सुडान मिसनकै प्रमुख समातिएको आशंका
१९ पुस, काठमाण्डौ । सशस्त्र द्वन्द्वकालमा मानव अधिकार हनन गरेको अभियोगमा नेपालका एक सुरक्षा अधिकारी बेलायतमा पक्राउ परेका छन् । लण्डनबाट करिव १ सय १५ किलोमिटर टाढा रहेको इष्ट सुक्सेसमा रहेका उनलाई लण्डन मेट्रो प्रहरीले बिहीवार पक्राउ गरेको अन्तराष्ट्रिय समाचार संस्था बीबीसी र एपीले जनाएका छन् । सैनिक उच्च स्रोतले पक्राउ पर्ने नेपाली सेनाका महासेनानी (कर्णेल) कुमार लामा रहेको बताएको छ । हाल सुडान मिसनमा रहेका लामा बेलायतमा कार्यरत आफ्नी पत्नीलाई भेटन गएको बताइएको छ । उनकी पत्नी र परिवारका अन्य सदस्य लण्डनमै बस्दै आएको बताइएको छ । उनलाई कपिलवस्तुको गोरुसिङ्गे घटनामा मानवअधिकार उल्लंघनको अभियोग लागेको स्रोतको दावी छ । यद्यपी पक्राउ पर्ने अधिकारीका बारेमा नेपाली सेना, परराष्ट्र मन्त्रालय लगायतका निकायले औपचारिक जानकारी गराउन चाहेनन् । मेट्रो पुलिसको प्रति आतंकबाद युनिटले यसबारे अनुसन्धान गरिरहेको बताइएको छ । लण्डनस्थित नेपाली दूतावासले पक्राउबारे पुष्टी गरे पनि उनको परिचयबारे थाहा नसकेको जनाएको छ । ‘पक्राउ गरेकोबारे पुलिसले हामीलाई सूचना दिएको छ, तर उनी को हुन भन्ने खुलाएको छैन’- दूतावासका एक अधिकारीले टेलिफोनमा अनलाइनखबरसँग भने-’हामीले बेलायती बिदेश मन्त्रालयसँग यसबारे जानकारी गराउन भनेका छौं, थप जानकारी आइसकेको छैन् ।’ उनलाई नेपाल सरकारको अनुरोधमा भने पक्राउ नगरिएको बताइएको छ । यसको अर्थ जुन देशमा अपराध गरेको भएपनि बेलायतमा उनीहरु पक्राउ पर्ने र कानुनी कारवाही हुन्छ भन्ने रहेको एपीले जनाएको छ । बेलायत सरकारले काठमाण्डौंस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाईसमेत जानकारी गराइसकेको स्रोतको दावी छ । को हुन् लामा ? नेपाली सेनाको सुडान मिसन प्रमुख रहेका कर्णेल लामाकी श्रीमती नर्सका रुपमा बेलायत बसेको १२ वर्षभन्दा बढी भैसकेको छ । लामा दम्पत्तिको त्यहाँ घरसमेत छ । माओवादी जनयुद्धका बेला कर्णेल लामा कपिलबस्तुको गोरुसिंगेमा दुई वर्ष गणपति रहेका थिए । गोरुसिंगेमा गणपति हुनुअघि मेजर पदमा रहेका बेला लामा बझाङमा गुल्मपति थिए । बझाङमा रहँदा माओवादी सशस्त्र युद्धको प्रभाव खासै नरहे पनि लामा गोरुसिंगेमा रहेका बेला भने माओवादी द्वन्द्व चरम उत्कर्षमा थियो । लामा गोरुसिंगेका गणपति रहेका बेला दाङ, कपिलवस्तु र प्युठानको सीमा क्षेत्रको चुरेमा पर्ने माओवादीको रुटमा रहेको पोष्टमा केही विवाद परेको स्रोत बताउँछ । लामाको कार्यकालमा कपलिवस्तुमा घेरै वटा हिंसाका घटनाहरु भएका थिए । तर, नेपाली सेनाका उच्च अधिकारीहरु लामाले त्यस्तो कुनै गम्भीर प्रकारको मानव अधिकारु उल्लंघन नगरेको दाबी गर्छन् । ‘हाकिम भएपछि सबैले जिम्मा लिनुपर्ने हुन्छ, उनले त्यस्तो गम्भीर मानव अधिकार उल्लंघन गरेका छन् जस्तो लाग्दैन ।’- नेपाली सेनाका एक पूर्वअधिकारीको प्रतिक्रिया छ ।

No comments:
Post a Comment