प्रतिको यादमा म पागल झै भौतारिदै थिए बाटोमा एकदिन अचानक पृतिको अन्टी सग भेट भयो हल्का कुराकानी पछि उहाले आफ्नो घरमा जाने आग्रह गर्नु भयो र हामी उहाको घर तिर लाग्यौ नभन्दै घर पनि आइपुग्यो।मलाई घर भित्र जाने मन नै थिएन तैपनि आन्टी को कुरा काट्न नसकेर भित्र गए एकै छिनको बसाई पछि मलाई पृतिको यादले धरै सताउन थाल्यो । के गर्ने कसो गर्ने मैले सोच्नै सकिन मेरो मनमा कुनै नराम्रो हुने सङ्केत देखापर्न थाल्यो । अब म त्यहाँ बाट निस्कने निर्णय गरे अनि अन्टी सग बिदा मागे उहा त मलाई अझै बस्न आग्रह गर्दै हुनुहुन्थियो तर मैले नै त्यहाँ बस्नु केबल याद हरु लाई समेट्नु ठानेर त्यहाँ बाट निस्किए । म त्यो घर को भर्याङको खुड्किला जती पटक झर्थे तेतीनै पट्क ति भित्ता हरु बाट पृतिको आवाज गुन्जिनै रह्न्थो अनि मेरा आखा बाट आसुका थोपा हरु झरिरहन्थे ।अब भने बल्ल बल्ल म आफुलाई सम्हालेर ढोका सम्म आइपुगेको थिए माथी बाट अन्टी हस्याङ फस्याङ गर्दै आउनु भयो र मेरो हात मा एउटा चिठी थमाइदिनुभयो । मलाई तेस्को आबारान हेर्ने बित्तिकै अनि त्यो चिठी मेरो हात मा पर्ने बित्तिकै मन चन्चल भएर आयो खुशीले पागल सरी भए किनकी त्यसमा कसैकी श्रीमती पृती नभएर मेरी प्रेमिका पृती को मलाई अन्तिम चिनो थियो म त्यो चिठी बोकेर त्यहाँ बाट हिडे । अनि एकान्तमा गएर त्यो चिट्ठी खोले जस्मा लेखिएको थियो राज मलाई माफ गरिदेउ है । मैले तिमी सग खाएका सबै कसम अनि बाचा बन्धन हरु तोडेर तिमी बाट सदा को लागी टाढा जादै छु । मलाई थाहा छ पानी बिना माcछा बाच्न सक्दैन अनि प्रकृतक बिना हामी । दिन भयपछि रात हुन्छ अनि रात पछी दिन । घाम पानी दिन रात सबै प्राकृतिक नियम नै हुन जस्लाई हामिले आत्मसात गर्नै पर्छ । तिमीले पठायको चिठी त मैले पाए सारै खुशी लागयो यिम्रा ति बाण रुपी शब्दले यो मुटुमा चस चस घोप्दा तर पनि अब हामी सग कुनै बिकल्प छैन । भाबी को लेखा नै यस्तै थियो होला हामिले मेट्न खोजेर कहाँ मेटिदो रहेछ र राज अब आफैले आफैले सम्हाल्नु । मलाई राम्रो सग थाहा थियो तिमी म देखी टाढा हुन सक्दैनौ भनेर अब तिमीलाई बास्तबिकताको अगाडी न उभयाउने हो भने सबै प्रेमी हरुले हाम्रो प्रेम लाई कहिलाई पनि सम्झने छैनन । राज मलाई राम्रो सग थाहा थियो म बिना तिमी एक छिन पनि बाच्ने कल्पना गर्दैनौ भनेर तेही भएर त तिम्रो मन मा बितृस्ना जगाउन को लागी मैले तिमी सग आफ्नो बिबाह को नाटक रचेको थिए मैले सोचेको थिए तिमी मलाई एउटा धोकेबाज सम्झेर भुलाउने छौ । के गर्नु राज मेरो पनि ।बाधएता नै छ तिमी बाट टाढा भागनु पर्ने म अब यो धर्ती मा केबल २-४ दिन को पाहुना मात्रै हु । ब्लड क्यान्सर को अन्तिम अबस्तामा छट पटिरहेकी छु राज अब म सग कुनै बिकल्प नै छैन मात्र तिम्रो खुशी नै मेरो आत्मा को शान्ति हुनेछ यो जन्ममा त मैले तिमीलाई साथ दिन सकिन तर अर्को जन्ममा तिम्रै भएर जिबन बिताउला । मेरा आखा का आशु हरु त अब कहिलाई पनि झर्ने छैनन तिम्रा आखा बाट पनि कहिलाई आशु नझार ल राज दैव को लीला नै यस्तै रहेछ जे हुनु भैहल्यो अब सबैलाई बिर्सिएर आफ्नो भबिस्यलाई अगाडी बडाउनु है हामी ले सजाएका ति सपना हरु सबै तिमीले पुरा गर्नेछौ अनि पृतिको बिकल्प मा टाईमली कसैलाई राखनेछौ भन्ने नै मेरो अन्तिम इच्छा हो जुन तिमीले अबस्य पुरा गर्ने छौ भन्ने बिस्वास लिएको छु । यो चिठी तिम्रो हात मा आइसक्दा सम् म तिमी बाट टाढा भैसकेको हुने छु मलाई सम्झेर आशु नझार्नु है राज अब म तिम्रो सम्झना मा आएर तिमीलाई दुख दिन चाहन्न चिठी पढिसकेपछी झन मलाई सम्हालिन गाह्रो भयो फेरी पनि उनका तस्बिर हरु आखामा सल्बलाउन थाले मन मा उनि प्रतिको माया बढेर आयो अनि उनलाई अन्तिम क्षेणमा नदेकखदा पिडा भएको अनुभब हुन थाल्यो आफ्नो मन लाई हलुका पार्न आखा बाट आशु बगाइरहेको थिए तेतिकै मा याद आयो राज मलाई सम्झेर आशु नझार ल । तिमी जती सुखी अनि खुशी हुनेछौ त्यति नै मेरो आत्मा ले शान्ति पाउनेछ । यो शब्द मेरो दिमाख मा बसिरह्यो अनि पृतिको आत्मा लाई शान्ति मिल्ने कामना सहित फेरी पनि लागे आफ्नो भबिस्य खोज्न यही बत्ती नै बत्ती को शहर जहाँ बत्ती भएर पनि सदैब अन्धकार छ ...................................
राज अपरिचित जिबन
राज अपरिचित जिबन
facebook.com/aparichitjeewan
No comments:
Post a Comment