त्यो चापँको रूखमा रातो लाल झण्डा गाड्ने पनि मै थिए ।
निधारमा कपन बाँधी प्रथम शहिदको लाश उचाल्ने पनि मै थिए।।
सामन्तिको किल्लामा धावा बोल्दै दलित बस्तिमा पनि मै थिए।
संगि साथिको मृत्युमा जिउँदो शहिद बन्ने पनि मै थिए।।
ताकु चैाकी आक्रमणमा बारूद भर्नेमा पनि मै थिए ।
ध्याम्पेशालको आर्मि ब्यारेक बनाउँने ठेकदार पनि मै थिए।।
शसस्त्रको पिटाइ बाट स्तुलमा फालिनेमा पनि मै थिए ।
झोला बोकी स्कुल हैन ,चैाकीमा तारिक खेप्ने पनि मै थिए।।
कृष्णमोहन काण्डमा हिरासत धाउँनेमा पनि मै थिए।
मनोहर क्याम्पसमा स्वबियु निर्बाचन गराउँने पनि मै थिए।।
सरस्वती पुस्तकालय बियुरो निर्माण समिति पनि मै थिए।
कान्तिकारी समानन्तर सन्जाल केन्द्र नेपालमा पनि मै थिए।।
तर......
सुन्दैछु आज हाम्रो अस्थित्व छैन रे नेपालमा, हिजो क्रान्तिमा काप्नेहरू नेता भै सके रे...?? हिजो मात्रै पल्लघरे साँइला काकाले टेलिफुनमा भन्नु भा... वाबु क्रान्ति
हिजो युद्दमा फाइदा लुट्नेहरू आज मालामाल भा का छन् , कालिमाटिका गाडि बनाँउनेहरू पजेरोमा गुड्न पा का छन्। त्यो थो नि बिक्कल तिम्रो साथि आज खै पार्टिको अध्यक्ष भा छ रे ? अनि गैरागाँमको काँजिको छोरा पार्टिमा लागेर ठुलो मान्छे भा को छ रे.... भोलि गाम्मा आउँने कुरो छ गाम्का छोरी चेलि हरू ..............................
बाँकी अर्को अंशमा.......................
No comments:
Post a Comment