Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Sunday, December 30, 2012

मल्टिपेलेक्स को आसामा धन्दा

सिङ्गल स्क्रिनबाट उत्साहजनक प्रतिक्रिया पाउन नसकेको फिल्म धन्दाले मल्टिप्लेक्स हलमा भने रामो प्रतिक्रिया पाएको निर्माण युनिटको भनाई छ । निर्माता बाबुराम दाहालका अनुसार धन्दालाई राजधानीका बिग मुभिज, क्यूएफएक्स र एफक्यूबका दर्शकले रूचाएका छन् ।



शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको धन्दाले ओपनिङ कलेक्सन राम्रो गर्न सकेन । 'माउथ पब्लिसिटी राम्रो भएकाले मल्टिप्लेक्समा दर्शक आउने क्रम बढेको छ', निर्माता दाहालले भने, 'दर्शकको संख्या बढ्दै गएकाले क्यूएफएक्सले दुई शो थपिदिएको छ । उनका अनुसार बिग मुभिजमा ४ शो राखिएको छ भने कुमारी हलमा २ शो र सुन्धाराको क्यूएफएक्स सेन्ट्रलमा एक शो तथा चावहिलको केएल टावरमा अवस्थित एफक्यूबमा २ शो राखिएको छ ।



फिल्ममा मुख्य पात्र अर्पण थापाको कथामा सुदर्शन थापाले निर्देशन गरेको धन्दाले बैदेशिक रोजगारीको कालो धन्दालाई मुख्य बिषय बनाएको छ । फिल्ममा अर्पणको साथमा समुना केसी, पुस्कर गुरूङ, कमलमणी नेपाल र स्पेशल एपिरेन्समा सञ्चारकर्मी दिलभुषण पाठकलाई पनि देख्न सकिन्छ ।

No comments: