Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, January 26, 2013

बिपक्षी सहमती बिरोधी प्रचण्ड


कृष्ण आचार्य
र्सुखेत, माघ ११ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुले सहमती गर्न चाहे पनि बिपक्षीदलहरु सहमतीको बिरोधी भएका कारण देशमा राजनैतीक अस्थीरता लम्बीएको बताउनुभएको छ ।  हिजो दैलेख बाट फर्केपछी आज  र्सुखेतको विरेन्द्रनगरमा पत्रकारहरुसंग कुरा र्गदै माओवादी अध्यक्ष प्रचण्डले द्धन्दकालका घटनाहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र्माफत छानवीन र्गनुर्पनेमा  बिपक्षीहरुले अनावश्यक बखेडा झीकेको बताउनु भयो । प्रचण्डले सहमती नहुदै सरकार छोड्दा झन अन्योल हुने भन्दै आफुहरु सबै बिकल्पमा छलफलमा  जान तयार रहेको र सहमती हुनेबीत्तीकै सरकार छोड्ने बताउनु भयो । एक अर्को प्रसंङगमा प्रचण्डले पत्रकार डेकेन्द्रराज थापाको मुद्दा उठाएर आफुहरुलाइ एक्लाउन खोजीएको बताउदै यसबाट आफुहरु झनै एकजुट हुन मदत पुग्ने बताउनु भयो  । प्रचण्ड संगै रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने कुनै केही प्रतीक्रीया दिएनन् । 

No comments: