Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, March 29, 2013

ए. एन.ए. साहित्य प्रतिष्ठानबाट अन्तर्राष्ट्रिय कविता महोत्सव, २०१२ का विजयी पुरस्कृत


विजय थापा
भर्जिनिया ,अमेरिका गत चैत १४ गते ए.एन.ए. नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले अन्तर्राष्ट्रिय कविता महोत्सव, २०१२ मा विजयी भएका कविहरुलाई काठमाडौँमा आयोजित कार्यक्रमबीच पुरस्कृत गरेको छ । महोत्सवमा प्रथम हुने भोजपुरका कवि गणेश खड्कालाई एक हजार अमेरिकी डलरको हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कारबाट पुरस्कृत गरियो । यसैगरी द्वितीय हुने रामेछापका जीवन खत्रीले ३०० अमेरिकी डलर र तेस्रो हुने रुपन्देहीका श्रीजन शर्मा र नुवाकोटका कृष्णकिशु न्यौपानेलाई पनि तीन सय अमेरिकी डलरको पुरस्कार दिइयो । उक्त  पुरस्कार आज काठमाडौँमा  आयोजित कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले प्रदान गर्नुभएको थियो .

कवितामा दिइने नेपाली पुरस्कारमा अत्यधिक राशि एक हजार डलर  (US$ 1000) को भनेर मानिँदै आएको ए.एन.ए. नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको "अन्तरराष्ट्रिय कविता महोत्सव-२०१२" का पुरस्कारहरू एक समारोहका बीच ३ जना कविहरूलाई प्रदान गरिएको थियो  | त्यस महोत्सवका नेपाल संयोजक  विश्वबिमोहन श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुरस्कार प्रमुख अतिथि कुलपति कवि बैरागी काइँलाले प्रदान गर्नुभएको थियो |  "अन्तरराष्ट्रिय कविता महोत्सव-२०१२"मा यस पालि देश विदेश छरिएर रहेका ५ जनाले पुरस्कार पाएको भए तापनि पुरस्कृत कविहरू मध्ये ३ जना गणेश खड्का, जीवन खत्री र कृष्णकिसु न्यौपानेमात्र हाल नेपालमा उपस्थित  हुनुभएको हुँदा यस समारोहमा उहाँहरूलाई मात्र पुरस्कार दिइएको थियो भने बाँकीका २ जनालाई पुरस्कार जुलाई ४-६ मा अमेरिकाको  न्युयोर्कमा हुने ए.एन.एक़ो ३१  औ सम्मेलनमा आयोजना गरिने बिशेष साहित्य सम्मेलनको  कार्यक्रममा प्रदान गरिने कुराको  जानकारी नेपाल संयोजक विश्वबिमोहनले दिनु भएको थियो .  उक्त कार्यक्रममा पुरस्कृत कविहरूले आ-आफ्ना पुरस्कृत रचनाहरू वाचन पनि गरेका थिए | "अन्तरराष्ट्रिय कविता महोत्सव-२०१२"का अर्का नेपाल संयोजक श्रीओम रोदनले स्वागत भाषण गर्दै नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष वसन्त श्रेष्ठले अमेरिकाबाट पठाउनुभएको मन्तव्य पनि पढेर सुनाउनुभएको थियो | कथाकार तृष्णा कुँवरको उदघोषणमा संचालित कार्यक्रम सफलताका साथ सम्पन्न भएको थियो |

No comments: