Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, December 26, 2012

कुवेतमा नेपालीहरु असुरक्षित हुदै

भाईराम  चौलागाई, 25/12/2012 / कुवैत सिटी 
देशमा रोजगारको अभावले लाखौं नेपाली रोजगारीकै लागि बिदेसिँदै आएका छन्।बैदेशिक रोजगारीको प्रमुख गन्तब्य खाडीको कुवैत पनि धरै  नेपालीहरुको  रोजाइमा पर्दै आएको छ मध्यपूर्व को अत्यन्तै सानो मुलक कुवैतमा मरुभूमिमा भेडा चराउने,घरेलु कामदार ,निर्माण देखि लियर बिभिन्न पेशामा करिब साठी हजार नेपाली युवा युवती हरु कार्यरत छन्।नेपालीहरुको  तिब्र आगमन सगै उनीहरुको दुख पिडा समस्या नेपाली दुताबास कुवैत देखि लिएर यहाका सामाजिक संघ संस्था हरुको चुनौती को बिषय बनेको छ। नेपाल सरकारले सुरक्षित गन्तब्य मान्दै आएको कुवैतमा एक वर्षको अन्तरालमा  करिब एक दर्जन नेपालीहरुले मुत्युबरण गरिसकेका छन् मुत्युहुनुमा राति  सुतेको बिहान सुतेको सुतै हुने,सडक दुर्घटना ,आत्म़ाहत्या,उपचार हुदा हुदै अस्पतालमै मुत्यु हुने र शारीरिक तथा मानशिक यातना जस्ता प्रमुख कारण हरु रहेका छन्।तान्जिबको कम्पनीमा कार्यरत मिलन लिम्बु को निधनमा हड्तालमा उत्रियको घटना  वा कुवैती घर मालिकले मुडुलो बनाएर नेपालीचेली लाई नेपाल फर्काएको घटना र रोजगारदाता बाट बलात्कार भएका घटना  यस्ता धरै घटनाहरुले कुवेतमा नेपालीहरु असुरक्षित हुदै गइरहेको देखाउछ। सबै  घटनाहरु हेर्दा पिडित र पिडित परिवारले न्याय,उचित राहत पाउन सकिरहेका छैनन् यस्ता घटना हरुमा पिडितलाई न्याय दिलाउन किन मौन छ त सम्बन्धित पक्ष?? सबैले बेलैमा सोच्नु जरुरी छ।

घरेलु कामका लागि 03/02/2012 मा कुवैत आएकी दिल माया तामांग मोक्तान आयको 2 दिनमै घरमालिक को कुटाई बाट हात नचल्ने हुदा बिगत 10 महिना देखि कुवेतको फरवानियाअस्पतालमा उपचार गराई रहेकी छन् उनले अहिले सम्म पनि न्याय पाउन  सकेकी छैनन् उनलाई 23 तारिक  फरवानिया अस्पतालमा पुगी नेपालकुवेत म्यानपावर एसोसियसनका तर्फ़बाट एसोसियसनका पदाधिकारी हरुले   51हजार नेपाली रुपैया र निजलाई भिसा दिएको  म्यानपावर  जाबरह हुसेन के अल खालिद कुवैत का दिनेश परियार र श्रमती शुसीला पुरीले 51हजार नेपाली रुपैया हस्तान्तरण गरेका थिए। संचारकर्मी सग कुरा गर्दै दिनेश परियारले दिलमायाको दुताबासले भिसा प्रमाणीकरण गरेको र अल हाकुमा जीबन बिमा गरेको खण्डमा पनि अहिले सम्म कानुनी उपचार बिमाको रकम नपायको खुलासा गर्नु भयो 

ललितपुर -5 घर भएकी वर्ष 26 की डली माया तामांग 18/10/2011 मा कुवैत आएको र आठ महिना पछि  घरमालिकका अनुसार घरमा कोहीपनि नभयको बेला आत्म़ाहत्या गरेको हालसम्म पनि उनको परिवारले राहत पाउन नसकेको यस्तै  मोरंग कि पससपोर्ट नम्बर 3290463 पूर्ण माया तामांग 09/06/2011 कुवैत आएको र घरमा कम गर्दा गर्दै बिमारी परि अस्पताल गयको र ब्लड क्यान्सरका कारण अस्पतालमै मुत्यु भएको उनको परिवारले पनि आज सम्म  राहत नपाएको र उनी दुबैको  परिवारलाई राहत स्वरुप नेपालकुवेत म्यानपावर एसोसियसनका तर्फ़ बाट 'एक लाख एघार हजार एक सय  एघार ' नेपाली रुपैया दिने निर्णय भएको म्यानपावर एसोसियसनका अध्क्षय कल्याण कुमार श्रेष्ठले बताउनु भयो।

नेपाली दुताबास कुवैत कि श्रम सहचारी सृजना तिवारी अनुसार दिल माया तामांग मोक्तान लाई नेपाल फर्काउनको  लागि सबै प्रकिया पुरा भएको र उनलाई केहि  दिन भित्र नेपाल पठाइने छ। घरमालिकको बयान अनुसार घर बाट भाग्न खोज्दा घाइते भएकोले बिमा प्रकियामा समय लागेको र उनीलाई नेपाल पठायपछि पनि निरन्तर प्रकिया  गर्ने र अरु पिडितको हकमा पनि बिमा भएको खण्डमा निरन्तर लागिरहने बताउनु भयो  दुताबासको शरणमा करिब दुइ सय जना नेपाली चेलीहरु रहेको चेलीहरु शरणमा आउने र नेपाल पठाउने क्रम निरन्तर भइरहेको केहि चेली हरुलाई आफ्नो स्पोन्सर को बारेमा केहि पनि थाहा नहुदा ,आफु सग कुनै पनि काजगपत्र भिसा कपी पससपोर्ट कपी नहुदा र स्पोन्सर सम्पर्कमा नआउने कारणले गर्दा केहि चेलीहरुले लामो समय प्रतिक्षा गर्नु परेको बताउनु भयो।

घरमालिक बाट शारीरिक तथा मानशिक यातना पाई वा बिभिद कारणले भागेर दुताबासको शरणमा आएका करिब दुइ सय जना नेपाली चेली हरु घर फर्किने आशामा लामो समय देखि दुताबसकै सेल्टरमा प्रतिक्षागरिरहेका छन् उनि हरुलाई कानुनी उपचार दिलाएर छिटो भन्दा छिटो नेपाल फर्काउन नसक्नु दुताबासको कमजोरी देखिन्छ  नेपालीहरुको  तिब्र आगमन सगै उनीहरुको दुख पिडा समस्या नेपाली दुताबास कुवैत देखि लिएर यहाका सामाजिक संघ संस्थाहरु बेलैमा मनन गरि उचित बेबस्थापन नगर्ने हो भने भोलिका दिनमा निकै ठुलो चुनौतीको बिषय बन्ने छ। 

No comments: