Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, March 29, 2013

नेल्सन मण्डेला फेरि अस्पताल भर्ना

Nelson-Mandela
१५ चैत, काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेला अस्पताल भर्ना भएका छन् ।
फोक्सोमा फेरि संक्रमण भएपछि ९४ वर्षीय मण्डेलालाई अस्पताल भर्ना गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
गत डिसेम्बरमा पनि फोक्सोमा संक्रमण तथा पित्तको पत्थरीको उपचारका लागि १८ दिनसम्म अस्पताल राखिएको थियो । पछिल्लो २ वर्षमा मण्डेला चौथो पटक अस्पताल भर्ना भएका हुन् ।
रंगभेदविरोध आन्दोलनको नेतृत्व गरेका उनलाई दक्षिण अफ्रिकाका राष्ट्रपति मानिन्छ । अफि्रकाका पहिलो अश्वेत राष्ट्रपति मण्डेलाले सन् १९९४ देखि १९९९ सम्म सत्ता सम्हालेका थिए ।

No comments: