Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, April 7, 2013

रेखा थापा जेल मा

एयरपोर्ट सुन काण्डमा जेल सजाय भोगी रहेका काङग्रेस नेता खुमबहादुर खड्कालाई नायिका रेखा थापाले
भेटेकी छिन् । खड्कासँग डिल्लीबजारस्थि कारागारमा रेखाले आधा घण्टा जसो कुराकानी गरिन् । ९ बजे कारागारमा पुगेकी रेखाले खड्कासँग वर्तमान देशको राजनितिक अवस्थाको विषयमा कुराकानी गरेकी थिइन् । साथमा रेखाले नयाँ वर्षमा स्थापना गर्न लागेको गैर सरकारी संस्थाको विषयबारे पनि खड्कालाई जानकारी गराइन् । रेखा प्रमुख हुने उक्त संस्थाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्नेछ । असोज सम्ममा जेल मुक्त हुने बताइएका नेता खड्काले भने कमिङ प्राइडे रिलिज रेखाको सिनेमा 'हमेशा' बारे चासो राखेका थिए । रेखाको हक्की स्वभावको फ्यान रहेको बताउँदै उनले भने, 'टेलिभिजनमा 'हमेशा' को प्रचार आउछ नि हैन ? जेल जिवनको अनुभव डायरीमा उतारीरहेका खड्काले यसअघि रेखाको केही सिनेमा हेरे पनि नाम भने सम्झन सकेनन् । भ्रष्टचारको अभियोगमा जेल सजाय भोगिरहेका काङ्ग्रेस नेतालाई रेखाले भेट्नुको विश्लेषण फरक हुन सक्ला । तर यसअघि एमाओवादी नेताद्धय प्रचण्ड र बाबुराम भट्टराईसँग निकट मानिएकी रेखाले जेलमै गएर काङ्ग्रेस नेतालाई किन भेटिन् ? सोचनिय विषय बनेका छ ।
नेता खुम बहादुर खड्कालाई भेटे पश्चात् रेखाले डिल्लीबजार कारागारमा रहेका ५ सय भन्दा बढी कैदीहरुलाई भेट गरिन् । गर्ल फ्रेन्डलाई रेप गरेको अभियोगमा पुर्पक्षका लागी ६ महिना देखी त्यहाँ रहंदै आएका अमिन नाम गरेका कैदीले रेखालाई देख्नासाथ भने, 'रेखा थापा पनि जेलमा ?' रेखाको फ्यान बताउने उनले रेखा त्यहाँ पुग्लिन भन्ने कल्पनै गरेका रहेनछन् । 
त्यस्तै अर्का दिपक नाम गरेका कैदी पनि रेखालाई जेलमा देखेर तीन छक परे । नाच्नमा सौखिन उनले भने, 'अर्को पटक आउँदा चाहि मेरो डान्स हेरेर जानुहोला है ।' आफुप्रती जेलरहरुले देखाएको माया फिर्ता गर्न रेखाले पनि 'हमेशा' लाई जेलमै देखाउने बताइन् । जेलर प्रमुखले पनि 'हमेशा' देखाउन आफुले व्यवस्था मिलाउने रेखालाई वचन दिए । पुरै जेल घुमेपछि अचम्ममा परेकी रेखाले बाहिर निस्कने बेलामा जेल जीवन बिताइ रहेकाहरुलाई हात हल्लाउदै भनिन, 'हमेशा, हमेशा हजुरकै हुन्छु म ।'

No comments: