Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Saturday, February 23, 2013

साउदी अरबियामा आदिवासी जनजाति महासंघ ब्यापक रुपले विस्तार ।

नेआजम साउदी अरबिया, 22 फेब्रुअरी, शुक्रबार । साउदी अरबियाको पश्चिम क्षेत्रीय तदर्थ समिति जेद्धा  गठन भएको ठिक एक हप्ता  पछि नेपाली आदिवासी जनजातिहरु मात्रै एक लाख भन्दा बढी हुन सक्ने अनुमान गरिएको साउदीको  पुर्बी क्षेत्रको केन्द्र दमाम शहरमा हिजो 22 फेब्रुअरी 2013, शुक्रबार श्री राजेश सिन्देंङ् लिम्बुको अध्यक्षतामा  11 सदस्सिय पुर्बी क्षेत्रीय तदर्थ समिति दमाम गठन भएको छ  । 
उक्त समारोहमा नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरबियाका अध्यक्ष श्री हुम सुनारी मगर , केन्द्रिय उपाध्यक्ष श्री बिशाल तामांग, महासचिव श्री कुमार गुरुङ र केन्द्रिय सदस्य श्री पूर्ण लिम्बु साथै महासंघ केन्द्रिय समितिका महिला सदस्य द्वय श्रीमती तुलसी माया गुरुङ र श्रीमती कुमारी सुनारी मगरको पनि  उपस्थिति रहेको थियो  विभिन्न जातिहरुको प्रतिनिधित्व रहेको उक्त भेलामा लगभग एक सय भन्दा बढी विभिन्न जातिय प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त भेलामा केन्द्रिय अध्यक्ष श्री हुम सुनारी मगरले आदिवासी जनजातिले उठाउदै आएको मुद्धाहरुको बिषयमा प्रस्ट पारेका थिए । आदिवासी जनजातिहरुले उठाउदै आएको मुद्धाहरुलाई राज्यसत्ता द्वारा पूर्ण रुपमा सम्बोधन र समाधान नगरिदा सम्म अनबरत रुपले संघर्ष गर्नु पर्ने र त्यसको लागि देश तथा विदेशमा रहेका डेढ करोड आदिवासी जनजातिहरु एकजुट हुनु पर्ने र त्यसैको लागि साउदी अरबियाको विभिन्न शहरहरुमा रहनु हुने लाखौ नेपाली आदिवासी जनजातिहरुलाई संगठित गर्दै क्षेत्रीय समितिहरु गठन गरिएको प्रष्ट पार्नु भयो । 
भेला आयोजना गर्नको लागि महासंघ साउदी अरबियाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्री खेम गुरुङज्यूको संयोजनमा साथै नव गठित पुर्बी क्षेत्रीय तदर्थ समिति दमामका नव नियुक्त क्षेत्रीय अध्यक्ष श्री राजेश सिन्देंङ् लिम्बुज्यूको पूर्ण प्रायोजनमा समारोहको आयोजना तथा ब्यबस्थापन गरिएको थियो । 
समारोहबाट श्री ओम घले (अध्यक्ष, तमुधि साउदी) को संयोजकत्वमा तिन सदस्सिय  एक निर्वाचन समितिले सिफारिश गरेको क्षेत्रीय समितिको आकारलाई नै भेलाले  समर्थन र अनुमोदन गरि तपशिलमा उल्लेखित व्यक्तित्वहरुलाई नव नियुक्त पुर्बी क्षेत्रीय तदर्थ समिति दमामका क्षेत्रीय अध्यक्षलाई केन्द्रिय अध्यक्षले र अन्य पदाधिकारी तथा सदस्यहरुलाई नव नियुक्त क्षेत्रीय अध्यक्षले सफथ गराएका थिए  । दुइ चरणमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्री खेम गुरुङ र दोश्रो चरणको कार्यक्रम निबर्तमान केन्द्रिय सचिब श्री पुस्त राईले संचालन गरेको थियो   
पदाधिकारीहरु: 
1) राजेश सिन्देंङ् लिम्बु: अध्यक्ष 
2) याम बोम्जन लामा: उपाध्यक्ष 
3) शम्भु श्रेष्ठ: सचिव 
4) जय आलेमगर: सह-सचिव 
5)  ध्रुब राई : कोषाध्यक्ष 
6) धन बहादुर दराई: सह-कोषाध्यक्ष 
सदस्यहरु:
1) कुलमान राई 
2) बाबुराम रानामगर 
3) रण बहादुर राई 
4) देउराज गुरुङ 
5) राम बहादुर तामांग 
क्रमश: अरु आगामी बैठकमा पदपूर्ति गरिने । 
सल्लाहकार :
1) बिष्णु थापामगर 
2) जेन कुमार लामा 
3) रत्न लावती 
4) बिश्वलाल मानन्धर 
5) मोहन घर्ति मगर 
नव नियुक्त पदाधिकारी तथा सदस्यहरुलाई नेपाल मगर संघ साउदी अरबिया संरक्षक श्री बिष्णु थापा मगर, तमुधि साउदी अरबियाका अध्यक्ष श्री ओम घले, तमुधि साउदी केन्द्रियका उपाध्यक्ष श्री तिलक गुरुङ र ब्यबसायी कर्मी तथा जनजातिका अग्रज श्री जेन कुमार लामाले वहाँहरुको सफल कार्यकालको लागि शुभकामना  ब्यक्त गरेका थिए । कार्यक्रमको अन्तमा नव गठित पुर्बी क्षेत्रीय तदर्थ समिति दमामले आगामी मार्चको पहिलो हप्ता समितिको पहिलो बैठक बस्ने तय गरेको छ । 

No comments: