भीमसेन चौलागाई
पेनाङ्ग मलेसिया मलेसिया सरकारद्वारा लागु गरिसकेको मासिक बेसिक सेलरी RM९०० रिङ्गगेट नदिएको भन्दै मलेसियाको पेनाङ्ग शहर स्थित नागासारीका पि डि आइ का कम्पनिका नेपाली तथा बाङ्गालादेशी कामदारहरु हड्तालमा उत्रिएका छन्। महिनौ पहिले नया बेसिक तलबमा दस्तखत गरिसके पनि अहिले (फेब्रअरी ) को सेलरीमा पनि पुरानै बेसिक तलब लागु भएपछी कामदारहरु कम्पनि ब्यबस्थापनसग आक्रोशित हुदै हड्ताल उत्रिएका हुन ।
महिनौ पहिले बेसिक तलब ९०० रिङ्गगेट दिने त्यसपछि होस्टेल लेभी लगाएत काट्ने भन्दै आएपनी कहिले काही चल्दै आएको ओवर टाइमको पैसा भने काटेर नया बेसिक लागु नगरेपछि हड्तालमा उत्रिन बाध्य भएको सोही कम्पनिमा बिगत ३ बर्षदेखी काम गर्दै आउनु भएका कमल मगर ले जानकारी दिनुभयो।
कम्पनी भने अहिले सम्म ब्यबथापन बाट नया तलब पास नभैसकेको कारण देखाएर कामदारलाई झुलाउने काम गरिरहेको छ । छिट्टै नै म्यानेज्मेन्ट मिटिङ्गमा हाइलाईट गरेर यो समस्याको टुंगो लगाउछु भनेको पनि २ महिना भैसक्यो अब पनि नया तलब नदिएको हुनाले यो कदम चाल्नु परेको यस हड्ताल समितीका सदस्य भीमसेन चौलागाइले जानकारी दिनुभयो
No comments:
Post a Comment