Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, December 30, 2012

एयरपोर्टमा लुटिएकी चेलीसँग सरकारले माफी माग्यो

१५ पुस, काठमाडौं । सरकारले बदेशिक रोजगारीबाट फर्किनेक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनमा लुटिएकी चेलीसँग माफी मागेको छ । लैङ्गकि हिंसा अन्त्य तथा लैङ्गकि सशक्तिकरण केन्द्रीय समन्वय समिति सल्लाहाकार समूह र सुरक्षा निकायका प्रमुखहरुको संयुक्त बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई र मुख्य सचिब लिलामणि पौडेलले घटनाप्रति दुःख प्रकट गरी क्षमा याचना गर्नु भएको छ । भोजपुर जरायोटारकी राई थरकी युवतीको अध्यागमनका कर्मचारीले रकम र प्रहरीले इज्जत लुटेको थियो । प्रधानमन्त्री भट्टराईले घटनामा संलग्न सबै कर्मचारीलाई कानूनको दायराभित्र ल्याई हदैसम्मको कानूनी कारवाही गर्न गृह मन्त्रालय तथा प्रहरी प्रमुखलाई निर्देशन दिनुभयो । साथै उहाँले घटनाका सम्बन्धमा हालसम्मको अनुसन्धानको स्थिति र प्रक्रियाका सम्बन्धमा गृह मन्त्रालयले तुरुन्तै सार्वजनिक गरी सोमबार थप अनुसन्धान तथा कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसनधान आयोगमा पठाउने प्रतिवेदन सार्वजनिक गर्न भन्नु भएको छ । साथै अध्यागमनसँगै अनामनगर, बारा र बर्दियाको घटनाका सम्बन्धमा प्रहरीबाट भएको अनुसन्धानको अनुगमन गरी त्यसमा भएका कमीकमजोरीहरुका सम्बन्धमा पन्ध्र्र दिनभित्र प्रतिवेदन पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजुमान सिंह मल्लको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ । समितिमा लैङ्गकि सशक्तीकरण समन्वय एकाईका सल्लाहकारहरु सपना प्रधान मल्ल, डा. रेणु राजभण्डारी, देवी खड्का तथा राष्ट्रिय महिला आयोगका सदस्य मोहना अन्सारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिब, गृह मन्त्रालयका सहसचिव र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता प्रतिनिधि रहेका छन् ।

No comments: