मानिसको हात, मुक्का बर्साउन र थप्पड हान्नकै लागी बनेको हो, न कि कामका लागि ।
झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर, यसमा कुनै शंका नगरे हुन्छ । कमसेकम अमेरिकामा गरिएको यो अध्ययनपछि त पटक्कै आशंका नगरे हुन्छ ।
उटा विश्वविद्यालयका अध्ययनकर्ताहरुले मार्शल आर्ट खेलाडीहरुको हातको तागत र गतिको मापनका लागि एक यन्त्रको प्रयोग गरेका छन्, जब मार्शल आर्टका खेलाडीहरु पन्च हान्छन् । यो अध्ययन एक्सटर्जल बायोलोजी नामक पत्रिकामा छापिएको छ ।
मुम्का भन्दा थप्पड जोडदार
हातको बनावट यस्तो हुन्छ कि यसको राम्रो प्रयोग कुटपिटमा हुनसक्छ । तर कस्तो कुटपिट ?
कसैलाई आघात पुर्याउन थप्पड पा मुक्का कुन प्रभावकारी हुन्छ भन्ने प्रश्नमा बैज्ञानिकहरुले थप्पड ज्यादा जोडदार हुने बताएका छन् । अध्ययनकर्ता डेविड करियरले भनेका छन्-’वास्तवमा यो आश्चर्यजनक नै छ । पहिलो प्रहार मुक्कामा दम थिएन जब कि दोस्रो प्रहार जोडदार थियो र यसमा हत्केलाको प्रयोग गरिएको थियो ।’ थप्पडले हान्दा हातको सतहको बढी प्रयोग हुन्छ र मुड्की बसेर भन्दा औंलाहरु फिँजाएर हान्नु बढी बलशाली प्रतिक हुन्छ र यसले नै बढी क्षती पुर्याउँछ ।
हातको प्रयोग
प्रोफेसर करियर र माइकल एच गुरगनका अनुसार मानव हत्केलाको निर्माण ‘हस्त कौशल’ को प्रयोग गर्न सकियोस भन्ने उद्देश्यले भएको हो ।
यद्यपी केही हातको बनावट बस्तुहरुलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न मात्र भएको पाइएको छ । प्रोफेसर करियर भन्छन्-’मलाई लाग्छ, प्राकृतिक रुपमा मानिस एक आक्रामक जनावरको रुपमा नै हुन्छन् ।’
No comments:
Post a Comment