लामा भाई(इस्ट मान वाईबा)
कुवेत सिटि २०१३,२,२३
धेरै वर्ष अगडी स्थापना भएको साँस्कृतिक संस्था नेपालकुवैत साँस्कृतिक
मञ्चले नेपालीहरुको महान चट् नयाँ बर्षको सुखद उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम
गर्ने भएको छ सो कुरा नेपालकुवैत साँस्कृतिक मञ्चका कार्यक्रम सञ्चालक नविन लोप्चन
तामाङ्ले खाडीन्युजलाई जानकारी गराएका छन् भने आगामी अप्रिल १२ शुक्रबारका दिन
जिलिब स्थित कार्यक्रममा सहभागी हुनको लागि सम्पूर्ण कुवैत प्रबासी नेपाली दाजु
भाई तथा दिदि बैनी हरुलाई नेपालकुवैत साँस्कृतिक मञ्चले हार्दिक निमन्त्रण गरेका
छन् |
नेपालीहरुको महान चट् नयाँ बर्षको अवसरमा नेपाल देखि सांगीतिक फाटका
चर्चित पप तथा आधुनिक गायक प्रमोद खरेल र चर्चित लोक गायिका राधिका हमालको सातमा
कुवेतका चर्चित कलाकारहरुको बेजोड प्रस्तुतिका सात साँस्कृतिक कार्यक्रम गर्ने
भएको छ |
नेपालकुवैत साँस्कृतिक मञ्चले गर्न लागेको यो नयाँ बर्षको अवसरमा
साँस्कृतिक कार्यक्रम विषेश ज्यादै मनोरञ्जनात्मक हुने विश्वास गरिएको छ भने अतिथि
गायक प्रमोद खरेल र गायिक राधिक हमालले झन दर्शकको मन जित्न सक्ने विश्वास पनि
नेपालकुवैत साँस्कृतिक मञ्चले जानकारी दिनु भएको छ। नेपालकुवैत साँस्कृतिक मञ्चले
गर्ने यो नयाँ बर्षको अवसरमा साँस्कृतिक कार्यक्रम भव्य विशेषलाई पाठक तथा दर्शक
महानुभावहरुको माया ममताले सजिसजाउ बनाएर देखाउने चाहना भएकोले नेपालकुवैत
साँस्कृतिक मञ्चले सम्पूर्ण संगीतप्रेमी पाठक तथा दर्शक महानुभावहरुको राय, सल्लाह, सुझाव
र सहयोगको अपेक्षा गरेको छन् ।साथै उक्त दिन कुवेतस्थित कुनै नेपाली सँघ
संस्थाहरुले अन्य कार्यक्रमको आयोजना गरी कार्यक्रम नजुधाई दिनु हुन समेत
नेपलकुवैत साँस्कृतिक मञ्चले हार्दिक अनुरोध गरेका छन् |
No comments:
Post a Comment