दीपक पौडेल÷दोहा– कतार भलिबल एशोसियसनद्धारा आयोजित ‘भलिवल ओपन लिग’ अन्तर्गत गत शुक्रवारको खेलमा नेपालले प्रतियोगितामा दर्शकको अर्को मनपर्दो टोली फिलिपिन्समाथि २–० को सहज विजय हासिल गरेको छ ।
प्रतिस्पर्धात्मक खेलमा फिलिपिन्सलाई पन्छाउने क्रममा नेपालले २५–१९ र २५–२३ को स्वादिलो नतिजा निकाल्यो । प्रतियोगितामा कतार फाउण्डेशनसंगमौ एकपटक पराजित नेपालले हालसम्मका ५ मध्ये ४ खेल जितेको छ । पाँचौं चरणका खेल सम्पन्न हुँदासम्म नेपालको अंक ९ पुगेको छ ।
११ जनवरीबाट आयोजना भएको लिग अन्तर्गत गत शुक्रवारको अर्को प्रतिस्पर्धामा भारतले कतार फाउण्डेशनलाई २–० ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ भने कतार क्लव जुनियर्सले इजिप्टलाई रोचक २–१ ले पराजित गरेको छ । शुक्रवारको अर्को प्रतिस्पर्धामा मोवासलातले पहिलो विजय दर्ता गरेको छ । मोवासलातले लेवननमाथि २–१ को विय हासिल गरेको छ ।
भारतले अपिराजित यात्रा कायम राख्दै १० अंक जोडेको छ भने कतार क्लब्स जुनियर्सले पनि आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ । कतार क्लब्स जुनियर्सको नेपालकै बराबर अंक छ भने कतार फाउण्डेशनले ७ अंक लिएको छ । अंकतालिकामा फिलिपिन्स र मोवासलातको ६, इजिप्टको ५ र लेवननको ३ अंक रहेको छ ।
नेपालले अव अघिल्लो खेल १ मार्चमा कतार क्लव जुनियर्ससंग र ८ मार्चमा भारतसंग खेल्दैछ । यी खेलहरूले सेमीफाइनल प्रवेशको ढोका खोल्ने हुँदा जितका लागि खेल्नुपर्ने दवाव नेपाली टोलीमाथि रहेको छ । नेपाली टोलीलाई समर्थनका लागि खेलस्थलमा उपस्थिति निरन्तरता दिन पदाधिकारीहरूले अपिल गरेका छन् ।
No comments:
Post a Comment