Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, March 26, 2013

गुल्मी सेवा समाजको साधारण भेला हुने


रबिन्द्र फुयाल 
दुबई  २३ मार्च २०१३ सँयुतm अरव ईमिरेट्समा रहेका गुल्मेलीहरुको साझा सँस्था गुल्मी सेवा समाज, यूएईले आगामी ५ अप्रिल २०१३ मा सँस्थाको साधारण भेलागरी कार्यसमितीका केही पदहरुमा हेरफेर तथा सदस्य पदपुर्ति गर्ने भएकोछ ।
समाजका अध्यक्ष शंकर ज्ञवालीले दिएको जानकारी अनुसार सँस्थाको ११ आंै बैठकले गरेको निर्णय बमोजिम आगामी ५ अप्रिल २०१३ का दिन सँस्थाले आफ्नो कार्यकारीणी समितीका केही पदहरुमा हेरफेर तथा रिक्त रहेका सदस्य पदमा पद पुर्ति गर्ने कार्यक्रम रहेको जानकारी श्री ज्ञवालीले गराउनुभयो ।
उक्त कार्यक्रम यूएईको बर–दुबई स्थित मेट्रोपार्कमा अपरान्ह ३ बजे देखि हुने भएकोले यूएईको सबै क्षेत्रमा रहेका गुल्मेली दाजुभाई तथा दिदीबैनिहरुलाई उपस्थित भै दिन र समाजमा आवद्ध भै सँस्थाको सदस्यता लिन समाजले आग्रह गरेकोछ ।

No comments: