४ चैत,काठमाडौ। नेपालको एमआरपी अर्थात मेशिनले पढ्ने राहदानीले अन्तराष्ट्रिय गुणस्तरको मान्यता पाएको छ।
सरकारी स्तरमा बनेको एमआरपीले इन्टरनेसनल अर्गनाइजेसन फर स्टान्र्डडाइजेसन (आईएसओ)ले दिने प्रमाण पत्र पाएको हो।
नेपालको एआरपी दक्षिण एशियामै सर्वाधिक महंगो मानिन्छ ।
२०१० डिसेम्बरदेखि यता शुरु भएको एमआरपी प्रणालीको गुणस्तर, विश्वास, सुरक्षासहितका पक्षमा एक वर्षयताको मूल्यांकनमा यो साता आईएसओ मान्यता पाएको हो ।
साधारण प्रक्रियाबाट नेपालमा एमआरपी लिँदा पाँच हजार करिब ५८ डलर पर्दछ। भारत र पाकिस्तानमा एमआरपीको ३० डलर पर्छ, बंगलादेश र श्रीलंकामा २५ डलर र माल्दिभ्समा ३६ डलर भने भुटानमा मात्र १८ डलर पर्दछ। नेपालको एमआरपी दक्षिण एशियाकै सर्वाधिक महंगो एमआरपीका साथ साथै सुरक्षित समेत भएको छ। आईएसओले दिएको गुणस्तरको अवधी दुइ वर्ष हो।
No comments:
Post a Comment