२९ फागुन, काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो रंगशाला दशरथ रंगशालामामा भएको भाग दौडको मंगलवार २५ वर्ष पुरा भएको छ । २०४४ साल फागुन २९ मा असिनापानीसंगै भएको भाग दौडमा परि ७३ जनाले ज्यान गुमाएका थिए । फागुन २९ लाई नेपाली फुटबलको कालो दिनको रुपमा समेत लिइन्छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा सञ्चालन भएको त्रिभुवन च्यालेन्ज सिल्डमा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ति जोद्धावीचको फाइनल खेल भइरहेका समयमा भागदौड भएको थियो । उक्त घटनापश्चात तत्कालीन मन्त्री केशरवहादुर विष्टले पदवाट राजीनामा दिएका थिए ।
त्यतिबेला दशरथ रंगशालामा फाइनल खेल हेर्न २० हजार दर्शक उपस्थित भएका थिए । दशरथ रंगशाला काण्डमा भएको मानवीय क्षतिको हिसावले विश्व फुटबलको इतिहासमै शीर्ष १० घटनामध्ये पर्दछ ।२०४४ सालसम्म मैदान घेर्न पश्चिम दक्षिण र उत्तरतिरको प्याराफिट अगाडि नाङ्गो काडेँ तारले घर्दै आइएको थियो । तर रंगशालामा भएको भाग दौडमा परि ७३ जनाको ज्यान गएपछि काडेँ तारले मैदान घेर्न छोडिएको हो ।
२०५५ सालमा दशरथ रंगशालाको अहिलेको स्वरूप तयार गरिएको हो । नेपालले आठौँ साफ आयोजना गर्ने निर्णय भएलगत्तै चीन सरकारले आधुनिक रंगशाला निमार्णका लागि पुनः सहयोग गरेपछि आठौ साफ सुरू हुनु अघि रंगशालामा फ्लड लाइट र स्कोर बोर्डको व्यवस्था गरिएको हो ।
No comments:
Post a Comment