Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, December 25, 2012

आर्ट्सको डिग्री लिन बनारस गएका राष्ट्रपति कानूनका ज्ञाता भएर फर्कने

१० पुस, काठमाडौं । शीतलनिवासले जनतालाई दिएको सूचनाअनुसार राष्ट्रपति डा. रामवरण यादव मानविकी शंकायको डिग्री लिन बनारस जानुभएको थियो, तर त्यहाँ उहाँले एकाएक कानुनको डिग्री प्राप्त गर्नुहुने भएको छ ।राष्ट्रपति कार्यालयका प्रवक्ता हरिकुमार श्रेष्ठले सोमबार जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपति डा. यादव ‘डाक्टर अफ लेटर्स’को सम्मान ग्रहण गर्न बनारसतर्फ प्रस्थान गर्नुभएको उल्लेख थियो । तर, त्यो ‘सम्मान’ नभई ‘मानार्थ डिग्री’ मात्रै रहेको र त्यो पनि राष्ट्रपति कार्यालयले भनेजस्तो आर्टस् विधामा नभएर कानूनको विधामा ।
भारतीयले बोलाउँदैमा आँखा चिम्लेर हिँड्ने नेपालका राष्ट्राध्यक्षलाई आफू विदेशमा के लिन जाँदैछु र त्यस्तो चिज लिँदा राष्ट्रको स्वाभिमानमाथि कस्तो प्रभाव पर्छ भन्नेसम्म जानकारी रहनेछ । जानकारी भएको भए शीतलनिवासबाट यस्तो विज्ञप्ति शायदै आउने थियो ।   राष्ट्रपति डा. रामवरण यादव बनारस हिन्दू युनिभर्सिटी एक्टको दफा ३९ अनुसार प्रदान गरिने ‘मानार्थ डिग्री’ का लागि बनारस जानुभएको हो । यो एक्ट अनुसार तीन प्रकारका मानार्थ डिग्री दिइन्छ । पहिलो ‘डक्टर अफ लेटर्स’ (डी. लिट.) हो भने दोस्रो ‘डक्टर अफ साइन्स’ (डी.एस्सी.) हो । तेस्रो मानार्थ डिग्री चाहिँ ‘डक्टर अफ ल’ (एलएल.डी.) हो, जुन राष्ट्रपति यादवलाई दिन लागिएको छ ।
डी. लिट र एलएल.डीको फरक
बनारस हिन्दू युनिभर्सिटी एक्ट को दफा ३९ (१) अनुसार प्रदान गरिने डी.लिटको उपाधि अलि ठूलो र एलएल.डीको उपाधि सानो चाँहि होइन । यी दुई उपाधिहरु भिन्न-भिन्न संकायका लागि व्यवस्था गरिएका हुन् । डी.लिट आर्टस् पढेकाले पाउने उपाधि हो भने एलएल.डी चाहिँ कानूनका ज्ञाताले ।हिन्दू विश्वविद्यालय एक्टको दफा ३९ (१) अनुसार ‘डी.लिट.’ उपाधि साहित्य, दर्शन, कला र संगीतको उन्नति एवं चित्रकला लगायतका विधाहरुमा महत्वपूर्ण योगदान दिने एवं सेवा गर्ने विशिष्ट व्यक्तिलाई प्रदान गरिन्छ । त्यस्तै उपदफा (२) अनुसार प्रदान गरिने ‘डी.एस्सी.’ उपाधि देशभित्र विज्ञान या प्रविधिसम्बन्धी क्षेत्रमा योगदान पुर्‍याइरहेका आयोजना वा संस्थानलाई दिइने उल्लेख छ । उपदफा (३) अनुसार प्रदान गरिने एलएल.डीको उपाधि प्रतिष्ठित वकील, न्यायाधीश वा कानूनविद्, राजनेता वा सार्वजनिक क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई दिइने बनारस विश्वविद्यालय एक्टको दफा ३९(३) मा उल्लेख छ ।
सन् १९१५ को भारतीय एक्ट नं १६ को मातहतमा रहेर भारतीय कानूनअनुसार दिइने यी तीनै प्रकारका मानार्थ डिग्रीहरु अन्य सार्वभौम मुलुकको राष्ट्राध्यक्षलाई दिइने हैसियतका हुन् या आर्टस्, साइन्स र कानुनका स्वदेशी विज्ञलाई दिइने हैसियतकामात्रै हुन् ? यसबारे बनारस हिन्दू विश्वविद्यालय एक्टमा प्रष्टसित उल्लेख गरिएको छैन । एक्टमा ‘यस्तो उपाधि विदेशीलाई पनि दिन सकिने छ’ वा ‘स्वदेश वा विदेशमा योगदान पुर्‍याएका’ भन्ने वाक्यांश एक्टमा उल्लेख नहुँदासम्म यो उपाधि भारतीय नागरिकले पाउने भन्ने बुझ्नुपर्ने हुन्छ । किनभने कुनै पनि देशको कानुनले विदेशमा प्रभाव राख्दैन । कानुनको देशीय सीमा हुन्छ । शायद कानुनको ज्ञाताले पाउने उपाधिका योग्य हाम्रा महामहिम राष्ट्रपतिले यो कुरो पक्कै बुझ्नुभएको हुनसक्छ ।

No comments: