पत्रकार र सुरक्षाकर्मीवीच सामान्य विवाद
गणेश वि.क., रुकुम
चैत्र–१,रुकुमका सुत्केरी सहित तीन परिक्षा केन्द्रमा ३ जना परिक्षार्थी महिला परिक्षा वेहोस भएका छन् । उ.मा.वि. चौरजहारी परिक्षा केन्द्रमा उर्मिला रिजाल र सिम्ली परिक्षा केन्द्रमा कृष्णा के.सी. परिक्षा सञ्चालन हुनुभन्दा केही समय पहिले नै बेहोस भएका थिए भने । सुत्केरी सुस्मिता त्रि.ज.उ.मा.वि. खलंगामा रक्तस्रव भएपछि वेहोस भएकी थिइन ।
२ जना महिलाहरुको स्थानीय मेडिकलमा उपचार भई रहेको छ भने सुस्मिताको जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको छ । परिक्षा सुरु हुनुभन्दा पहिले नै वेहोस हुनुको कारण भने खुल्न सकेको छैन् । परिक्षामा उनीहरु समावेश हुन सकेका छैनन् । उनी २ महिनाको वच्चा छाडेर परिक्षामा सम्मेलित भएकी थिइन । उनीको रक्तस्राव भएरहेको छ ।
त्यस्तै गरी रुकुम जिल्ला कारागारमा ५ जना थुनुवाले परिक्षा दिइरहेका छन् । ३ जना नियमित र २ जना इग्ज्याम्टेटमा सम्मेलित भएका हुन् । उनीहरुका लागि प्रश्नपत्र र उत्तरपुस्तीका जिल्ला कारागारमै लगिएको छ । अन्यत्र भने परिक्षा शान्त र मर्यादित तरिकाले सञ्चालन गरिएको छ ।
जिल्ला कारागारमा परिक्षा दिइरहेका परिक्षार्थीहरुको रिपोर्टिङमा गएका पत्रकार गणेश वि.क. र प्रहरी सहवदार वीच सामान्य विवाद भएको थियो । पत्रकारले सूचना संकलन गर्न नदिएकोमा आपत्ती जनाएका थिए भने प्रहरीले जवरजस्ती सूचना लिन खोजेको भन्दै सूचनामा रोज लगाउन खोजेका थिए ।
No comments:
Post a Comment