Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, February 20, 2013

कतारमा घरको काम गर्न नमानेपछि महिला पक्राउ


सुरक्षाको माग राख्दै दूतावास


दोहा (कतार), फाल्गुन ९ - यहाँको क्लिनिङ कम्पनीमा कार्यरत एक नेपाली महिलालाई कम्पनीले करारविपरीत घरको काम गर्न नगएको भनी बेपत्ता बनाएको छ । उक्त घटनापछि २३ नेपाली महिला सुरक्षा माग गर्दै मंगलबार नेपाली दूतावास पुगेका छन् ।कतारमा महिला कामदारलाई सप्लाइमार्फत कम्पनीमा क्लिनिङमा पठाउँदै आएको कम्पनीले धनकुटाकी १८ वर्षीया अञ्जना माझीलाई शनिबारबाट बेपत्ता बनाएको उनका सहकर्मी महिलाहरूले बताए । उसलाई खोजी गरी सकुशल क्याम्पमै फर्काउन र आफूहरूको सुरक्षा प्रदान गर्न उनीहरू दूतावास पुगेका हुन् ।'अञ्जनालाई घरको काम गर्न दबाब दिइएको थियो । कम्पनीको काम गर्न आएकाले घरमा नजाने बताएपछि शनिबार मुदिर आएर लिएर गए,' सहकर्मी टुककुमारी भट्टराईले भनिन्, 'त्यसपछि अञ्जनालाई कहाँ लगियो हामीलाई केही थाहा छैन ।'
त्यस विषयमा बुझ्न दूतावासले कम्पनी मुदिरलाई बोलएर सोधपुछ गरेको थियो । कम्पनीले 'प्रहरीले नै पक्रेर लिएर' गएको जवाफ दिएको छ । 'सीआईडीले बाहिरबाट पक्रेर लिएर गएको हो,' कम्पनी मुदिरको भनाइ उद्धृत गर्दै श्रम सहचारी इन्द्रदेव पाण्डेले कान्तिपुरसूग भने, 'कामदारको सहमतिबेगर घरमा काम गर्न पठाइएको छैन ।'महिलाहरूले भने कम्पनीको भनाइप्रति आपत्ति जनाउूदै क्याम्पबाटै मुदिरले लिएर गएको बताए । उनीहरूले आफूहरूलाई जबजस्र्ती घरको काममा पठाउने गरेको भन्दै आपत्ति जनाए । 'हामी कम्पनीको काम भनेर आएको हौं । हामी बैंक, स्कुल र हस्पिटलमा सफाइ गर्ने भनेर रोजगार करारपत्रमा सम्झौता गरेका थियौं,' धनकुटाकी जिना लिम्बूले भनिन्, 'जबर्जस्ती घरको काममा पठाउन मिल्दैन ।'पीडित महिला कामदारहरूले दूतावासका श्रम सहचारीलाई भेटेर आफूहरूलाई असुरक्षा भएको भन्दै घर पठाइदिन अनुरोध गरेका छन् । 'घरको काम गर्न नगएमा हामीलाई पिट्ने, धम्क्याउने, औषधिउपचार नगरिदिने र समयमै अस्पताल पनि लगिदिने गरेको छैन,' लिम्बूले भनिन् 'हामीलाई सुरक्षित क्याम्प पनि छैन ।'
उक्त कम्पनीमा ९ महिनादेखि ३ वर्षसम्म काम गर्ने महिला कामदार छन् । उनीहरू व्यक्तिगत श्रम स्वीकृति र सुर्कम ओभरसिजबाट आएका हुन् । सुर्कमबाट आएका कामदारले आफूहरू ८५ हजार रुपैयाँ तिरेर आए पनि करारपत्र अनुसार सेवा सुविधा नपाएको बताएका छन् ।कम्पनीको व्यवहारबाट त्रसिद उनीहरूले 'महिला कामदारलाई जथाभावी आरोप' लगाएर बेइज्जत गर्न खोज्ने कम्पनीलाई कारबाही गर्नसमेत माग राखे । 'हामीबाट लगिएको साथीलाई सुरक्षित क्याम्पै ल्याइदिने वातावरण बनाइदिन दूतावाससूग अनुरोध गरेका हौं,' उनीहरूको भनाइ छ ।
-कान्तिपुर

No comments: