खाडी न्युज
११ जनवरी कुवैत सिटी
मैत्रीपूर्ण खेलका लागि नेपाली चेली कुवैतमा आइपुगेका छन्। शुक्रबार बिहान ९ बजे एयर अरबिया को बिमान बाट सारजाह हुदै कुवैत आएका हुन्।कुवैत बिमान स्थलमा नेपालीहरु र खाडी न्युज टिमले स्वागत गरेका थिए। २७ सदस्यीय टोलीमा २० जना खेलाडि २जना प्रशिक्षक ३ अफिसयल र २ जना पत्रकार रहेका छन्। खाडी न्युज सग संक्षीप्त कुरा गर्दै प्रशिक्षक कुमार कटुवालले सम्पूर्ण कुवैत बसी नेपालीलाई खेल मैदानमा उपस्थित भएर नेपाली टिमको हौसला प्रदान गर्न अनुरोध गर्नु भयो।
नेपालले पहिलो खेल शनिबार बेलुका ५ बजे देखि हवालिको Qadsia SC स्टडियममाकुवैत विरुद्ध खेल्ने छ। र दोश्रो वा अन्तिम खेलको समय र स्थान को लागि खाडी न्युज हेर्दै गर्नु होला खाडी न्युज टिम पनि प्रबासी नेपालीहरुलाई खेल मैदान Qadsia stadium (हवाली सुल्तान सेन्टर नजिकै) उपस्थित भई आफ्नो चेलीहरु लाई हौसला प्रदान गरिदिनु हुन बिनम्र अनुरोध गर्दछ।
No comments:
Post a Comment