खाडी न्युज सम्बादाता
यही मार्च १५ ,२०१३ का दिन नेपाली जनप्रगतीशिल मन्च बहराईन का अध्यक्ष तथा सचिबालय संयोजक धर्म राज भट्टराई को अध्यक्षता मा सचिबालय को प्रथम बैठक सम्पन्न भएको छ।
देश र जनता को अग्रगामी निकासको लागि बिभिन्न काल्खन्ड मा भएका बर्गिय मुक्ती आन्दोलन बिशेष गरी १० बर्षे महान जनयुद्ध मा आफ्नो ज्यान को बलिदानी दिनुहुने महान सहिदहरु प्रती श्रर्दान्जली स्वरूप एक मिनेट मौनधराण गर्दै सुरु भएको बैठक मन्च का महासचिब तथा सचिबालय सदस्य नारायण रपाल विश्वाकर्मा द्वारा सन्चालन गरिएको थियो। सचिबालय का बहुमत सदस्य को उपस्थिती रहेको बैठक ले बिभागीय जिम्मेबारी बडफाड सहित बिभिन निर्णय गरिएको छ।
बिभाग र बिभागीय प्रमुखहरु
अन्तराष्ट्रिय मामिला बिभाग तथा संयोजक -धर्म राज देबकोटा
संगठन बिभाग तथा सह संयोजक - क्षेत्र देबकोटा
सुचना तथा संचार बिभाग तथा सदस्य सचिब - नारायण रपाल विश्वाकर्मा
अन्तरसंस्था सम्पर्क बिभाग - लक्ष्मी तमाङ
आर्थिक बिभाग - लाल बहादुर पाठक
खेलकुद बिभाग - मिन प्रसाद ढकाल
सास्कृतिक बिभाग - कर्ण गुरुङ
महिला बिभाग -बसन्ती राई
संगठन बिस्तार बिभाग - सालीकराम गौतम
अनुसासन बिभाग -अबदुल्ला नेपाली
प्रचार,प्रसार तथा पत्रकारिता बिभाग - कृष्ण बहादुर हमाल
ब्यवस्थापक बिभाग -झपेन्द्र अधिकारी
संघियता तथा पहिचान बिभाग - तुल बहादुर किसान
सल्लहकार समिती
साहित्य तथा प्रकाशन बिभाग - जिबन श्रेष्ठ
बुद्धिजिबी तथा प्राबिधिक बिभाग - इन्जिनियर फुल बहादुर बल
नेपाली जनप्रगतिशिल मन्च बहराईन अन्तर्गत को मानमा क्षेत्रीय समिती अती नै निस्कृय रहेको कारणले पुरानो समितीलाई भङ्ग गर्दै मन्चका केन्द्रिय सदस्य मदन पौडेल तथा बैकल्पिक केन्द्रिय सदस्य मनोज पौडेल लाई नयाँ पुनर्गठन समिती बनाउन जिम्बेवारी तोकिएको छ। मन्चले चाडै आउन लागेको नयाँ बर्ष २०७० को शुभ कामना स्वरुप नेपाली भित्ते पात्रो निकाल्ने निर्णय गर्दै सम्पूर्ण सदस्य साथीहरु लाई लागि पर्न आवहाँन गरेको छ।
No comments:
Post a Comment