खाडी न्युज
कुवैत सिटी जनवरी ३१ नेपाल तामाड.घेदुड.कुवेतले भोलि शुक्रबार मनाउन लागेको सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमका लागि नेपालका चर्चित हाँस्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) र गायक रोज मोक्तान आज बिहान कुवैत आइपुगेका छन्। बौद्ध धर्मालम्बिहरुको मञ्जुश्री पात्रो अनुसार २८४९ औ डुल (सर्प)बर्षको उपलछ्यमा मनाउन लागेको सोनाम ल्होछार बिशेष साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारका साथमा अथिति कलाकारहरुले भोलि प्रबासी नेपालीलाई भरपुर मनोरंजनका साथमा उत्कृस्ट प्रस्तुति दिनेछन। कुवैत बसी नेपाली हरुले अथिति कलाकारलाई कुवैत बिमान स्थलमा भब्य स्वागत गरेका थिए। अथिति कलाकारको स्वागतको लागि उल्लेखनीय रुपमा नेपाली संघ सस्थाका प्रतिनिधि ,समाज सेबी ,ब्यब्साही ,स्थानीय पत्रकार ,स्थानीय कलाकार हरुको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment