Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Friday, December 14, 2012

असहमतिमा सहमति खोजौँ : वैद्य

२९ मंसिर, काठमाण्डौ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले सहमतीय सरकार गठनका विषयमा दलहरुवीच छिट्टै सहमति जुट्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले राष्ट्रपति र दलहरुसंगको पछिल्लो छलफलवाट दलहरुवीच छिट्टै सहमति जुट्नेमा आफू आशावादी रहेको वताउनुभयो ।
सम्वाद डवलीको शुक्रवार राजधानीमा उद्घाटन गर्दै वैद्यले अहिलेसम्म दलहरु असहमतिका लागि सहमतिका कुरा मात्रै भएकाले दलहरु असहमतिमा केन्द्रीत भएकाले छिट्टै मुलुकले निकास पाउने वताउनुभयो । उहाँले एकीकृत माओवादीले सरकार छोड्न नचाहने र प्रतिपक्षी दलहरु काँग्रेस-एमाले सरकारलाई नहटाएर अरु मुद्दामा कुरै गर्न नचाहेकाले सहमतिमा ढिलाई भइरहेको वताउनु भयो । वैद्यले भन्नुभयो,’दलहरुको सहमतिको रटान सुनेर अब जनता नै वाक्क भइसकेका छन् । उनीहरु अब देश कता जान्छ भन्नेवारे अत्यन्तै आत्ति सकेका छन् ।’
वैद्यले प्रमुख दलहरु सत्तालाई प्राथमिकतामा राखेर मुलुकलाई कसरी निकास दिने भन्ने एजेन्डा केन्द्रीत छलफल नभएकोमा चिन्ता व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो,’मलाई चिन्ता के लाग्छ भने कतै राजनीतिक दलहरुले सरकार सरकार भन्न थालेको बढि भयो कि भन्ने पनि लाग्छ । निकासको एजेन्डा भन्दा पनि सरकारकै एजेन्डा आउँदा छलफल सार्थक हुन सकेको छैन ।’ उहाँले जनताले धेरै रगत, पसिना, त्याग र बलिदानवाट वनाएको किर्तीमानी दलहरुले बिर्सिन नुहनेमा जोड दिनुभयो । दलहरु आफ्नै हिसाव कितावका लागि नभई मुलुकलाई निकास दिन एकजुट हुनुपर्ने वैद्यको भनाई छ ।

No comments: