Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, January 6, 2013

दुबईमा ल्होसारको रमझम



लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा विदेशिएका नेपालीहरु ८ घण्टादेखि लिएर १६ घण्टासम्म ड्यूटीमा खट्न परेता पनि आफ्नो चाड पर्वको बेलामा सामुहिक रुपमा जमघट भई हर्षोउल्लासका साथ मनाउने प्रचलन रहेको छ । गत ४ जनवरी २०१३ शुक्रकारका दिन दुबईको एभरेष्ट होटलमा तमु प्ये ल्हु संघ युएईको आयोजनामा तमुहरुको परम्परागत भाषा, संस्कृति, भेषभूसा र रितीरिवाज अनुसार सर्प वर्ग (सप्री) ल्होसार धुमधांमका साथ मनाएका छन् ।
उक्त ल्होसार कार्यक्रम नेपाल जनजाति महासघं युएईका अध्यक्ष गिरमान थापाको प्रमुख आतिथ्यता र तमु प्ये ल्हु संघ युएईका अध्यक्ष एकाजंग गुरुङको अध्यक्षतामा भएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, व्यावसायी र पत्रकारहरु रहेको कार्यक्रमलाई केन्द्रीय सदस्य थमान गुरुङले संचालन गर्नुभएको थियो । 
प्रमुख अतिथिको हातबाट दीप प्रजोलन गरि कार्यक्रम थालनी गरिएको थियो भने उपाध्यक्ष थमर सिंह कोहलाको शुभकामना मन्तव्य र गुरुङ भाषाको स्वागत गीत पनि प्रस्तुत गरिएको थियो । तमुहरुको आस्था अनुसार (छोप ध्ये) शुभ साइटका लागि गरिने लेभ्री थासु पूजाआजा समेत गरिएको थियो । यस पूजा गरिएको पानीले छ्यापेमा शुद्ध रहने तमु जातिहरुमा मान्यता रहेका छन् ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत रश्मी गुरुङ र मनकाजी गरुङको सामुहिक नित्य गुरुङ भाषाको गीतबाट सुरु गरिएको थियो । “मन साइली स्वर्गकी परी, आ.. है नेपाली भेषैमा...” बिकास तामाङको एकल नित्यले सबैको मन जित्नमा सफल भएको थियो भने “राम्री पनि भाकी छु, पिरती पनि लाकी छु” भन्ने गीतमा रश्मी गुरुङको नित्यले सुनमा सुगन्ध थपिएको थियो । त्यस्तैगरी मसिनागुरुङ र ईन्द्र गुरुङको युगल जोडी नित्य, “सिख लेसको मेलामा, भेट भाको बेलामा” भन्ने गीतमा राजु लेगे र मेख माया तमुको नित्यले सबैलाई भरिपूर्ण मनोरञ्जन दिएको थियो । “अरे क्या नाम मन यो भुट्टुकै जाने भो” कमल गुरुङद्धारा गाएको गीतले दर्शकहरुलाई नचाएको सेलाउन नपाउंदै “पिरती बस्यो सुस्तरी सुस्तरी मनमा” माया पिरतीले भरिएको गीतमा शिला राना मगरको नित्यले हललाई नै निकै तताएको थियो । चन्द्र तमुको हसाउने नित्यका साथै अन्य धेरै विविध रंगारंग कार्यक्रमहरुको प्रस्तुति भएको थियो ।
सो अवसरमा विभिन्न बक्ताहरुले आ–आफ्ना बिचारहरु राखेका थिए । प्ये ल्हु संघको केन्द्रीय भु.पू कलाकारहरु थमान गुरुङ, मेहश गुरुङ, शिला राना र मिलन गुरुङलाई यस कार्यक्रमा सम्झना गरिएको भनेर अध्यक्ष गुरुङले बताउनु भयो । कार्यक्रमको अन्त्यमा सम्पूर्ण दर्शकहरुलाई सेलरोटी, प्रसाद, चिया र पानी समेत दिएका थिए ।

No comments: