Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, March 22, 2013

कुबेतले करिब डेढ अर्ब ऋण सहयोग गर्ने


९ चैत, काठमाडौ । अरब आर्थिक विकासका लागि कुवेती कोष बुढीगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि नेपाल सरकारलाई रु एक अर्ब ५५ करोड ७० लाख ऋण उपलब्ध गराउन सहमत भएको छ ।  सुदूरपश्चिमको अछाम जिल्लामा सञ्चालन हुने २० मेगावाटको आयोजनालाई आगामी २६ वर्षका लागि ०.५ प्रतिशतको सेवा शुल्क र दुई प्रतिशत व्याजदरमा सो ऋण उपलब्ध गराउन सहमति भएको हो । 
अर्थमन्त्रालयमा आज आयोजित एक कार्यक्रममा मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र अरब आर्थिक विकासका लागि कुवेती कोषका उप महानिर्देशक हेशम अल-वाक्वायनले सो सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । 
सो आयोजनाको निर्माणपछि ग्रामीण क्षेत्रमा विद्युत् उपलब्ध हुने र रोजगारीका नयाँ अवसरहरू सिर्जना हुनुको साथै आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ । सो आयोजना सन् २०१९ मा सम्पन्न हुने बताइएको छ । 
हस्ताक्षपछि सहसचिव मरासिनीले आयोजना निर्माणलाई समयमै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । रासस

No comments: