
मकवानपुर, माघ २०– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले पार्टीले अब जनयुद्धबाट नभएर शान्तिपूर्ण बाटोबाट क्रान्तिको बाँकी कार्यभारलाई पूरा गर्ने बताएका छन । सातौँ राष्ट्रिय महाधिवेशनको उदघाटन गर्दै प्रचण्डले विश्वमा कहिपनि क्रान्तिको इतिहास एकैखालको नभएको भन्दै नेपालमा नया ढंगले क्रान्ति सफल पार्ने दावी गर्नुभयो । एकीकृत नेकपा माओवादीले कुनैपनि हालतमा जनताका मुद्दा नछोड्ने दावी गर्दै प्रचण्डले परिवर्तनका लागि सहिदले बगाएको रगतको सम्मान गर्ने बताउनुभयो । अहिलेको बदलिएको परस्थितिमा जनयुद्धमा जानुभनेको जनताको बलिदानको अपमान गर्नु हो भनेका छन । जुन कुरा कम्युनिष्ट पथप्रदर्कहरु माक्र्स, लेनिनको जीवनबाट पनि देखिसकेको छ । क्रन्तिहरु रुसमाजस्तो चीनमा भएन, चीनमा जस्तो पेरुमा भएन, पेरुमा जस्तो क्युवामा भएन, क्युवामा जस्तो भियतनाममा भएन ।
आज माओवादीको सातौं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई समापन गर्दै उनले माओवादी पाटी विज्ञान र माक्र्सवादमा आधारित भएको हुँदा विशेष परिस्थितिमा ठोस वस्तुको ठोस विश्लेषण गर्दै अब शान्तिपूर्ण बाटो जाने प्रष्ट पारेका हुन् । एमाओवादीको महाधिवेशनले विश्वकै ध्यान तानेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ‘देश विदेशमा रहेका नेपालीहरु र विश्व भरका मानिसहरुले पनि नेपालमा के हुन्छ र एमाओवादी के लिएर आउँछ,भन्ने जिज्ञासा छ, यसर्थ हाम्रो महाधिवेशनको औचित्य र महत्व पुष्टि भइसकेको छ।
प्रचण्डले प्रधानमन्त्रीका लागि विपक्षी दलहरुले स्वतन्त्र व्यक्तिको प्रस्ताव गरे आफुहरुलाई मान्य हुने बताउनुभयो । अब स्वतन्त्र व्यक्तिको प्रस्ताव गर्नुस् । हामीलाई मान्य हुनेछ । यही नै सहमतिको सजिलो बाटो हो ।’अध्यक्ष प्रचण्डले विपक्षी दलहरुका नेतहरुलाई इंगित गर्दै काँग्रेस, एमालेलाई सबै चाहेका मन्त्रालय लिन आग्रह गर्दा पनि नमानेको उल्लेख गर्नुभयो ।
‘गृह, रक्षा लगायत महत्वपूर्ण मन्त्रालय लिनुस, अख्तियार पनि तपाईंहरु नै लिनुस्, भन्दापनि नमान्नु, भन्न त मन लागेको थिएन।अब महाधिवेशनले अर्को सबैलाइृ मान्य हुने फर्मुला लिएरु आउँछ, त्यो पनि मान्नु हुँदैन भने काँग्रेस एमालेलाई जनताले हविगत देखाउनेछ, सबै प्रस्ताव नमान्दा लाग्छ, कतै उहाँहरुको मर्ने बेलामा कमिलाको प्वाँख आएको त हैन ।
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष समेत रहेका भट्टराईले चुनावको सुनिश्चितता भएको खण्डमा जो सुकैको नेतृत्व मान्न तयार रहेको दावी गर्नुभयो । परिवर्तनको एजेन्डा र शान्तिको बाटो नछाड्ने भन्दै त्यसमा कुनै आशंका नगर्न उहाँले सवैलाई आग्रह गर्नुभयो । ‘लोकतन्त्रवादी भन्ने साथीहरुलाई शान्ति र संविधानको बाटो छाड्छ कि भन्ने आशंका छ । उहाँले भन्नुभयो ‘परिवर्तनको बाटो सधैं एउटै हुँदैन । पहिले जनयुद्ध गरेर ग¥यौं, अहिले गणतन्त्र स्थापना भैसकेको छ । यो शक्तिको बलमा शान्ति र संविधानको बाटोबाट बाँकी कार्यभार पूरा गरेर समाजवादतर्फ उन्मुख हुन्छौं ।’सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले विपक्षी दलहरुलाई हामी सबै एउटै पानीजहाजमा रहेको भन्दै सो आग्रह गर्नुभएको हो । ‘पानीजहाजमा पानी पस्यो भन्दैमा कतिपय मुसाहरु पानी आयो भन्दै भाग्छन्’, काँग्रेस एमालेलाई इंगित गर्दै उहाँले भन्नुभयो– ‘एउटा परिवर्तनको यात्रामा लागेको बेला पानी आयो भन्दै तपाईंहरु पनि पानीजहाजबाट मुसा झैं नभाग्नुहोला । एमाओवादीको सातौं महाधिवेशनमा स्वागत मन्तव्य दिने क्रममा उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले महाधिवेशनले देशको भविष्ण्का लागि निकासको बाटो पहिल्याउने बताउनुभएको हो । पार्टीका कमी कमजोरीहरुमा वहस र छलफलमार्फत निक्र्यौल गरेर नयाँ ढंगबाट पार्टी अघि बढाउनका लागि महाधिवेशन ऐतिहासिक हुने उहाँको भनाई थियो । नेपाली जनताको आशा र भरोसालाई गिर्न नदिने पनि उहाँले प्रतिवद्धता जनाउनुभयो ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकातिर विरोध गर्नु र अर्कोतिर सफलताको शुभकामना दिनु नेपाली राजनीतिक दलहरुको विशिष्टता रहेको उल्लेख गर्नुभएको छ । संघीयताको सवालमा दलहरुबीच विवाद रहेको भन्दै लोकतान्त्रिक पद्धतीबाट परिवर्तन हुनु राज्य पुनर्संरचना रहेको बताउनुभयो ।नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपाली जनताले दलहरुबीच वैमनस्यता नचाहेको बताउँदै ठूलठूला परिवर्तन मेलमिलापबाट भएको उल्लेख गर्नुभएको छ । शुभकामना मन्तव्य दिने क्रममा उहाँले मेलमिलाप र सहमतिको १२ बुँदे सहमतिले गणतन्त्रसम्म ल्याएको भन्दै अहिले वैमनस्यता रहेको कारण देश अलमलमा परेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘एउटालाई निशेध गरेर हुँदैन, मेलमिलापको विकल्प छैन ।
No comments:
Post a Comment