ता बनाइसकेको थियो नेपाली सेनाको नाम ले कतै आफु पनि तेही बेपत्ता कै लिस्टमा त परिने हैन भनेर गाउका सबै केटा केटिहरु भागिरहेका थिए ...राज अपरिचित जिवन भागने मध्यमा उ पनि एक थियो उ पनि भागदै भागदै आइपुगयो यो बत्ती नै बत्ती को शहर जहाँ बत्ती भएर पनि सदैब अन्धकार छ बाकी जिबनी राज अपरिचित जीवन को डाएरी बाट ........ म भर्खर १६ बर्षको भएको थिए गाउ मा चारकिरहेको युद्द ले गर्दा आमा डरऔनु भयो कतै यो युद्द को पर्भाब म माथी त पर्ने हैन यस्तै सोचेर उहाले मलाई शहर पठाइदिनु भयो मैले त आउनै मानेको थिएन तर के गर्नु त्यहाँ बसेर पनि कहिले के हुने हो पत्तै थिएन । मैले नमान्दा नमान्दै पनि आमाले मलाई सम्झाएर पठाउनु भयो उहा मलाई धेरै माया गर्नु हुन्थियो तर पनि उहा मलाई आफु बाट टाढा राख्न कोसिस गर्दैहुनुहुन्थियो साएद यो उहाको मायाको प्रती फल थियो । गाउ कै एउटा दाइको साथ लागेर म यो बत्ती नै बत्ती को शहर आइपुगे ओहो ! कस्तो राम्रो शहर अनि कती धेरै सवारी साधन हरु म मन मनै दङ्ग परिरहेको थिए एक किसिमले भनउ भने मलाई स्वर्गमा नै आइपुगेछु जस्तो लागिरहेको थियो दाइ मलाई हात समातेर बाटो काट्न सिकाउदै हुनुहुन्थियो अनि ठाउँ हरु को नाम बताउदै मेरो हिडाइ मा उर्जा थपिरहनु भएको थियो । एकैछिन्को हिडाइ पछी उहाले मलाई एउटा घरमा लिएर जानु भयो ओहो ! कत्रो ठुलो घर थियो त्यो दाइ ले मलाई भन्नु भयो त अब बस्ने यही हो साहु साहुनि ले के के भन्छन तेही गर्नु । नराम्रो काम कहिलै पनि नगर्नु आफ्नो गाउको इज्जत नफाल्नु दाइ ले मलाई राम्रो सग सम्झाउनु भयो अनि उहाहरु सग कुरा गरिएर दाइ जानु भयो
उहाहरु सग को सहमतिमा मैले घरको सबै काम गर्नु पर्ने बदला मा उहाहरु ले मलाई पढाइ दिने सर्त थियो । आएको दुइ तीन दिन सम्म मलाई गाउ को त्यो याद ले सताहिरहयो मलाई कसरी हुन्छ घर नै जाउ जस्तो पनि लागेको थियो किनकी म त्यहाँ नौलो थिए मेरो मर्मा त्यहाँ कसैले पनि भुझ्दै नथिय या त बुझेर पनि बुज्ने प्रएत्न गर्दै न थिए । घर को सबै काम मैले नै गर्नुपर्ने थियो दिन रात नभनी म काम गर्थे बिहान सबेरै उठनुपर्ने अनि खाना तयार गरेर स्कुल जानु पर्ने फेरी स्कुल बाट आएपछी उहि आफ्नै धन्दा मा लाग्नु पर्ने मलाई पढनु जसरि पनि थियो किनकी यही बर्ष नै मेरो अहिले सम्म को मेहनत को फल आउने थियो जस्तो तस्तो दुख सहेर पनि मैले पढ्ने निर्णय गरे । स्कुलमा मेरा तीन जना साथिहरु थिए बिबेक राहुल अनि प्रीती । हामी एक्दमै मिल्ले साथिहरु भैसकेका थियौ अहिले त् स्कुलमा कसैले मित्रताको उदाहरण दिनु पर्यो भने हाम्रै मित्रता को उदाहरण दिन्थे हामी एक अर्कालाई खुलेर नै सहयोग गर्थौ राहुल बिबेक अनि प्रीती अनि म बिगत ३ महिना जुन दिन देखी मैले स्कुल जान थाले त्यही दिन देखी उनिहरुको साथी भएको थिए साह्रै सहयोगी भाबना का थिए ति साथिहरु धेरै नै सहयोग गर्थे उनिहरुले मलाई उनिहरु सग पैसको कुनै कमी थिएन बाउको सरकारी नोकारीमा उनिहरु रमाइ रहेका थिए । उनिहरु मेरो आर्थिक अबस्ता प्रति जानकार नै थिए त्यहि भएर मलाई खुलेरै सहयोग गर्थे।
दिन हरु यसरी नै बितिरहे का थिए साथी भाइ हरु सगको रमाइलो अनि काठमान्डौ को त्यो बस्तु स्थिती मा मा पुरै पो डुबेछु अब त मलाई गाउ घर को याद पनि आउन छोडिसकेको थियो । यसो उसो गर्दा गर्दै पढाई पनि चलिरहेको थियो जिन्दगी हासो मजाक मा नै बितिरहेको थियो । प्रीती बिगत का दिन मा भन्दा अझैपनी म सग नजिक हुन खोजिरहन्थी उ कुनै बहाना बनाएर मेरो पिछा नै गरिरहेकी हुन्थी । उस्को यस्तो हर्कत बाट सुरु सुरु मा मलाई अनौठो लागेपनी अहिले भने म पनि उन्को यस्तो हर्कत बाट खुशी हुन्थिए खै किन हो किन अचेल त म उनलाई सपनिमा पनि देखान थालिसकेको थिए प्रीती मेरो सपनी मा स्वर्ग कि परी बनेर आउथिन अनि म आफु चाही त्यहाँ को राजा ईन्द्र भएको महसुस गर्थे तर पनि मैले उनि अनि राहुल र बिबेक बाट यो कुरा सधै नै टाढा राखेको थिए मलाई डर थियो कतै यो कुराले हाम्रो मित्रता मा असर त पुरेउने हैन म डराएको थिए आफ्नो प्रेम को भाब मैले कसै सामु पनि प्रस्तुत गरिन यतिकैमा परिक्ष्या पनि आयो परिक्ष्या मा मैले सोचेको जस्तो परिणाम ल्याउन सकिन मलाई राम्रो नम्बर ल्याएर डाक्टर बन्ने रहर थियो त्यही मुतबिक म अर्काको घर मा काम गरेर पढ्न बसेको थिए मेरो सपना हरु सबै चका ना चुर भयो अर्को को घर मा दिन रात काम गरेर राम्रो नम्बर ल्याउछु भन्नु मेरै सोचाइ कै गल्ती थियो होला। यसपछि मैले अर्काको घर मा काम गरेर केहि नहुने सोचे अनि त्यहाँ बाट कसैलाई केहि नभनी लागे आफ्नो गन्तब्य खोज्न त्यो बत्ती नै बत्ती को अन्धकार शहरमा .......
क्रमस ................................................
राज अपरिचित जीबन
भिमेश्वोर ५ दोलखा नेपाल
हाल मलेशिया पेनांग
No comments:
Post a Comment