Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, February 13, 2013

प्रजातन्त्र सेनानी संघको अधिवेशन फागुण ७ बाट नवलपरासीमा हुन


काठमाडौ, २८ माघ । नेपाली काग्रेसको भातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो राष्ट्रिय महाधिवेशन आगामि फागुण ७, ८ र ९ गते नवलपरासीको गैडाकोटमा हुने भएको छ । 
संघले आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महाधिवेशनको तयारीको लागि तिलक प्रसाद सापकोटको संयोजकत्वमा १५१ सदस्यीय महाधिवेशन तयारी समिति समेत गठन गरिएको जानकारी दिईयो । 
संघले अहिलेसम्म ५५ जिल्लाको अधिवेशन सम्पन्न भएको र माघ महिनाभित्र बाँकी जिल्लाको अधिवेशनसमेत सम्पन्न गर्ने कार्य योजना सहित महाधिवेशनको लागि स्मारिका प्रकाशन, आवास, यातायात, मञ्च ब्यवस्थापन, आर्थिक ब्यवस्थापन, भोजन, प्रचार प्रसार, दस्तावेज लेखन, विधान संसोधन सहित १४ बटा उपसमिति गठन गरेको छ । 
गैडाकोटको कालिका सस्कृत विद्यापिठमा हुने महाधिवेशनकोको उद्घाटन पार्टी सभापति सुशिल कोइरालाले गर्ने, प्रजातान्त्रिक योद्धाहरुलाई सम्मान गर्ने कार्यक्रम पनि संघले तयार गरेको छ । 
पत्रकार सम्मेलनमा प्रवक्ता बालकृष्ण दाहालले प्रजातन्त्र स्थापनाको लागि लडेका योद्धाहरुलाई राज्यले उचित सम्मान गर्न नसके प्रजातन्त्र कमजोर हुने भन्दै महाधिवेशनबाट संघ अझै सशक्त भएर आउने दावी गरे । 
प्रजातन्त्र सेनानी सम्बर राज पाण्डेले प्रजातन्त्र सेनानीहरुलाई अहिलेसम्म राज्यले सम्मान गर्न नसकेको भन्दै उचित सम्मान गर्न नसकेसम्म प्रजातन्त्र सुदृढ हुनै नसक्ने बताए । 
उनले आफहरु लोकतन्त्र, समाजबाद र समानताको लागि लडेको उल्लेख गर्दै नेपालमा समाजबादी संविधान बन्नु पर्ने धारणा राखे । 
प्रजातन्त्रमा दलहरुको नेतृत्व हुने भन्दै प्रधानन्यायधिसको नेतृत्वमा सरकार बनाए सम्पूर्ण दलहरु असफल भएको पुष्टि हुने बताए । 

No comments: