Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, March 13, 2013

दुई तेक्वान्दो संघ बीच एकता


खाडी न्युज सम्बाददाता 
विजय थापा 
भर्जिनिया अमेरिका अमेरिकाको भर्जिनिया राज्यमा यही मार्च २ तारिखका दिन सम्पन्न भएको नेशनल क्यापिटल ओपन तेक्वान्दो प्रतियोगिताको शुभ साईतको अवसरमा नेपालमा तेक्वान्दोको विकास र विस्तारमा सहकार्य गर्दै आईरहेको अन्तराष्ट्रिय नेपाल तेक्वान्दो यूनियन (ईन्टु) र अन्तराष्ट्रिय नेप्लीज तेक्वान्दो संघ (ईन्टा) बीच एकता कायम भएको छ lतेक्वान्दो खेलको विकास र भावी पिढीहरुको सुन्दर सपनालाई साकार पार्न बिदेशी माटोमा छरिएर रहेता पनि फूट भन्दा जुट महत्व ,चिरा पर्ने भन्दा एक ढिक्का हुदा नेपाल र नेपाली सबै खेलाडीहरुलाई फाईदा हुने कुराको महत्व बुझी एकीकरण अनिवार्यता भएको कारण उक्त कदम चाल्नु परेको जानकारी लव गोर्खालीले दिएका छन् l

ईन्टुका तर्फबाट अध्यक्ष लवप्रसाद गोर्खाली, महासचिव कुमारबहादुर कार्की र सदस्य दुर्गा गुरुङको सहभागिता रहेको थियो भने ईन्टाका तर्फबाट अध्यक्ष यम बहादुर पुन, उपाध्यक्ष जगनलाल श्रेष्ठ ‘बिपिन’ हुनु हुन्थ्यो । दुवै संस्थाको मुख्य उद्देश्य नेपालमा तेक्वान्दो खेल विकासका लागि नेपाल तेक्वान्दो संघ सग आवद्ध भई काम गर्ने भएकाले पुनः दुवै संस्था एक भई आपसी सल्लाह र छलफलमा सिङगो नेपालको खेलकुद क्षेत्रमा उच्च नाम राख्न सफल भएको तेक्वान्दो खेलको विकास र विस्तारमा सहयोग गर्ने सहमति भएको छ । पद लोलुपता र कुर्सिको लागि दुवै संघमा पदाधिकारी नबनेको जानकारी दुवै संघका पदाधिकारीले दिएका  छन् भने र पद भन्दा खेलकूदको विकास र सेवा महान हुने कुरा बिश्वस्त रहेको जानकारी बैठकमा उठेको थियो lसो बैंठक पछि पुनः यसरी नै अन्य पदाधिकारीहरुलाई पनि निमन्त्रणा गरी सामुहिक बैठकबाट ठोस निर्णय लिन बाकी निर्णयहरु लिने ईन्टाका उपाध्यक्ष जगनलाल श्रेष्ठले पूर्व जानकारी दिनु भएको छ ।  

ईन्टुका अध्यक्ष लवप्रसाद गोर्खालीले दुवै संस्था मिलेर नेपालको तेक्वान्दो विकासमा विगतदेखि अहिलेसम्म अमेरिका वा अन्य देशमा छरिएर बसेका तेक्वान्दो खेलका शुभचिन्तकहरुसग सल्लाह र सुझाव लिई नेपाल तेक्वान्दो संघसग आवद्ध रही सहयोग निरन्तरता गर्नुको विकल्प नरहेको कुरामा पनि दुवै संस्थाका प्रतिनीधि सहमत भएका छन् lएक आपसमा हातेमालो गदैं जानु पर्नेमा सहमति भएको छ lदेशभित्र जति वटा संघसंस्था खेलको नाममा रहे पनि एउटै संघ मार्फत विश्व तेक्वान्दो महासंघले आधिकारिक मान्यता दिने प्रावधान भएको हुदा सोही संघ सग सहकार्य गरेर काम गर्ने विषयमा समेत धारणा एक बनेको छ l सो बैंठकमा छलफलका क्रममा आएका सुझावलाई नेपाल तेक्वान्दो संघमा पेश गर्ने ईन्टाका अध्यक्ष यमबहादुर पुनले जानकारी दिनु भएको छ lभयो । उहाले अगामी दिनमा दुवै संस्था एक भएर सहयोग र सहकार्य गदैं जाने पनि बताउनु भयो । नेपालको तेक्वान्दो विकास र विस्तारका लागि ब्यक्तिगत स्वार्थमा नलागि सिङगो खेलको विकास र विस्तारमा दुवै संस्था मिलेर नेपालमा रहेको तेक्वान्दोसग सहकार्य गर्नु पर्ने धारणा ईन्टुका महासचिव कुमार बहादुर कार्कीले राख्नु भएको थियो । 

एकताको घोषणामा नवौं डान ग्रान्ड मास्टर एच. केलीले दुवै संस्था एकता भएकोमा हर्ष व्यक्त गर्दै आगामी दिनमा नेपालको तेक्वान्दो विकास र विस्तारमा सक्दो सहयोग गर्ने र सफलताको लागि शुभकामना समेत दिनु भएको थियो l

No comments: