Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, March 10, 2013

कोरियमा "नमस्ते नेपाल महत्सव २०१३"

मीन प्रकाश उप्रेती
सउल कोरियमा "नमस्ते  नेपाल महत्सव २०१३" हुने भएको छ ।आउदो मार्च १७ तारिक आइतबार  गैर आवासीय सङ्घ कोरियाको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा कोरियन लगाएत  दसहजार दर्शकहरुले नेपाली पनको स्वाद र कला संस्कृति बारे जानकारी  लिने आयोजक सस्थाले जनाएको छ ।
 राजधानी सउल नजिक ख्वाङ्हृवामुन स्कुवार पार्कमा हुनलागेको नमस्ते नेपाल महत्सब २०१३ लाई सोही दिन हुनलागेको सोल ग्लोबल कन्सर्ट र सोल  खुल्लाबजार कार्यक्रमले थप सहयोग पुग्ने भएको  छ ।उक्तदिन सधैँ सवारि साधानले व्यस्त रहने स्थानलाई मानव सागरले भरिभराउ गराउने लक्ष्य लिएको आयोजक सस्थाले जनाएको छ ।
प्रवासमा नेपाली कला संस्कृतिको प्रसार प्रसार, संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक सस्था एन  आर एन कोरियाका अधक्ष्य के पी सीटैालाले बताउनु भयो ।कार्यक्रममा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक तथा धार्मिक महत्वलाई चिनाउन सक्दो प्रयास गर्ने जनाउदै सीटैालाले अगाडिग भन्नु भयो विगतमा हुने गरेका कार्यक्रम भन्दा यस वर्षको  कार्यक्रमले छुट्टै महत्व  राख्ने छ ।
कार्यक्रममा  नेपाल र नेपालीको पहिचान, कला संस्कृति, बुद्धको जन्मस्थल लुम्बिनी, सगरमाथाको देश र  ऐतिहासिक सम्पदा तथा नेपालका प्राकृतिक सम्पदाका बारेमा जानकारी गराइने उदेश्यले नेपाल टुरिजम प्रमोसन सेन्टर , नेपाल कल्चर, नेपाली खाना र हस्तकला सहित छ वटा स्टल राखिने भएको छ ।
 कोरियामा रहेका सबै तह र तप्काका नेपालीहरुलाई आ-आफ्नो नेपाली संस्कृति सहितको भेस भुसामा उक्तदिन १२ बजे उपस्थित हुन आयोजक संस्थाले अनुरोध गरेको छ ।

No comments: