Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, January 13, 2013

कार्यदिशामै विवाद आएपछि नेकपा-माओवादीको महाधिवेशन लम्बियो

काठमाडौं, २९ पुस । काठमाडौंमा जारी नेकपा–माओवादीको बन्द सत्रमा जनयुद्ध र जनविद्रोहको कार्यदिशाका विषयमा विवाद उत्पन्न भएपछि महाधिवेशन लम्बिएको छ । आइतबार सकिने भनेको महाधिवेशन विवादका कारण बन्द सत्र नसकिएपछि सोमबार पनि बन्द सत्र जारी हुने भएको स्रोतले बताएको छ । जनयुद्धको कार्यदिशा स्पष्ट हुनुपर्ने मागसहित समूहका नेताहरुले टिप्पणी गरेपछि विवाद आएको हो । पार्टी अध्यक्ष मोहन वैद्यले पेश गरेको राजनीतिक प्रतिवेदनले जनयुद्धको जगमा टेकेर जनविद्रोह भनेको तर जनयुद्धको आधार सबै भत्केको भन्दै समूहका नेताहरुले प्रतिवेदनमाथि आपत्ति जनाएका थिए । उनीहरुले नेतृत्व काठमाडौंमा बसेर जनविद्रोहको कुरा गरेकोमा आलोचना गर्दै काठमाडौंमा बसेर जनयुद्ध नहुने पनि औंलएपछि नेतृतवले तुरुनत जवाफ दिनुपरेको थियो । सो क्रममा उपाध्यक्ष सिपी गजुरेल र सचिक नेत्रविक्रम चन्द विप्लवले जनयुद्धकै कार्यदिशा पारितच हुने आश्वासन दिनुभएपनि समूह नेताहरु तथा प्रतिनिसिभहरु विश्वस्त हुन नसक्दा विवाद उत्पन्न भएको हो ।आइतबारै आएका टिप्पणीहरुको अध्यक्ष वैद्यले जवाफ दिएर महाधिवेशन समापन गर्ने योजना भएपनि कार्यदिशाका बारेमा नै टुंगो नलाग्ने भएपछि जवाफ दिनुभएन । जसको लागि सोमबारसम्म महाधिवेशन धकेलिएको छ । सोमबार अध्यक्ष वैद्यले आएका टिकाटिप्पणीमाथि जवाफ दिने कार्यक्रम तय भएको स्रोतले जानकारी दियो । 

No comments: