Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, February 23, 2013

अमेरिकामा रक्तदानको लहर र रक्तदानको पर्यायवाची अर्जुन


रक्तदान हो जीवन दान, मनमा राखौ यो महाज्ञान।
एकपटकको रक्तदानले, बचाउछ है तीनको ज्यान।।
विजय थापा 
भर्जिनिया ,अमेरिका  भनिन्छ "कसैको मुटुमा बास बस्न मन छ भने सबैभन्दा सजिलो उपाय भनेको रक्तदान गर्नु हो" हो या हैन भन्ने बिषयमा प्रवेश भन्दा यसको भावार्थ तिर जानु नै उत्तम होला l मानिसलाई रगतले पुनर्जन्म दिन्छ त्यसैले यसको महत्व र महिमाको जति नै ब्याख्या गरे पनि अपूर्ण हुने हुन्छ l रक्तश्राब कै कारण बर्षेनी कैयौको ज्यान गै रहेको छ र हामीले ईतिहास पढेका छौ l बिश्व स्वास्थ्य संघले यस बर्ष ९३ करोड ईकाई रगतको आवश्यकता पर्ने जनाएको छ l१६ औ शताब्दीमा विलियम हार्भेले रगत र रक्त संचारबारे अविष्कार गरे र विश्वलाइ जानकारी गराई दिए त्यो भन्दा हजारौ बर्ष अघि पनि बिभिन्न पद्धति द्वारा बैज्ञानिक र अनुसन्धानकर्ताले मानव जीवन बचाउने गरेको ईतिहासले जनाउछ  l र अमेरिकामा १९४१ देखि रेडक्रसले रक्तदान गर्ने परम्पराको श्री गणेश गरिदियो र निरन्तर रक्तदान जारी छ l नेपालमा रक्तदानले तहल्का मचाएको छ l जताततै रक्तदान गरिन्छ l तर बिदेशी माटोमा त्यसमा पनि अमेरिकामा रक्तदान गर्नु चानचुन कुरो हैन l व्यस्त जीवनले पिरोलेको हुन्छ l नेपाली समुदाय ,पौष्ठिक आहार ,फलफुल र तागतका बिभिन्न ओखति सेवन भन्दा जिब्रोलाई स्वाद आउने र मुखै रसाउने छोईला ,सेकुवा ,साधेको भटमास ,चटपटे ,छोला,भटुरा ,समोसा ,चाट र पकौडा आदि ईत्यदिमाहरुको ज्यादा सेवन गर्ने र रक्तदान दिदा तागत हुदैन कि भनेर रक्तदान गर्न भने पछि सुई कुच्चा ठोक्छौ l

यो सबै हाम्रो अज्ञानता र यस बिषयमा हामीले ध्यान नदिएर यसको सोचाई आउने गर्दछ र नआऊनु पनि किन ? सूईरो देख्ने बित्तिकै ह्याकुला बलियो हुनेहरु पनि मनोबैज्ञानिक रुपले थर थर काम्दछौ l नदुखेको पेट पनि दुख्छ ,त्यहि बेलामा घरमा काम पनि आऊछ भनि दौडेको देखका छौ तर वास्तबमा रक्तदान दिने बितिकै प्राण चै गई हाल्दैन l रक्तदान गर्दा शरीरमा कुनै नकरात्मक वा कमजोरी हुँदैन र एक जनाले दान गरेको रगतले ३ जना बिरामीलाई बचाउन सहयोग हुन्छ । अमेरिकामा अहिले सम्म करिब करिब सम्म ८५ वटा रक्तदान कार्यक्रमबाट करिब ४,२०० जति रक्त पोका संकलन भै सकेको र उक्त परिमाणले करिब १२,१५० जना बिरामीहरुलाई बचाउन सहयोग हुन् सक्ने छ l अमेरिकाको नेपाली समुदायमा रक्तदानको बाढी आउन थालेको छ l अमेरिकामा नेपाली समुदायमा रक्तदानको चर्चा परिचर्चा गर्दा अर्जुन प्रसाद मैनालीको नाम लिनै पर्ने हुन्छ ,भूलबस उनिको नाम लिन भुल्यौ भने ठुलो अन्याय हुन्छ किनभने रक्तदानको  पर्यायवाची अर्जुन प्रसाद मैनाली बन्न पुगेका छन् l रक्तदानको महासागरको सतह भित्र पौडी खेल्दै गरेका र नेपाली समुदायका लागि प्रेरणाका श्रोत हाल न्युयोर्क निवासी र नेपाल घर काभ्रे जिल्ला भएका समाजसेवी नेपाल आमाका सच्चा सुपुत्र अर्जुन प्रसाद मैनाली हुन् l 

अमेरिकामा उनिलाई परिचय गराई रहनु पर्ला जस्तो लाग्दैन किनभने निरन्तर रुपमा वहाले समाजमा गरेको मानबिय सेवा संचार माध्यममा आई रहेको हुन्छ l यो पंक्तिकार पनि कलम निरन्तर चलाई रहने र सोधखोज र अनुसन्धान गर्नु पर्ने अपरिहार्य हुनाले आफ्नो अमेरिकामा बसोबास भए देखि समाज सेवामा वहा जस्तो क्रियाशील .दानबिर ,करुणाका स्वामी र अतुलनीय योगदानका कुबेर नेपाल आमाका सन्तान आफुले नभेटेको र अमेरिकामा भेट्न पनि मुस्किल छ किनभने हरेक क्षेत्रमा अद्भुत र अद्वितीय रुपमा सहयोग गर्न तत्पर हुन्छन l अर्जुन प्रसाद मैनाली हाल ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष छन् यो हामी नेपालीको लागि शान हुन् र गौरबको बिषय हो l हाल सम्म १०८ पटक रक्तदान गइ सकेका छन् र २६ बर्षको अबधिमा बर्षमा १-४ पटक र कहिलेकाही आवश्यकता पर्दा बर्षमा ९ पटक सम्म रक्तदान दिन भ्याएका छन् l उनि ख्याउटे ,दुब्ला पातला अब्राहम लिंकन जस्ता हिरिक्क भएको शरीर छैन l खाएका जस्तै खाई लाग्दो शरीर छ l अमेरिकामा निरन्तर रक्तदान दिनु खेलाची कदापी हैन उनिलाई थाहा छ कि रक्तदानले स्फुर्ती ल्याउँछ र अझ क्रियाशील बनाउछ भन्ने र हामी सबैले नेपालीका प्रेरणाका श्रोत हुन् l रक्तदान गरेर पनि कडा परिश्रम गर्न सकिन्छ,आफ्नो शरीरमा कुनै कमजोरी हुँदैन भन्ने जनचेतना गर्न रक्तदान गरेको एक घण्टा पछि १९९० डिसेम्बर ५ मा नेपाल अधिराज्य ब्यापी २२०० किमि लगातार ३१ दिन सम्म साइकल यात्रा गरेका थिए l

१९८७ मा उनीले काठमाडौँ बिशाल बजार लाइन्स क्लब द्वारा आयोजना गरिएको रक्तदान बाट रक्तदान दिन सुरु गरेका र बिदेशी माटोमा पनि सो पुन्य कार्यको लागि निरन्तरता दिई रहेका छन् lअमेरिकी नेपालीहरुको यति ठुलो अतुलनिय योगदान हामि सबै नेपालीहरुको लागि गौरबको कुरा हो l उनि भन्दछन रक्तदान मानब जतिको लागि सबै भन्दा ठुलो सेवा हो र अमेरिकामा बस्ने नेपाली समुदाय चकित पर्दछन एकै दिनमा न्यु योर्कबाट क्यालिफोर्निया ६ घन्टे भ्रमण गरि रक्तदान कार्यक्रम गराई बेलुका न्यु योर्क पुन आई पुगेका छन् त्यस्तै गरि न्यु योर्कबाट इन्डियाना ,टेक्सास ,जर्जिया ,बोस्टन ,म्यारिल्याण्ड आदि ईत्यादी राज्यमा यस्तै गरि रहेका छन् l

समय व्यवस्थापनमा कुसल छन् भने "असल कामको सुरुवात आफै र अहिले बाटै सुरु गर्नु पर्छ l' भने जस्तै २०१३ को अबधिमा आफ्नो रक्तदानका कार्यक्रमका अलाबा नेपालका दुर्गम तथा पिछडिएका बिभिन्न ५ जिल्लाहरुका बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप तथा पुस्तकालय स्थापनामा सघाउन व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने योजना राखेका छन l उनको निस्वार्थ समाज सेवाको ब्याख्या गर्ने हो भने महाभारत जत्रो ठुलो हुन्छ कि भन्ने लाग्दछ तर पनि उनीले समाजमा पुर्याएको देन ,बिभिन्न वर्गलाई गरेको आर्थिक सहयोगको लेखाजोखा राख्ने हो भने सगरमाथा नाघी सकेको छ l आपत बिपत र अन्य कष्ट दुखमा सुङ्गेर थाहा पाउछन र आर्थिक सहयोगको घोषणा गर्न पुगी हाल्छन ,उधारो बाकी गर्दैनन र मुहान मै रकम उपलब्ध गराई दिन्छन l आखिर उनको कमाई के हो भन्ने सबैलाई उत्सुक हुनु स्वाभाविक हुन्छ l मन भए पछि कसैले रोक्दैन भने जस्तै साधा जीवन उच्च बिचारका पुजारी हुन् l मानबिय जीवन बचाउन आफ्नो अमुल्य रगत दान र आफ्नो साधन श्रोतमा बिभिन्न क्षेत्रमा केहि सहयोग गर्दै आएको कुरा जग जाहेर छ l अब कुन ठाउमा सहयोग गर्यो भन्दा कुन ठाउमा गरेको छैन भन्ने उनीमा लागु हुन्छ l १९८५ मा १० कक्षा उत्रीण एसएलसि  गरेपछि हुलाकमा खाएको आफ्नो जिन्दगीको पहिलो मुखियाको जागिरको पहिलो महिनाको तलब शिर्फ ६ सय ४५ रुपैयाँबाट ५ सय रुपैयाँ नेपाल रेडक्रसलाई चन्दा दिएर अनुदानको श्री गणेश गरेका थिए। 

१३ बर्ष अघि अमेरिका आए देखि उनीले २० लाख भन्दा ज्यादा चन्दा प्रदान गरि सकेका छन् भने उनले नेपाल, अमेरिका ,जापान सरकार, नेपाल र अमेरिकामा कृयाशील बिभिन्न नेपाली र अमेरिकि संस्थाहरु र ब्यक्तिगत आपत बिपदमा परेका मान्छेहरुलाई उक्त सहयोग गरेका छन् भने व्यक्तिगत रुपमा सबै वर्गलाई आर्थिक सहयोग गर्ने अमेरिकामा अर्जुन प्रसाद मैनाली शिखरमा आउदछन् र यस्तो गर्न हाल सम्म नेपाली समुदायमा कसैले उछिन्न सकेको छैन l बिद्यार्थी ,निबन्ध प्रतियोगिता , रक्तदान ,गर्भवती महिलाको पोषण कार्यक्रम ,जिल्लाका रेडक्रस कार्यलय ,नेपालको दुर्गम जिल्ला कालिकोट र सल्यानमा २ अलग अलग प्रसुती महिलाहरुलाई अत्यधिक रक्ताश्राब भै मरणासन्न अबस्थामा पुगेकोमा आर्थिक सहयोग ,हैटीमा गएको भुकम्प पिडितको सहयोगार्थ, जापान सरकारलाई सुनामी पिडितको सहयोगार्थ, बैतडीको पाटन परिक्षा केन्द्रमा एस एल सी परिक्षा दिन आएकी एक १६ बर्षिया छात्रामाथि सामुहिक बलात्कारको शिकार भए पछि मानसिक सन्तुलन गुमाउन पुगेकीले, उनको उपचारार्थका लागि आर्थिक सहयोग प्रदान ,रोल्पा तेबांगकि गरिब परिवारकी चौल्याहा बच्चा जन्माउने टिका बिस्वकर्मालाई आर्थिक सहयोग प्रदान ,कुवेतमा मृत्यु दण्डको सजाय सुनाएकी डोल्मा लामालाई बचाउन आर्थिक सहयोग प्रदान ,न्यु योर्ककी बिनिता पौडयाललाई कलेजो प्रत्यारोपण कार्यमा आर्थिक सहयोग ,चितवन माडीका गरिब स्व धन बहादुर परियारले आफ्ना १२ बच्चाहरु र श्रीमतीलाई दशैको बेलामा यथासक्य खुवाउन नसकी आत्महत्या गरेको थाहा पाए पछि अप्ठ्यारो परिस्थितिमा मृतकका परिवार र साना नानिहरुलाई आर्थिक सहयोग गरेका छन् l आर्थिक सहयोगको सबै उल्लेख गर्दा पाठक रुचि घट्ने हुनाले पंक्तिकार सारांशमा उल्लेख गर्न चाहन्छ l

उनले सन् २००९ को सेप्टेम्बरमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल संयुक्त राष्ट्र संघको महासभा बैठकमा आउँदा एक लाख रुपैयाँ बराबर अमेरिकि डलर र पछि ५० हजार रुपैयाँ प्रधानमन्त्री राहत कोशको लागि बुझाएका थिए भने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अमेरिका भ्रमणका बेला सन् २०११ सेप्टेम्बर २३ तारिख प्रधानमन्त्री राहत कोशकोलागि थप १ लाख रुपैयाँ अनुदान दिएका थिए। उनले गरेको अद्भुत र अतुलनीय समाज सेवाबाट उत्प्रेरित भै बिभिन्न सघ तथा संस्था र बिबिध क्षेत्रबाट उनिलाई सम्मान गरिएको छ l समाज सेवाको लागि अमेरिकि राष्ट्रपति द्वारा स्वयंसेवा गरेको आधारमा २००७ को राष्ट्रपति स्वयम् सेवा पदक 'प्राप्त गर्न सफल भएका समाजसेवी र रक्तदानका प्रेरणाका श्रोत मैनालीलाई न्यूयोर्क शहरका कंग्रेस सदस्यहरु टिमोथी बिसप ,पिटर किङ, एसेम्बली सदस्य माइकल मुन्टेसेनोले कदरपत्र द्वारा सम्मान गरेको छ । त्यसैगरी, अमेरिकन रेडक्रस, अमेरिकन एसोसियसन अफ ब्लड बैंक, युएस नेपाल अनलाइन, विश्व सन्देश ,एभरेस्ट टाइम्स पत्रिका ,विश्व परिक्रमा आदिले पनि उनीले गरेको महान समाज सेवाको लागि अभिनन्दन गरेको छ l

नेपाल आमाले यिनी प्रति गर्ब गर्ने पर्छ l यस्ता मानव सेवा प्रति चिन्तित र समाज सेवा जीवनको सर्वोत्तम कार्य हो ठान्ने नेपालको छोरो बिरलै जन्मिन्छन l अमेरिकाको व्यस्त जीवन र परदेशी भूमिमा समाज सेवाको अतिरिक्त रक्तदानलाई नेपाली समुदायमा शिखरमा पुर्याई दिएका अर्जुन प्रसाद मैनाली साच्चै नै महाभारतका अर्जुन जस्तै छन् किनभने एउटा चिज मात्र देख्दछन त्यो हो निस्वार्थ समाज सेवा l व्यस्त जीवनसंग पौठी जोरी खेल्दै यिनीले गरेको प्रयास र रक्तदानमा खेलेको भूमिका सराहनीय छ र हामी सबैको प्रेरणाका श्रोत बन्न पुगेका छन् l
--अस्तु 


No comments: