लामा भाई (इस्ट मान वाईबा)
कुवैत सिटी जनवरी २५ कुवेत बौद्ध धर्मालम्बिहरुको मञ्जुश्री पात्रो अनुसार २८४९ औ डुल (सर्प)बर्षको उपलछ्यमा मनाउन लागेको सोनाम ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम नेपाल तामाड.घेदुड.कुवेतको तयारी अन्तिम चरणमा पुगेको छ |बिगतका बर्ष हरुमा आफ्नो रितिरिवाज,संस्कार साँस्कृति जोगाउदै आएका नेपाल तामाड.घेदुड.कुवेत आगामी फेब्रुअरी १ मा मनाउन लागेको सोनाम ल्होछार कार्यक्रमको लागि गरिएको तयारी अन्तिम चरणमा पुगेकोछ |नेपालका साँगितिक क्षेत्रका ख्यातीप्राप्त एवं चर्चित गायक रोज मोक्तान र हास्य व्यंग्य जगतका चर्चित हास्य कलाकार तक्मे बुढा (विल्सन बिक्रम राई)मुख्य आकर्षण रहने कार्यक्रममा नेपाल तामाड.घेदुड.कुवेतका कलाकारहरुले साथ दिने छन् |तामाड.जतिको रितिरिवाज नृत्य , गीत कलाकारहरुले प्रस्तुत गर्ने भएका छन् |नेपाल तामाड.घेदुड.कुवेतका उपाध्यक्ष अर्जुन तामाड.को निवास हवालिमा बिगत ६ हप्ता देखि रियल्सन गर्दै आएका नेपाल तामाड.घेदुड.कुवेतका कलाकार हरुको आफ्नो अन्तिम चरणको तयारी प्रस्तुत गरेका छन् |
आज मिती जनवरी २५ तारिकका दिन जिलिब स्थित रिदम कम्युनिटी हलमा नेपाल तामाड.घेदुड.कुवेतका कलाकारहरुले अन्तिम तयारी को झलकहरु घेदुड.का पदाधिकारीहरु बिच प्रस्तुत गरेका थिए |बिहान ११ बजे देखी सुरु भएको अन्तिम चरणको कार्यक्रमको सन्चालन सुरेश ग्याबग तामाड.ले गरेका थिए |उक्त कार्यक्रममा घेदुड.क कलाकारहरुले आफ्नो नृत्य एवं गीत प्रस्तुत गरेका थिए,नेपाल तामाड.घेदुड.कुवेतका पदाधिकारीहरुको अन्तिम चरण सम्बन्धि बसेको औपचारिक बैठक पछाडी कलाकारहरुले आफ्नो अन्तिम चरणको तयारी प्रस्तुत गरेका हुन् |
नेपाल तामाड.घेदुड.कुवेतका नृत्य प्रशिक्षक द्धय अशोक लामा ,डुप्चन तामाड.,नेपाल तामाड.घेदुड.कुवेतका डिजाईनर एवं म्हेन्दोमाया गायक पुष्प वाईबा,कुवेतका लागि चर्चित नृत्य कलाकार मन्दी प्रधानको सातमा दिलु बोम्जन, र बबिता लामाले "छर छर गोइलो वान्तोला ल्होछार मेल ढाङ्तोला "भन्ने बोलको गीतमा गरिएको नृत्य बाट सुरु भएको कार्यक्रममा दर्जनौ भन्दा बढी घेदुङ्का कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए भने नेपाल तामाड.घेदुड.कुवेतका कलाकार संयोजक एवं कुवेतका लागि चर्चित लोक गायक डिबि लोप्चनले दोहोरि गीत नेपाल तामाड.घेदुड.कुवेतका प्रभक्त एवं कार्यक्रममा सन्चालक सुरेश ग्याबग तामाङ्ले सेलो गीत, नेपक तामाड.घेदुड.कुवेतका डिजाईनर पुष्प वाईबाले
''म्हेन्दोमाया" गीत, र सातमा अशोक लामा, रेशम लामा, दोर्जे लामा,लगायत नब प्रवेश गरेक ९ बर्ष अगाडी देखी संगितिक छेत्रमा प्रवेश गरेका, अहिले सम्म आफ्नो एउटा एल्बम प्रकाशनमा ल्यासकेका राजु थिङ्, बिगत १५ बर्ष देखी साँगितिक छेत्रमा प्रवेश गरीआफ्नो ५ वटा एल्बम प्रकाशनमा ल्यासकेका विकल्प वाईबा तामाङ् लगाएतका गायक कलाकारहरुको आ-आफ्नो गीत प्रस्तुत गरेका थिए | फेब्रुअरी १ मा हुन गाईरहेको सोनाम लोछार कार्यक्रमको लागि हौसिएर लागेको कलाकारहरुको तयारी अन्तिम चरणमा पुगेको नेपाल तामाड.घेदुड.कुवेतका कलाकार संयोजक डिबि लोप्चनले खाडीन्यूज डट कामलाई जानकारी गराएका छन् भने आगामी फेब्रुअरी १ मा कार्यक्रममा सहभागी हुनको लागि सम्पूर्ण कुवेत प्रबासी तामाड.तथा गैर तामाङ्हरुलाई सम्पूर्ण कलाकारहरुको तर्फ़बाट लोप्चनले निमन्त्रण गरेका छन् |
नेपाल तामाड.घेदुड.कुवेतले आयोजना गर्न गैरहेको कार्यक्रमको लागि व्यक्तिगत एवं साँस्थागत रुपमा आर्थिक सहयोग प्राप्त भएको कुरा नेपाल तामाड.घेदुड.कुवेतका अध्यक्ष राम लामा घ्लान ले जानकारी गराएका छन् |U A E Exchange द्धारा प्रायोजित कार्यक्रमको लागि नेपाल बाट अतिथि कलाकारहरु कुवेतमा बिहिबार बिहान ३ बजे आइपुग्ने कुरा जानकारी गराउदै अतिथि कलाकारहरुलाई स्वागतको लागि कुवेत अन्तराष्टिय एयरपोर्टमा उपस्थितिको लागि कुवेतका सम्पूर्ण साँघसंस्थालाई हार्दिक आमन्त्रण अध्यक्ष राम लामा घ्लानले गरेका छन् भने फेब्रुअरी १ मा स्वच्यशान्त बाताबरणमा कार्यक्रम सम्पन्न हुने जानकारी खाडीन्यूज लाई गराएका छन् | 

No comments:
Post a Comment