Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Wednesday, December 26, 2012

नुवाकोटमा आईएमईको निःशुल्क स्वास्थ्यशिविर

९ पुस, नुवाकोट । ईन्टरनेशनल मनि एक्सप्रेस (आईएमई) ले नुवाकोटको भैरविमनि ट्रान्सफरसँगको सहकार्यमा गरि नुवाकोटमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आईएमईले शनिवार नुवाकोटको ग्रामिण र विपन्न वर्गिय क्षेत्र खानीगाउँ-४ मा रहेको नारायणदेवि उच्च माध्यमिकविद्यालय प्राङ्गडमा निःशुल्क स्वास्थ्यशिविर सम्पन्न गरेको हो ।

स्थानियविनायक अस्पताल र त्रिशुली मेडिकल कलेजका डाक्टर र नर्स तथा प्राविधिक टोलीले उक्त शिविरमा ३ सय भन्दा बढी बिरामीको स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुल्क औषधीवितरण गरिएको थियो । सो अवसरमा पोषण र स्त्री रोग सम्बन्धि सल्लाह सेवादिनुका साथै विभिन्न स्वास्थ्य सम्बन्धि सल्लाह पनिप्रदान गरिएको थियो ।
उक्त शिविरमा सामाजिक कार्यकर्ता, अधिकारकर्मी, शिक्षक तथा विद्यार्थीका साथै सो क्षेत्रका बहुसंख्यक नागरिकको उपस्थिति थियो । उक्त स्वास्थ्यशिविरको संयोजन आईएमईका सहायकवजार अधिकृत द्वय सुनिल ढुंगाना र माधव कटुवालले गनु भएको थियो ।

No comments: