Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, January 19, 2013

यूएईमा नेपालीकै छुरा प्रहारबाट नेपालीको मृत्‍यु


उमाकान्त पाण्डे गाउंले 
माघ ५ आबुधाबी -  रोजगारीको शीलशीलामा सम्युत्त अरब एमिरेट्स यूएईको आबुधाबीमा कार्यरत नेपालीको मृत्‍यु भएको छ । एउटै कम्पनीमा कार्यरत नेपाली बीच भएको सामान्य झगडाको बिषयले उग्र रुप लिदा नेपालीले चलाएको छुरी लागेर अर्को नेपालीको मृत्‍यु भएको हो ।यूएईको आबुधाबीमा रहेको अल हुसाम जनरल कन्ट्राक्टिङ कम्पनीमा कार्यरत अर्घाखाँची सन्धिखर्क चुत्रावेशी भत्तीटोलाकाका चन्द्र बहादुर थापाको मृत्‍यु भएको हो । अघिल्लो बिहीवार साझ शुक्रबार परेको बिदा मनाउन भन्दै कम्पनीको मज्दुर क्याम्पमा रहेको कोठामा मदिरा ल्याएर रमाइलो गर्दै खानपीन गर्दै गर्दा सामान्य झगडाले उग्र रुप लिए पछि घटनाले एक जनाको ज्यान लिएको हो । 
विगत ६ बर्षदेखि आबुधाबीको अल हुसान कम्पनीमा कार्यरत थापाको सोही कम्पनीमै कार्यरत अर्घाखाँची डिभर्ना झेडीका एक बहादुर बस्यालले चलाएको "चक्कु" लागेर ज्यान गएको हो । बस्यालले थापाको पेटको मध्य भागमा लगातार तीन चार पटक छुरी प्रहार गरेको र अत्यधिक रगत बगेकोले थापाको घटनास्थलमै ज्यान गएको हो । एउटै कोठामा बस्ने अन्य नेपाली (नाम नखुलाउने सर्तमा) दिएको जानकारी अनुसार कोठाको लाइट बाल्ने निभाउने गरिरहेका बस्याललाई सबैले बत्ती निभाएर सुत्न आग्रह गरिरहेका तर बस्यालले आफुले मदिरा खाँदै जागाराम बस्ने भोली शुक्रबार बिदा छ भन्दै अटेर गरिरहेको बिषयमा सामान्य भनाभन भएको थियो । मृतक थापा त्यसकोठाका सबै भन्दा जेष्ठ र पुराना नेपाली थिए । उनले हत्या आरोपित बस्याललाई " तिमी यसरी सधैं मदिरा सेवान नगर , घर परिवार साथी भाई इस्ट मित्रले भनेको पनि मनमा लिने गर" भन्दै सम्झाउदा उनी आवेशमा आई भान्सा कोठामा रहेको चक्कु हातमा लिदै भित्र बाहिर गरिरहेका थिए, मृतक थापा निदाए सगैं बस्यालले एक्कासी उनी माथि धारिलो "चक्कु" प्रहार गरि हत्या गरेका हुन ।  
मृतक थापा र उनको हत्यामा आरोपित बस्याल विगत ४ वर्ष यता आबुधाबीको मुसाफा ४० नं. मा रहेको कम्पनीको मजदुर क्याम्पमा एउटै कोठामा सगैं बस्ने गर्थे । मृतकको छोरा समेत सोही कम्पनीको अल रुविस क्षेत्रमा कार्यरत छन । मृत्‍युको खबर घर सम्म नदिएकोले र जटिल बिषय भएकोले तत्कालनै यो समाचार सार्वजनिक गरिएको थिएन । हत्याका आरोपितलाई अहिले आबुधाबी प्रशासनले पक्राउ गरेको छ । कोठामा सगै बस्ने अन्य लाई समेत प्रहरीले पक्राउ गरी राखेको छ भने कम्पनीको सोही "लेबर क्याम्प" रहेका नेपालीलाई अन्यत्र सारिएको छ । मृतक थापा ४६ वर्षीय हुन । उनको घरमा एक श्रीमती छन भने एक छोरी अर्घाखाँची अस्पतालमा स्वास्थ्यकर्मी को रुपमा कार्यरत छिन। 
हत्याको आरोप लागेका बस्याल भने वीगत ४ बर्षदेखि सोहि कम्पनीमा काम गर्दै आएका छन । करीब ४० बर्षिय उनका १ छोरा भारतममा लाहुरे जीवन निर्बाह गर्दै छन भने घरमा एक श्रीमती तथा २ जुम्ल्याहा छोरी र ३ वर्षको एक कोखे छोरा समेत रहेका छन । हत्या आरोपित बस्याल यूएई आए देखी ४ बर्ष सम्म एक पटक पनि नेपाल गएका थिएनन। छोरा जन्मिए पछि उनी अहिले सम्म घर नगएको भनाइ सहकर्मी नेपालीहरुको भनाइ छ ।     
यूएईको इतिहासमा यस् प्रकृतिको यो घटना दोस्रो हो । नेपाली बीचको झगडाले उग्र रुप लिदा नेपालीलेनै चलाएको हतियार प्रहार बाट ज्यान गएको यस् घटनाले यहाँ कार्यरत नेपालीलाई चिन्तित बनाएको छ । यूएईको कानुनले ज्यानजाने सम्मको घटनामा संलग्नलाई मृत्‍युदन्डको सजाय दिने गर्छ । मृत्‍युदण्डको सजाय सुनाइएको मुद्दालाई पुनरावेदन गर्न पाउने अवसर पाइयो र उच्च स्तरीय पहल भए मात्र "ब्लड मनि"को बिषयले प्रवेश पाउने छ । यस् बिषयमा मृतक र हत्यामा संलग्नको पारिवार सहमती भए मात्र आरोपितलाई सजाय मिनाहा हुन सक्ने कानुनी व्यवस्था छ ।
यूएईमा मदिरा प्रयोगमा रोक लगाइएको छ । घटनामा संलग्नले मदिरा सेवन गरेकोले समस्या झन जटिल बन्न सक्ने छ । यधपी मधिरा सेवन गरे नगरेको भन्ने बारे स्थानीय प्रशाशनले प्रारम्भिक अध्ययन पत्रमा दुतावासलाई केही जानकारी गराएको छैन ।   यस् घटनालाई अर्घाखाँची संपर्क समितिले दुतावास सगं समन्ययब गरी पारिवारिक मेलमिलापका लागि आवश्यक सहयोग गर्ने समितिका अध्यक्ष राजु खड्काले बताए । 
घटनाको यथार्थ जानकारि प्रशासन बाट प्राप्त भएकोले दुतावासले आबश्यक पहल गरी मृतकको शबलाई आज शुक्रबार नेपाल पठाउदै छ ।मृतकको छोरा समेत एउटै कम्पनीमा कार्यरत भएकोले उनैको जिम्मा लगाएर शब नेपाल पठाइएको अर्घाखाँची संपर्क समिति युएईका वरिस्ठ सल्लाहकार रविलाल खनालले जानकारी दिए । उनका अनुसार शबलाई आज शुक्रबार ईतीहाद एयर को युएईको समय अनुसार २ पन्ध्रको उडान मार्फत शब नेपाल पठाइएको छ । अर्घाखाँची सन्धिखर्क गच्छेखोलामा अन्तिम दाहसंस्कार  गर्न परिवार जुटेको जनाएको छ । प्रवासमा एउटै जिल्लाका दाजु भाई बिचको झगडाले लिएको उग्र रुपबाट एक जनाको ज्यान नै गए पछी अहिले सिगों अर्घाखाँचीनै स्तब्ध छ । युएईमा रहेका अर्घाखाँची बासी अहिले शोकमा डुबेका छन ।   
 यस् सम्बन्धमा थप अनुसन्धानका लागि शब नचाहिने भए पछी नेपाली पठाउन सकिने भएकोले शब पठाउन सहयोग गर्यौ , अब अन्य आबश्यक सहयोग गर्न दुतावास लागि पर्ने छ,दुतावासका द्वीतिय सचिव लोक बहादुर थापा क्षेत्रीले भने । उनले भने "यस् घटनाले नेपालीको इज्जत माथि नै "दाग" लगाएको छ , तर नेपाली दुतावास नेपालीकै हितका निम्ती लागि पर्ने भन्दै आबश्यक चुनौती सामना गरेर अघि बड्ने छ"।

No comments: