भाईराम चौलागाई
८ जनवरी कुवैत सिटी । तमु समाज कुवैतले तमु ल्होछार साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा गेरको छ। ११ तारिख शुक्रवारका दिन कुवेतको फिन्तास स्थित वेडिङ हलमा नेपाल बाट आउने अतिथी कलाकार शान्ती गुरुङ को साथमा कुवैतका स्थानीय कलाकारले भब्य प्रस्तुती दिनेछन। कार्यक्रममा कुनै पनि शुल्क लाग्ने छैन पूर्ण रुपमा निशुल्क रहने छ।नेपालबाट आउने अतिथी कलाकार शान्ती गुरुङलाई स्वागत गर्नको लागि बिहीवार बिहान ३ बजे कुवेत बिमानस्थल जान सबै तमु साथीहरु ,नेपाली संघ-संस्थाका प्रतिनिधि हरुलाई आयाजोकले अनुरोध गरेको छ। सप्री ल्हो ( सर्प वर्ग ) को ल्होसार विभिन्न संस्कृतिक कार्यक्रमहरुको साथमा मनाउन सम्पूर्ण प्रबाशी नेपालीलाई अयाजोक को तर्फ बाट चुले निम्तो गरिएको छ।
ल्होछार कार्यक्रम स्थल कहाँ र कसरी जाने
तमू समाज, कुवेतद्वारा आयोजित “तेश्रो ल्होछार कार्यक्रम-२०१३” आयोजना हुने स्थानमा जानको लागि ९९९, १०२, २०५ नं. का बसहरु अर्थात फाहाहिल रुटमा चल्ने कुनैपनि बसमा जान सकिने छ भने फिन्तास लण्डन हस्पिटलको अगाडि ब्रिज नं. २१० मा उत्रनु पर्नेछ र वेडिङ् हलको बारेमा सोधपुछ गरेमा कसैले पनि बताईदिने छन । ब्रिजबाट वेडिङ् हलसम्म जान पैदालमा करिब ५ मिनट लाग्नेछ, थप जानकारीको लागि तलको रुट म्याप हेर्न सक्नु हुनेछ
फिन्तास वेड्डिङ हल्, फिन्तास - कुवेत
No comments:
Post a Comment